फोर आइज न्युज
शुक्रबार, जेष्ठ १७, २०८२
  • होमपेज
  • च्याम्पियन्स लिगमा सिटी, चेल्सी र न्युकासल

च्याम्पियन्स लिगमा सिटी, चेल्सी र न्युकासल

इंग्लिस प्रिमियर लिग च्याम्पियन लिभरपुल उपाधिका साथ । शनिबार अन्तिम दिन लिभरपुलले क्रिस्टल प्यालेससँग १–१ बराबरी खेलेर सिजन टुंग्याएको हो ।तस्बिर : एपी

  • Arjun Rai
  • सोमवार, जेष्ठ १३, २०८२
च्याम्पियन्स लिगमा सिटी, चेल्सी र न्युकासल

लन्डन — म्यानचेस्टर सिटी, चेल्सी र न्युकासल युनाइटेडले अर्को सिजनको युरोपेली च्याम्पियन्स लिग फुटबल खेल्ने भएका छन् । यस सिजनको इंग्लिस प्रिमियर लिगमा आइतबार अन्तिम दिनका खेलमा यी टोलीहरूले शीर्ष पाँचमा रहेर यो उपलब्धि हासिल गरेका हुन् ।

लिभरपुल र आर्सनलको यसअघि नै युरोपेली क्लब फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता खेल्ने निश्चित भइसकेको थियो ।

च्याम्पियन लिभरपुलले क्रिस्टल प्यालेससँग १–१ को बराबरी खेल्यो । त्यसमा एफए कप विजेताका लागि इस्माइल सारले सुरुआती गोल गरे । त्यसपछि लिभरपुलका मोहम्मद सलाहले दोस्रो हाफमा बराबरी गोल फर्काए । यससँगै लिभरपुल ८४ अंकसहित एनफिल्डमा ट्रफी उचाल्न सफल रह्यो । दोस्रो स्थानको आर्सनलले भने साउथह्याम्पटनलाई २–१ ले पराजित गर्‍यो । आर्सनल ७४ अंकसहित दोस्रोमा रह्यो ।

म्यानचेस्टर सिटीले फुलहमलाई २–० र चेल्सीले नटिङ्घम फरेस्टलाई १–० ले हराए । न्युकासल भने एभरटनको हातबाट १–० ले पराजित रह्यो, तर फरेस्टको हारले टोलीलाई फाइदा पुगेको हो । अन्तिम दिन सबैभन्दा अभाग्यशाली टिम एस्टन भिल्ला रह्यो । भिल्ला म्यानचेस्टर युनाइटेडसँग २–० ले पराजित भयो र छैटौं स्थानमा रह्यो ।

सिटीको ७१, चेल्सीको ६९ र न्युकासल ६६ अंक भएको थियो । भिल्लाको पनि समान ६६ अंक रहे पनि गोल अन्तरले पछाडि परेको हो । फरेस्ट भने ६५ अंकसहित सातौं स्थानमा रह्यो । अन्य खेलमा बर्नमाउथले लेस्टर सिटीलाई २–०, वेस्ट ह्यामले इप्विच टाउनलाई ३–१ र ब्राइटनले टोटनहमलाई ४–१ ले हराए । उल्भस र ब्रेन्टफोर्डले भने १–१ को बराबरी खेले ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका