Highlights दोलखा, लमजुङ, बनेपा, भक्तपुरलगायत क्षेत्रका कुलो पुगेका स्थानमा रोपाइँ धमाधम वार्षिक औसत रासायनिक मलको माग ७ लाख टन हो, तर ४ लाख टन पनि वितरण हुन सकेन, सबै किसानको खेतसम्म रासायनिक मल पुग्दैन। - किसानसम्बद्ध संघसंस्था काठमाडौँ — मनसुन भित्रिन थालेपछि पहाडी भेगमा बर्खे धान रोपाइँ सुरु हुन थालेको छ । मध्य पहाड, कुलो लाग्ने क्षेत्रसँगै खोल्सातिर रोपाइँ धमाधम भइरहेको छ । दोलखा, लमजुङ, बनेपा, भक्तपुरलगायत क्षेत्रका कुलो पुगेका स्थानमा रोपाइँ भइरहेको नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) ले जनाएको छ । ‘पानी उपलब्ध हुने क्षेत्र र मध्यपहाडतिर [...]