फ्रेन्ड्स क्लबको वार्षिकोत्सव
काठमाडौँ — सहिद स्मारक ‘ए’ डिभिजन लिगको टोली फ्रेन्ड्स क्लब कुपन्डोल शनिबार आफ्नो स्थापनाको ५३ औं वार्षिकोत्सव मनाएको छ । क्लबले वार्षिकोत्सवको अवसरमा विभिन्न कार्यक्रमहरू घोषणा गरेको छ । क्लबका सस्थापक एवं संरक्षक ओमकारप्रसाद श्रेष्ठ, अध्यक्ष विश्वासविक्रम शाह, सल्लाहकार उदयशम्सेर राणा र अखिल नेपाल फुटबल संघका पूर्वअध्यक्ष कर्माछिरिङ शेर्पालगायतको उपस्थितिमा क्लबले वार्षिकोत्सव मनाएको हो ।