मात्र एक पटक तिमी म भैइ बाची हेर
पट्क पट्क म मानव हो
भनी मान्छेको भिडमा भन्नुपर्ने
समाजको कुरुपतामा म भइ बाच्न सिक
अनि थाहा पाउछौ
मानबहरु भिडमा मानव बन्न लडिरहनु पर्दा कति गाह्रो हुन्छ भनेर
तिम्रो सनातनले प्राणिलाइ मान्छेको दर्जा दियो
मलाइ भने युगौ देखि प्राणीको दर्जा भन्दा तल राखियो।
एक चोटि तिमी म भएर त बाच
अनि थाहा पाउछौ मानव हुन
कति सर्घष गर्नुपर्ने रहेछ।
चेतनाबिहिन प्राणी तिम्रो घर वरिपरि भित्र छिर्न पाउने
म छिरे तिम्रो सबै चिज अपबित्र हुने
त्यसैले एक चोटि म भएर त जिहि हेर
थाहा पाउने छौ मानबहरुको भिडमा
म मानव हो भनी सम्झाउन पर्ने यो समाजमा एकचोटी म भएर त बाची हेर
एकचोटि अछुत भइ बाची हेर
अनि थाहा पाउनेछौ
तिम्रो अस्तित्ववादमा धाबा बोल्ने हरुको कमि हुने छैन
एकचोटि म भएर त जिहि हेर
नस्लिय अहङ्कारले तिम्रो अस्तित्व नै पिधमा देख्छ।
शासन र विशेषधिकार
जन्माउदै आएका श्रेष्ठताको
पक्षपातीको भिडमा एक चोटि म भएर त बाच
अनि थाहा पाउछौ
म मानबको भिडमा म
मानव हो भनी वकालत गर्दा
एक चोटि म भएर त बाच
म मान्छे हो भनि वकालत गर्दाको पीडा के हो थाहा पाउछौ
जीवन र जगतमा
आफ्नो अस्तित्व खोज्न पनि भौतारिनु पर्ने
कस्तो परिवेशमा हुर्किए म
म मान्छे हौ भनी वकालत गरिरहनु पर्ने
एक चोटि म भएर त बाच
अनि थाहा पाउछौ जातिय क्रोधको आगोमा जल्दाको पीडा,भोगाइ कस्तो हुन्छ भनेर
एक चोटि म भएर बाच
अनि थाहा पाउछौ मानव सम्मान हौ
भनेर समानताको वकालत गर्दाको पिडा
केबल समानता मृगतृष्णा जस्तै रहेछ
समानता त केबल मिथ्या मात्र रहेछ
मलाइ मानव भनिनु दिग्भ्रम मात्र रहेछ
म त केबल अछुतको अंशियार मात्र हो
म त केबल अमानबियताको प्रतिफल हो
त्यसैले त म भन्छु तिमी एकचोटि म भएर त बाच।
लेखक:रोहित गजमेर (अगम)