जयपुर — पन्जाब किंग्सले शनिबार दिल्ली क्यापिटल्ससँग ६ विकेटको हार बेहारेपछि इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको क्वालिफायर १ को दौड झनै रोमाञ्चक भएको छ । लगातार तेस्रो दिन प्लेअफमा स्थान सुरक्षित गरेका तीन टोली पराजित भएका छन् ।
एक खेलमात्र खेल्न बाँकी रहेको अवस्थामा गुजरात टाइटन्स १८ अंकसहित शीर्षस्थानमा छ । पन्जाब र रोयल च्यालेन्जर्स बेंगलुरुको सामान १७ र मुम्बई इन्डियन्सको १६ अंक छ ।
शीर्ष दुई टोली क्वालिफायरमा पुग्ने प्रावधान छ ।
टस हारेपछि पहिला ब्याटिङमा निम्त्याइएको पन्जाबले निर्धारित २० ओभरमा ८ विकेट गुमाई २ सय ६ रन बनायो । दिल्लीले ३ बलअगाडि नै २ सय ८ रन बनाएर पञ्जाबलाई नराम्रो झट्का दियो । समीर रिज्भीले २५ बलमा अविजित ५८ र करुण नैरले २७ बलमा ४४ रन बनाई दिल्लीलाई जिताएका थिए । रिज्भीले ३ चौका र ५ छक्का तथा नैरले ५ चौका र २ छक्का प्रहार गरेका थिए ।
ट्रिस्टन स्टब्स १४ बल खेल्दै २ चौका प्रहार गरी १८ रनमा अविजित रहे । ओपनरद्वय केएल राहुल २१ बलमा ६ चौका र १ छक्का प्रहार गरि ३५ र कप्तान फाफ डु प्लेसिस १५ बलमा २ चौका र १ छक्का प्रहार गरि ३३ रनमा अविजित रहे । दिल्लीले १४ खेलमा १५ अंक जोड्दै सिजनको अन्त्य गरेको हो ।
त्यसअघि पन्जाबका लागि श्रेयस ऐरले ५३ र मार्कस स्टोइनिसले अविजित ४४ रनको योगदान दिएका थिए । दिल्लीका मुस्ताफिजुर रहमानले २ विकेट लिएका थिए ।