फोर आइज न्युज
मङ्लबार, असार ३१, २०८२

This Week

बाढीले महेन्द्र राजमार्गको दाउन्ने, दुम्किबास र चोरमाराका वैकल्पिक सडक बगायो, यातायात ठप्प

Highlights

  • बाढीले एउटा पिकअप भ्यान बगायो

नवलपरासी — पूर्व–पश्चिम महेन्द्र राजमार्ग अन्तर्गत चोरमारा, दुम्किबास र दाउन्नेमा निर्माण गरिएका वैकल्पिक सडक बाढीले बगाएपछि यातायात आवागमन ठप्प भएको छ ।

जिल्ला प्रहरी प्रमुख यादव ढकालका अनुसार बिहीबार रातिको वर्षाले महेन्द्र राजमार्ग अन्तर्गत पर्ने चोरमारा, दुम्किबास र दाउन्ने सडकको डाइभर्सन बगाएका कारण यातायात ठप्प छ । ती स्थानमा वैकल्पिक सडक निर्माणको काम शुक्रबार बिहानबाट सुरु भएको उनले बताए ।

The flood has washed away alternate roads of Mahendra Highway, Dumkibas and Chormara, traffic has come to a standstill

बर्दघाट बजारबाट–५ किलोमिटर पूर्वतर्फ खुर्सानी खोलामा ५ दिन अघि निर्माण गरिएको वैकल्पिक सडक बाढीले बगाएका कारण राजमार्गको यातायात ठप्प भएको हो । त्यहाँ बाढीले तरकारी बोकेको पिकअप भ्यान पनि बगाएको छ ।

फिल्डमा खटिएका ट्राफिक प्रहरीका सई तीर्थ भुसालका अनुसार बिहान सवा २ बजेबाट राजमार्गको यातायात ठप्प छ । राजमार्ग खुलाउन त्यहाँ काम भइरहेपनि रातभरिको वर्षातका कारण कठिनाइ भएको छ ।

Hope IVF
Global IME Updated May 12
Sunrise bank

The flood has washed away alternate roads of Mahendra Highway, Dumkibas and Chormara, traffic has come to a standstillपूर्वी नवलपरासी अन्तर्गत दुम्किबासस्थित विनयी खोलामा बिहीबार रातिको बाढीले वैकल्पिक सडक बगाइदिएको छ ।

लु ३ च ८४९३ नम्बरको तरकारी बोकेको पिकअप भ्यान बाढीले बगाएको भुसालले जानकारी दिए । भुसालका अनुसार मानवीय क्षति भने भएको छैन ।

The flood has washed away alternate roads of Mahendra Highway, Dumkibas and Chormara, traffic has come to a standstillतस्बिर सौजन्य : प्रमोद अर्यालतस्बिरहरु सौजन्य : प्रमोद अर्याल

त्यसैगरि महेन्द्र राजमार्ग अन्तर्गत चोरामाराको फलामे पुल भाँच्चिएपछि निर्माण गरिएको अस्थायी सडक बगाएको छ । उता दुम्किबासस्थित विनयी खोला पुल भाँच्चिदा निर्माण गरिएको डाइभर्सन बगाएका कारण हजारौं यात्रु राजमार्गमा अलपत्र परेका छन् ।

The flood has washed away alternate roads of Mahendra Highway, Dumkibas and Chormara, traffic has come to a standstill

दाउन्ने र आसपासको क्षेत्रमा बिहीबार रातभरि हल्का वर्षात भएको थियो ।

महेन्द्र राजमार्ग हुँदै पूर्वपश्चिम छुटेका सयौँ सवारी साधन चोरमारा र बर्दघाटमा रोकिएका छन् ।

The flood has washed away alternate roads of Mahendra Highway, Dumkibas and Chormara, traffic has come to a standstill

The flood has washed away alternate roads of Mahendra Highway, Dumkibas and Chormara, traffic has come to a standstill

The flood has washed away alternate roads of Mahendra Highway, Dumkibas and Chormara, traffic has come to a standstill

प्रकाशित : जेष्ठ १६, २०८२ ०६:३५

सुदूरपश्चिमका पुरानै योजनालाई निरन्तरता, नयाँ आयोजना शुन्य

धनगढी — संघीय सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि बिहीबार प्रतिनिधिसभामा प्रस्तुत गरेको बजेट वक्तव्यमा सुदूरपश्चिम  प्रदेशअन्तर्गत सञ्चालन हुने अधिकांश विकास आयोजनामा बजेट अंक किटान गरिएको छैन। सरकारले १९ खर्ब ६४ अर्ब ११ करोडको बजेट सार्वजनिक गर्दा सुदूरपश्चिममा भने नयाँ आयोजनाको नाम भेटिँदैन।

त्यसैमा अधिकांश पुराना योजनालाई नै निरन्तरता दिइएको छ । त्यो पनि बजेट रकम उल्लेख नगरीकनै ।

सुदूरपश्चिमको बहुप्रतिक्षित आयोजना कैलालीको गेटामा स्थापना भएको शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनका लागि बजेट वक्तव्यमा रकम उल्लेख गरिएको छैन । गेटाका सन्दर्भमा रकम उल्लेख नगरी ‘आगामी आर्थिक वर्षमा सञ्चालनमा ल्याइने छ’ भन्ने उल्लेख गरिएको छ ।

यस्तै, सुदूरपश्चिमको साविक सेती अञ्चलका पहाडी जिल्लालाई तराई धनगढीसँग जोड्ने बहुप्रतिक्षित खुटिया–दिपायल द्रुत मार्ग निर्माण पनि यस प्रदेशको अर्को प्राथमिकताको आयोजना हो । उक्त आयोजनामा पनि ‘बजेट विनियोजन गरिएको छ,’ भन्ने वाक्य राखिएको भए पनि रकमको अंक किटान छैन ।

अत्तरिया–खोड्पे–दार्चुला सडक खण्डको विस्तृत अध्ययन सम्पन्न गरी डेडिकेटेड डब्बल लेनमा स्तरोन्नति गर्ने कार्य सुरु गरिने छ भनिएको छ । तर बजेटको अंक उल्लेख छैन । महाकाली कोरिडोर अन्तर्गत ब्रह्मदेव–झुलाघाट–तुसारपानी सडक खण्डको स्तरोन्नति र तुसारपानी–टिंकर खण्डको ट्र्याक खोल्न आवश्यक बजेट विनियोजन गरिएको उल्लेख छ।

Hope IVF
Global IME Updated May 12
Sunrise bank

पूर्वपश्चिम राजमार्गको गड्डाचौकी–अत्तरिया खण्ड स्तरोन्नतिको कार्य आगामी आर्थिक वर्षमा सुरु गरिने छ भनिए पनि बजेटको अंक उल्लेख छैन । सडक डिभिजन कार्यालय महेन्द्रनगरका अनुसार उक्त खण्डको निर्माण कार्य गर्न करिब चार अर्ब बजेट आवश्यक हुनेछ ।

पञ्चेश्वर अयोजनाको डीपीआर सम्पन्न गरी निर्माण कार्य बढाउने बजेट वक्तव्यमा उल्लेख भए पनि नेपाल–भारतबीच डीपीआरमा सहमति हुन नसक्दा पञ्चेश्वर बहुउद्देश्यीय आयोजना २० वर्षदेखि अलपत्र छ । चैनपुर सेती जलविद्युत् आयोजनाको निर्माण सुरु गरिने भन्ने वाक्य पनि वक्तव्यमा उल्लेख छ ।

कर्णाली बहुउद्देश्यीय आयोजनाको पनि विस्तृत अध्ययन गरिने, यस्तै, दोधारादेखि भारतको बरेलीसम्म ४०० केभी अन्तरदेशीय विद्युत् प्रसारण लाइन निर्माण गर्ने, दार्चुलाको चमेलियादेखि भारतको जोलजीबीसम्म २२० केभी अन्तरदेशीय प्रसारणलाई अध्ययन गरी निर्माण सुरु गर्ने भन्ने वाक्य राखिएको छ । आगामी तीन वर्षभित्र रानीजमरा कुलरिया सिँचाइ आयोजना र महाकाली आयोजनाको काम सम्पन्न गर्ने, डडेल्धुरामा विमानस्थल निर्माण गर्न विस्तृत अध्ययन गर्ने भनिएको छ ।

डडेल्धुरामा मेडिकल कलेज निर्माणका लागि पनि बजेट विनियोजन, कैलालीको धनगढीमा फाप्ला क्रिकेट रंगशाला निर्माणका लागि बजेट विनियोजन, कञ्चनपुरको दैजीमा लगानी बोर्डमार्फत आधुनिक औद्योगिक क्षेत्र स्थापना गरिने, कञ्चनपुरकै दोधारा चाँदनीमा सुक्खा बन्दरगाह निर्माण कार्य बढाइने, शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र खप्तड राष्ट्रिय निकुञ्जमा पर्यटन पूर्वाधार निर्माण, रामारोशन, बडिमालिका र बुढीनन्दामा पदमार्ग निर्माण गर्ने भनिए पनि वक्तव्यमा रकमको अंक भने उल्लेख गरिएको छैन । कैलाली उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष पुष्कर ओझा यस प्रदेशका ठुला आयोजनामा रकमको अंक उल्लेख नगरिनुले प्राथमिकता र कार्यान्वयनमा विगतझैँ आशंका भएको बताउँछन् ।

बजेट : रिझाउने न बिझाउने

Highlights

  • स्रोतको दायरा फुकेन, महत्वाकांक्षी कार्यक्रम आएनन्, घाँटी छामेर हाड निल्ने बजेटको नीति

काठमाडौँ — आर्थिक गतिविधि चलायमान बनाउन तथा लगानी विस्तार गर्न विशेष योजना (बिग पुस) आवश्यक रहेका बेला सरकारले परम्परागत शैलीकै बजेट ल्याएको छ । उत्पादन वृद्धि, रोजगारी सिर्जना, डिजिटल अर्थतन्त्रको विकास, पूर्वाधार विकासमा फड्को मार्ने सवालमा समेत विगतकै निरन्तरता देखिएको छ ।

उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले केही क्षेत्रमा महत्त्वाकांक्षी लक्ष्य लिए पनि त्यसका लागि प्रभावकारी योजना ल्याएका छैनन् । स्रोतको सीमितताका कारण आगामी आर्थिक वर्षको बजेटमा नयाँ कार्यक्रम धेरै समेटिएका छैनन् । सामाजिक सुरक्षामा राज्यको दायित्व कम गर्न वृद्धभत्ता पाउने न्यूनतम उमेर ७० वर्ष बनाइएको छ । अर्थमन्त्री पौडेलले कर्मचारीको तलब वृद्धि नगरी महँगी भत्ता ३ हजारले बढाएर ५ हजार रुपैयाँ पुर्‍याएका छन् ।

पूर्वाधार क्षेत्रतर्फ निर्माणको अन्तिम चरणमा रहेको राष्ट्रिय गौरवका आयोजनालाई बजेट बढाइएको छ । निजी क्षेत्रतर्फका केही सरोकार सम्बोधन गर्दै जग्गाको हदबन्दीदेखि कर सुविधासम्ममा छुट दिई नेपालीलाई विदेशमा लगानी गर्ने बाटोसमेत खुला गरिएको छ । बजेटमार्फत सरकारले पहिलो पटक कम्पनीमा ‘स्वेट सेयर’ र उधारो व्यापारलाई कानुनी मान्यता दिएको छ ।

दुई वर्षमा चामलमा आत्मनिर्भर बन्ने, एक वर्षमा पाँच लाख घरपरिवारलाई जग्गाधनी लालपुर्जा वितरण गर्ने, कृषियोग्य जमिन बाँझो राख्न नपाउनेलगायत महत्त्वाकांक्षी कार्यक्रम बजेटमा समेटिएको छ । धान उत्पादनमा आत्मनिर्भर हुने भन्दै चैते धान खेतीका लागि सिँचाइ पूर्वाधार निर्माण गर्न ३३ करोड रुपैयाँ विनियोजन गरिएको छ । खाद्यान्न, गेडागुडी, फलफूल र दुग्धजन्य पदार्थमा आयातमा लाग्ने अग्रिम आयकर खारेज गरिएको छ ।

बजेटको आकार केही वृद्धि गरे पनि अर्थमन्त्री पौडेलले संयमता अपनाएको देखिन्छ । राष्ट्रिय योजना आयोगले आगामी आर्थिक वर्षको बजेटका लागि १९ खर्ब ६५ करोडको ‘सिलिङ’ दिएको थियो । अर्थमन्त्री पौडेलले आर्थिक वर्ष ०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोडको बजेट बिहीबार संघीय संसद्मा प्रस्तुत गरेका छन् । यो चालु आर्थिक वर्षको विनियोजित बजेटको तुलनामा १ खर्ब ३ अर्ब ८१ करोडले मात्रै बढी हो । सरकारले चालु आर्थिक वर्षका लागि १८ खर्ब ६० अर्ब ३० करोडको बजेट ल्याएको थियो तर राजस्व संकलन र खर्च गर्न नसकेकै कारण सवा १ खर्बले घटाइसकेको छ ।

Hope IVF
Global IME Updated May 12
Sunrise bank

Budget: Do not spend

सरकारले आगामी आर्थिक वर्षका लागि चालुतर्फ ११ खर्ब ८० अर्ब ९८ करोड (६०.१ प्रतिशत), पुँजीगततर्फ ४ खर्ब ७ अर्ब ८९ करोड (२०.८ प्रतिशत) र वित्तीय व्यवस्थातर्फ ३ खर्ब ७५ अर्ब २४ करोड (१९.१ प्रतिशत) विनियोजन गरेको छ । यो अनुमान चालु आर्थिक वर्षको विनियोजनको तुलनामा ५.६ प्रतिशत र संशोधित अनुमानको तुलनामा १८.२ प्रतिशतले बढी हो ।

यस आर्थिक वर्षको तुलनामा आगामी आर्थिक वर्षका लागि चालु खर्च केही घटाइएको छ भने पुँजीगत खर्च र वित्तीय व्यवस्था खर्च बढाइएको छ । आगामी आर्थिक वर्षका लागि प्रदेश र स्थानीय तहमा वित्तीय हस्तान्तरणतर्फ ४ खर्ब १७ अर्ब ८३ करोड विनियोजन गरिएको छ । यो चालु वर्षको भन्दा कम हो । यो वर्षका लागि सरकारले प्रदेश र स्थानीय तहमा वित्तीय हस्तान्तरणतर्फ ४ खर्ब ८ अर्ब ८७ करोड रुपैयाँ विनियोजन गरेको थियो ।

सरकारले आगामी आर्थिक वर्षमा राजस्वबाट १३ खर्ब १५ अर्ब र वैदेशिक अनुदानबाट ५३ अर्ब ४५ करोड व्यहोर्ने योजना बनाएको छ । यी स्रोत जोड्दा पनि ५ खर्ब ९५ अर्ब ६६ करोड रुपैयाँ अपुग हुन्छ, जसलाई पूर्ति गर्न वैदेशिक ऋणबाट २ खर्ब ३३ अर्ब ६६ करोड र आन्तरिक ऋणबाट ३ खर्ब ६२ अर्ब जुटाइने अर्थमन्त्री पौडेलले बताए ।

सरकारले लिएको राजस्व संकलनको लक्ष्य चालु वर्षको भन्दा करिब ४८ अर्ब रुपैयाँले मात्र बढी हो । यो वर्ष सुरुमा १४ खर्ब ७१ अर्ब ६२ करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिइएकामा नसक्ने भएपछि संशोधन गरेर १२ खर्ब ६७ अर्ब ३९ करोड रुपैयाँ संकलन गर्ने संशोधित अनुमान सरकारले गरेको थियो ।

राजस्व प्रणालीलाई लगानीमैत्री तथा उत्पादनमुखी बनाउन र निरन्तर बढिरहेको सार्वजनिक खर्चका लागि स्रोत व्यवस्थापन गर्न सरकारले कर प्रणालीलाई अन्तर्राष्ट्रिय मापदण्ड र अभ्यासअनुकूल बनाउँदै बाह्य पुँजी र प्रविधि आकर्षित गर्न जरुरी रहेको अर्थमन्त्री पौडेलले बताए । तर कर परिपालनामा सुधार र राजस्व चुहावट नियन्त्रणका लागि कुनै खास कार्यक्रम बजेटमा छैन ।

‘राजस्व प्रणालीको उत्पादकत्व वृद्धि गर्न आगामी आर्थिक वर्ष आर्थिक क्रियाकलापलाई प्रोत्साहन गर्दै करको दायरा फराकिलो बनाउने र कर कानुनमा सामयिक सुधार र सरलीकरण गरी स्वैच्छिक कर सहभागिता बढाउनेछु,’ अर्थमन्त्री पौडेलले बजेट वक्तव्यमा भनेका छन्, ‘करदातामैत्री, पारदर्शी र स्वचालित राजस्व प्रणाली विकास गर्ने, राजस्व प्रशासनको दक्षता अभिवृद्धिगरी राजस्व चुहावट नियन्त्रण गर्ने र गैरकर राजस्वलाई प्राकृतिक स्रोत साधनको दिगो उपयोग र लागत प्रभावी हुने गरी परिचालन गर्नेछु ।’

अन्तर्राष्ट्रियस्तरमा कर प्रणालीमा आएका परिवर्तन र नवीन व्यावसायिक ढाँचालाई सम्बोधन गर्ने गरी मूल्य अभिवृद्धि कर, आयकर र अन्तःशुल्कसम्बन्धी कानुन पुनरावलोकन गर्ने सरकारको योजना छ । ‘सूचना प्रविधिमा आधारित उद्योग र होटल तथा रिसोर्टलाई विशेष उद्योगसरह आयकर र विद्युत् महसुल छुट दिने व्यवस्था मिलाएको छु,’ अर्थमन्त्री पौडेलले भने, ‘सूचना प्रविधि सेवा निर्यातबाट प्राप्त हुने आयमा लाग्ने करमा ७५ प्रतिशत छुट हुने, नेपालमा बसी विदेशमा सूचना प्रविधि सेवा निर्यात गर्ने व्यक्तिको आम्दानीमा ५ प्रतिशत मात्र आयकर लाग्ने र यो कर अन्तिम हुने व्यवस्था मिलाएको छु ।’

Budget: Do not spend

१० करोडसम्मको वार्षिक कारोबार गर्ने स्टार्टअप व्यवसायलाई ५ वर्षसम्म आयकर नलाग्ने भएको छ । काठ ‘सिजनिङ’ गर्ने उद्योगलाई आवश्यक पर्ने मिल मेसिनरी पैठारी गर्दा १ प्रतिशत मात्र भन्सार महसुल लगाई अन्य कर तथा महसुल खारेज गरिएको छ । सरकारले ग्रिन हाइड्रोजन उत्पादकलाई ५ वर्षसम्म आयकर छुट र सौर्य तथा वायु ऊर्जाबाट विद्युत् सञ्चय गर्न आवश्यक पर्ने ब्याट्री तथा अन्य यन्त्र उपकरणको पैठारीमा १ प्रतिशत भन्सार महसुलको व्यवस्था गरेको छ ।

सरकारले विद्युतीय सवारीसाधनको चार्जिङ मेसिन उत्पादन तथा एसेम्बल गर्ने उद्योग स्थापनाका लागि आवश्यक पर्ने उपकरण पैठारीमा १ प्रतिशत भन्सार महसुल लिई अन्य कर महसुल नलाग्ने व्यवस्था गरेको छ । यस्ता उद्योगलाई ५ वर्षसम्म आयकर छुट दिने व्यवस्था गरिएको छ । महिला उद्यमीलाई निःशुल्क कम्पनी दर्ता र कर छुट, विद्युतीय कारोबारमा शुल्क नलाग्नेलगायत व्यवस्था पनि सरकारले गरेको छ । लघुवित्तका ऋणीलाई सस्तो दरको कर्जा, सहकारी संस्थामा रहेको पाँच लाखसम्मको बचत सुरक्षण (बिमा), बचतकर्ताको पैसा फिर्ता गर्नका लागि चक्रीय कोष स्थापना गर्न बीउ पुँजीको घोषणा सरकारले गरेको छ ।

बजेट वक्तव्यमा उल्लेख गरिएअनुसार भौतिक पूर्वाधारमा गरिएको लगानी आर्थिक क्रियाकलाप विस्तारमा प्रतिबिम्बित हुन नसक्दा उत्पादन वृद्धिमा अपेक्षित योगदान पुग्न सकेको छैन । जलवायु परिवर्तनको नकारात्मक असर कृषि, खानेपानी, सिँचाइलगायतका क्षेत्रमा बढ्दै गएको छ । डिजिटल पूर्वाधारको कमीका कारण डिजिटल अर्थतन्त्र विकासको गति सुस्त छ । मुलुकको श्रम बजार र उत्पादित जनशक्तिको सीपबीच सामञ्जस्य कायम हुन सकेको छैन । औद्योगिक र निर्माण क्षेत्रमा आवश्यक जनशक्ति विदेशबाट आपूर्ति भइरहेको छ ।

स्वदेशमा पर्याप्त रोजगारीका अवसर सिर्जना हुन नसक्दा दक्ष र अर्धदक्ष जनशक्ति विदेश पलायन हुने क्रम बढिरहेका बेला नयाँ रोजगारी सिर्जनाका नयाँ कार्यक्रम ल्याइएका छैनन् । तर सरकारले नवप्रवर्तन र उद्यमशीलता प्रवर्द्धन गरी युवालक्षित रोजगारी सिर्जना गर्न उच्च प्राथमिकता दिने बताएको छ । ‘बेरोजगारी समस्या दिगो रूपमा समाधान गर्न श्रम बजारको मागअनुरूप युवा जनशक्तिको सीप र दक्षता विकास गरिनेछ,’ अर्थमन्त्री पौडेलले भनेका छन्, ‘राष्ट्रिय रोजगार प्रवर्द्धन कार्यक्रम सञ्चालनका लागि १ अर्ब ९९ करोड विनियोजन गरेको छु ।’

सरकारले आगामी दुई वर्षभित्रै नेपाललाई ‘एफएटीएफ’ को ‘ग्रे लिस्ट’ बाट बाहिर निकाल्ने दाबी गरेको छ । समयका आधारमा फरक–फरक बिजुली शुल्क लिइने र जनताको जलविद्युत् कार्यक्रमलाई प्रोत्साहन गरिने बजेट वक्तव्यमा उल्लेख छ । सरकारले युवालाई उद्यमशील बनाउन २ देखि २० लाख रुपैयाँसम्म ऋण ३ प्रतिशत ब्याजदरमा दिने भएको छ । उत्कृष्ट नतिजा ल्याउने एक सय विद्यालयलाई २५ लाख रुपैयाँका दरले अनुदान दिने नयाँ कार्यक्रम सरकारले ल्याएको छ । पूर्वाधार, स्वास्थ्य, शिक्षातर्फ धेरैजसो कार्यक्रममा विगतकै निरन्तरता छ ।

Budget: Do not spend

पूर्वअर्थमन्त्री वर्षमान पुनले बलियो भनिएको सरकारले ल्याएको बजेट कमजोर रहेको टिप्पणी गरे । ‘बजेटको आकार ठूलो भयो । चालु आर्थिक वर्षको संशोधित अनुमानभन्दा २० प्रतिशत बढीको बजेट आयो । के गर्न खोजेको भन्ने कुरा आएन,’ उनले भने, ‘गत वर्षको बजेटमा अर्थतन्त्र रूपान्तरणका पाँच क्षेत्र भनेका थियौं, अहिले केही भनिएको छैन । स्टार्टअप र आईसीटी क्षेत्रमा बजेट छरिएर रहेको छ, गत वर्ष फोकस गरिएको थियो ।’

नागरिकमा आशा जगाउने र अर्थतन्त्रलाई चलायमान गराउने भन्दा पनि नियमित बजेट आएको पूर्वअर्थमन्त्री पुनले बताए । विद्युतीय गाडीमा करको दर यथावत् राखिनु भने राम्रो भएको उनको भनाइ छ । ‘निजी क्षेत्रले भोलिपर्सि दिने प्रतिक्रिया हेरौं । बजेट ल्याएको दिन राम्रो भन्नुहुन्छ, त्यसको दोस्रो/तेस्रो दिन नराम्रो भन्नुहुन्छ,’ उनले भने, ‘विभिन्न क्षेत्रमा छुट दिइएको छ । त्यो स्वार्थमा आएको हो कि असल नियतले, हेर्नॅपर्ने हुन्छ ।’

अर्का पूर्वअर्थमन्त्री प्रकाशशरण महतले बजेट समग्रमा ठिक दिशातर्फ उन्मुख रहे पनि अझै ठोस रूपमा बनाउन सकिने ठाउँ रहेको बताए । ‘चार हजारभन्दा बढी आयोजनामा कनिका छरेको जस्तो गरिन्थ्यो, त्यसलाई हटाइएको छ । न्यूनतम तीन करोडको सीमामा रहने भनेका थियौं, त्यो अनुशासनमा बस्नु राम्रो संकेत हो,’ उनले भने, ‘तर सरकारी संरचनालाई छिटो छरितो बनाउने र अनावश्यक संरचना हटाउने सवालमा बजेट मौन छ ।’ आफूले विगतमा स्थानीय मदिरालागायत उत्पादनलाई ब्रान्डिङ गर्ने विषय बजेटमा राखेको र त्यसबारे कार्यविधि निर्माण अगाडि बढेको भए पनि यस पटकको बजेट त्यसमा मौन रहेकामा उनले असन्तुष्टि जनाए ।

अर्थमन्त्री पौडेलले भने निजी क्षेत्रको मनोबल उकास्ने, आत्मविश्वास बढाउने, निजी क्षेत्रलाई सहयोग तथा सहजीकरण गर्ने, लगानी वृद्धि गराउने सबै दृष्टिकोणले बजेट अनुकूल रहेको दाबी गरे । ‘यस बजेटको विशेषता भनेको अनावश्यक र परिस्थितिभन्दा बाहिर गएर स्रोतको अनुमान गरिएको छैन । यो यथार्थमा टेकेर ल्याइएको बजेट हो,’ उनले भने, ‘यो सुन्निएको बजेट होइन, वास्तविक बजेट हो । स्रोतको अनुमान जे–जे गरिएको छ, त्यो कार्यान्वयन हुन सक्छ । चाहे राजस्वको कुरा गर्नॅस्, वैदेशिक सहयोगको कुरा गर्नॅस्, आन्तरिक ऋणको कुरा गर्नॅस्, हामीले बजेटको अनुशासनको सीमाभित्र रहेर काम गरेका छौं । अब अर्थतन्त्र चलायमान हुन्छ ।’

ट्रम्प सरकारबाट तत्काल बाहिरिने इलन मस्कको घोषणा

काठमाडौँ — विश्वकै धनाढ्य अर्बपति इलन मस्कले ट्रम्प सरकारबाट बाहिरिएको घोषणा गरेका छन् । यस वर्षको जनवरीमा डोनाल्ड ट्रम्पले सत्ता सम्हालेसँगै उनी ‘विशेष सरकारी कर्मचारी’ का रूपमा व्हाइट हाउस प्रवेश गरेका थिए । सन् २०२४ भर ट्रम्पलाई राष्ट्रपति निर्वाचित गराउन मस्कले सयौं मिलियन अमेरिकी डलर लगानी गर्नुका साथै हरेक मोर्चामा सँगै उभिएका थिए ।

व्हाइट हाउसका वरीष्ठ अधिकारीले मस्कको बहिर्गमन तत्काल हुने पुष्टि गरेको रोयटर्सले उल्लेख गरेको छ । मस्कले पनि आफ्नै स्वामित्वको सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै ट्रम्प सरकारमा आफ्नो जिम्मेवारीको अन्त्य भएको घोषणा गरेका छन् । अमेरिकी सरकारका विभिन्न निकायमा रहेको अनावश्यक खर्च कटौती गर्ने आफ्नो मिसनमा काम गर्ने अवसरका लागि पनि उनले ट्रम्पलाई धन्यवाद दिएका छन् ।

सरकारका विभिन्न निकायमा भइरहेको लगभग २० खर्ब अमेरिकी डलर खर्च बचाउने घोषणासहित ट्रम्प सरकारमा सहभागी भएका मस्कले २ महिनामै सो रकमलाइ १ खर्ब ५० अर्ब अमेरिकी डलरमा झारेका थिए । यसका लागि ट्रम्पले उनलाई अमेरिकी सरकारको प्रभावकारिता बढाउने विशेष विभाग ‘डज’ को नेतृत्व सुम्पिएका थिए ।

ट्रम्प सरकारको शुरूवातमा जताततै देखिएका मस्क पछिल्लो एक महिनामा खासै सार्वजनिक रूपमा देखिएका छैनन् । अब आफ्नै व्यवसायमा दिनरात काममा फर्कने शैलीका सन्देश दिँदै आएका थिए । मस्कको कार्यशैलीका कारण एकपछि अर्का अमेरिकी नेताहरूसँग विवाद हुन थालेपछि मार्चको अन्त्यतिर ट्रम्प आफैँले मस्कले अब सरकार छोड्ने सार्वजनिक अभिव्यक्ति दिएका थिए ।

झण्डै एक महिनायताका कुनै पनि ट्रुथ सोसल पोस्टमा ट्रम्पले मस्कको नाम लिएका छनन् । सन् २०२६ को मध्यकालीन चुनावका लागि अत्याधिक अलोकप्रिय देखिन थालेपछि रिपब्लिकन पार्टीले समेत मस्कबाट टाढिन सुरू गरेको एपीले उल्लेख गरेको छ ।

Hope IVF
Global IME Updated May 12
Sunrise bank

यस्तै, ट्रम्पका ट्यारिफ, एआई नीतिलगायत कतिपय विषयमा मस्कले सार्वजनिक रूपमै असन्तुष्टि राखेपछि ट्रम्प सरकारका एक वरिष्ठ अधिकारीले उनलाई ट्रम्पको सामू गाली गरेको पोलिटिकोको समाचारमा भनिएको छ । अमेरिकाको विस्कन्सन राज्यमा भएको एक चुनावमा राम्रो पैसा खर्च गरेर पनि रिपब्लिकन उम्मेद्वारलाई जिताउन नसकेका मस्कले हाल आफ्नो राजनीतिक चन्दामा ठूलो कटौती गर्ने घोषणा गरिसकेका छन् ।

लगभग सय दिनको आफ्नो सरकारी जिम्मेवारीमा निकै उत्साहका साथ छिरेका मस्कमाथि आफैंले भन्ने गरेका पारदर्शिता र जवाफदेहितासँगै दर्जनौं प्रश्न उठेका थिए । यो सय दिनको अवधिमा उनले आफ्नो लोकप्रियतामा गम्भीर गिरावट झेलेका थिए । टेस्लाजस्ता उनका ठूला कम्पनीहरू पनि विश्वका कैयौं बजारमा संघर्ष गर्नुपर्ने स्थितिमा पुगेका छन् ।

मस्कको कार्यशैली र बोलीवचनलाईसमेत अमेरिकाका दुवै पार्टीसँगै जनमानसले रूचाएका थिएनन् । मस्कको बहिर्गमन भए पनि डज भने नयाँ नेतृत्व र संरचनाका साथमा जारी रहने ट्रम्पका मुख्यसचिवले पुष्टि गरेका छन् । तर मस्कको समयमा रहेको डजको केन्द्रीय भूमिका भने स्वत: खुम्चँदै जाने विश्लेषकहरूको अनुमान छ ।

टेस्लाको नाफा लगभग ७१ प्रतिशत र शेयर मूल्य ३३ प्रतिशतले घटेको सन्दर्भमा आफूले व्यवसायमा ध्यान दिनु परेकाले सरकार छोडेको मस्कको दाबी छ । ट्रम्प र उनका प्रमुख सहयोगीहरूले भने राजनीतिक बोझ मान्न थालेकाले उनको निरस बहिर्गमन भएको न्युयोर्क टाइम्सको विश्लेषण छ ।

एकै दिन दुई प्रदर्शन : एमालेको १० बजेदेखि, राजावादीको २ बजेपछि

ighlights

  • एमालेलाई भृकुटीमण्डपमा साढे १० बजेदेखि कार्यक्रम सुरु गरेर सवा २ बजेसम्म सक्न प्रशासनको अनुरोध, त्यसपछि शान्ति वाटिका क्षेत्रमा प्रदर्शनका लागि राजावादीलाई समय

काठमाडौँ — जिल्ला प्रशासन कार्यालय काठमाडौंले बिहीबारको प्रदर्शन तथा कार्यक्रमका लागि सत्तारूढ एमाले र राजावादी समूहलाई छुट्टाछुट्टै समय उपलब्ध गराएको छ । पहिले एमालेलाई कार्यक्रम गर्न र त्यसपछि राजावादीको प्रदर्शन आयोजना गर्न प्रशासनले समय छुट्याएको हो ।

एमालेलाई भृकुटीमण्डपमा साढे १० बजेदेखि कार्यक्रम सुरु गरेर सवा २ बजेसम्म सक्न प्रशासनले अनुरोध गरेको छ । त्यसपछि शान्ति वाटिका क्षेत्रमा प्रदर्शनका लागि राजावादीलाई समय दिइएको काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी अशोककुमार भण्डारीले जानकारी दिए । ‘एमाले तथा राप्रपाका नेताहरूसँगको छलफलपछि समय छुट्याइएको हो,’ उनले भने ।

एमालेले बिहीबार गणतन्त्र दिवस मनाउने कार्यक्रम छ । राप्रपालगायत दल र राजावादी समूहले राजसंस्था पुनःस्थापना र हिन्दु राष्ट्रको मागसहित बिहीबारदेखि अनिश्चितकालीन प्रदर्शनको घोषणा गरेका छन् । राजावादीले गत चैत १५ मा गरेको प्रदर्शन हिंसात्मक बनेको थियो । अर्कोतर्फ केही दिनअघि एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार काठमाडौंलाई केही घण्टा नियन्त्रणमा राख्न पार्टीका कार्यकर्तालाई निर्देशनसमेत दिएका छन् । सोही कारण यस पटक सुरक्षा व्यवस्थामाथि चासो बढेको छ ।

काठमाडौं प्रहरी प्रमुख एसएसपी विश्व अधिकारी सबै तरिकाले सुरक्षा व्यवस्था कडा बनाएको बताउँछन् । ‘कानुनअनुसार भएका गतिविधिमा सहयोग गर्छौं,’ अधिकारीले भने, ‘कानुन नमान्नेलाई कारबाही पनि गर्नेछौं ।’

Hope IVF
Global IME Updated May 12
Sunrise bank

नवराज सुवेदीको नेतृत्वमा रहेको संयुक्त जनआन्दोलन परिचालन समितिले बिहीबारदेखि प्रदर्शन घोषणा गरेको हो । प्रदर्शनका लागि राप्रपाले प्रशासन कार्यालयलाई पत्र नपठाए पनि १२ बजे शान्ति वाटिकामा भेल हुन समर्थकलाई अनुरोध गरेको छ । ‘आन्दोलनका लागि कोही कसैसँग समय लिनु पर्दैन,’ राप्रपाका प्रवक्ता सगुन सुन्दर लावतीले भने, ‘काठमाडौंका विभिन्न ठाउँबाट र्‍यालीसहित शान्ति वाटिकामा १२ बजे भेला भएर शान्तिपूर्ण ढंगबाट आन्दोलन हुनेछ ।’

राजावादी समूहले देशका विभिन्न स्थानमा स्वतःस्फूर्त रूपमा धर्ना, जुलुसलगायत जनप्रदर्शन निरन्तर चल्ने जनाएको छ । ‘हामीले वर्षा हुन सक्ने भनेर छाता र पानीको बोतलसहित सडकमा भेला हुन भनेका छौं,’ लावतीले भने, ‘भद्र अवज्ञा र सत्याग्रह आन्दोलनको स्वरूप हुनेछ ।’ यसअघि राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले एमालेले आफूहरूलाई अवरोध गरे प्रतिकारको चेतावनीसमेत दिएका थिए ।

यस्तै, प्रधानमन्त्री ओलीको अभिव्यक्तिपछि सरकारकै नेतृत्वमा रहेका व्यक्तिले यस्तो अभिव्यक्ति दिनु विधिको शासनको भावनाविपरीत भएको भन्दै राष्ट्रिय मानव अधिकार आयोगले समेत चासो देखाएको थियो । आयोगले लोकतान्त्रिक व्यवस्थामा कुनै पनि समूह, व्यक्ति वा पार्टीलाई आफ्नो विचार र प्रदर्शन गर्ने स्वतन्त्रता सुनिश्चित गरिएको उल्लेख गरेको छ ।

साथै, अरूको विचारप्रति लक्षित उत्तेजनापूर्ण भाषा प्रयोग गर्नु मानव अधिकारका मूल्य र मान्यताको उल्लंघन हुने भन्दै उत्तेजनापूर्ण अभिव्यक्ति नदिन आग्रहसमेत गरेको छ । आयोगले प्रदर्शनलाई शान्तिपूर्ण बनाउन अपिल गर्दै शान्ति सुरक्षाप्रति गम्भीर हुन काठमाडौं र ललितपुरका प्रमुख जिल्ला अधिकारी र जिल्ला प्रहरी प्रमुखहरूलाई आग्रह गरेको छ ।

यसैबीच, चैत १५ को घटनामा सरकारी वकिलको कार्यालयले राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री एवं सांसद धवलशमशेर जबरा, दुर्गाप्रसाद प्रसाईंसहित ५० जना र ११ जनाको छुट्टाछुट्टै अभियोगपत्र तयार गरी मुद्दा दायर गरेको छ । ११ जनालाई आपराधिक उपद्रवअन्तर्गत र अन्यलाई व्यक्ति विशेष मुद्दा दर्ता गरिएको छ ।

हिंसात्मक प्रदर्शनमा संलग्न भएको आरोप लागेका ४ जना बालकविरुद्ध पनि बाल अदालतमा मुद्दा दायर भएको छ । चैत १५ मा भएको राजावादीको प्रदर्शनका क्रममा सञ्चारकर्मी सुरेश रजक र कीर्तिपुर–४ का २९ वर्षीय सविन महर्जनको मृत्यु भएको थियो । गोली लागेर २० जना घाइते भएका थिए ।

खोइ ज्यान ? खरानी भयो, खोइ खरानी ? उड्यो !

पर्सा, रौतहट — पहिलो संविधानसभा निर्वाचनको अघिल्लो रात २७ चैत २०६४ मा रौतहटमा भएको बम विस्फोट र त्यसमा परेर घाइते भएकालाई जिउँदै इँटाभट्टामा हालेर हत्या गरेको आरोप लागेका पूर्वमन्त्री तथा कांग्रेस नेता मोहम्मद आफताब आलमसहित चार जनालाई उच्च अदालत जनकपुरको वीरगन्ज इजलासले बुधबार सफाइ दिएको छ ।

आलमले हत्या गरेको ठहर गर्दै जिल्ला अदालत रौतहटले उनीसहित चार जनालाई जन्मकैद सजाय सुनाएको थियो । जिल्ला अदालतको आदेश उच्चले उल्ट्याएसँगै आलम बुधबार साँझ नै नख्खु कारागार ललितपुरबाट रिहा भएका छन् ।

१ वर्ष १ महिनापछि जिल्ला अदालतको फैसला उल्टाउँदै उच्च अदालत जनकपुरको वीरगन्ज इजलासले बुधबार सफाइ दिँदै भनेको छ–

–मोहम्मद आफताब आलमको घरमा २७ चैत २०६४ मा भएको भनिएको बम विस्फोट वारदात वस्तुनिष्ठ प्रमाणले पुष्टि हुन नसकेको

–घाइते भनिएका पिन्टु (त्रिलोकप्रसाद सिंह) र ओसी अख्तरलाई ट्र्याक्टरमा हाली राजा इँटाभट्टामा लगी पोलेको भन्ने ठोस सबुद प्रमाण भेटिन नसकेको

Hope IVF
Global IME Updated May 12
Sunrise bank

–विधि विज्ञान प्रयोगशालाको प्रतिवेदनबाट मृतकलाई इँटाभट्टामा पोलेको अभियोग पुष्टि गर्न नसकेको

उता ठीक १ वर्ष १ महिना १ दिनअघि जिल्ला अदालत रौतहटले आलम र उनका भाइसहित चार जनालाई जन्मकैदको फैसला सुनाएको थियो । १३ वैशाख २०८१ मा जिल्ला अदालतले फैसला गर्दा भने यस्तो भनेको थियो–

–पहिलो संविधानसभा निर्वाचनको मतदानको पूर्वसन्ध्यामा उम्मेदवार रहेका मोहम्मद आफताव आलमको काकाको गोठमा विस्फोट हुनु

–तत्काल हुनुपर्ने मुचुल्का लगायतका अनुसन्धान तहकिकातका आधारभूत कार्य (१७ दिनपछि)

१४ वैशाख २०६५ मा मात्र हुनु

–मौकामा घटनास्थलमा प्रहरी जान नसक्नु र त्यसको पृष्ठभूमिमा अस्वाभाविक र शंकास्पद देखिने क्रियाकलापहरू हुनु

–प्रतिवादीहरू सामूहिक रूपमा प्रहरी कार्यालयमा गई उसै दिन निजहरूको बयान भई प्रतिवादीहरूविरुद्ध मुद्दा चलाउने भन्ने रायसहितको प्रहरीको अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालयमा पेस हुनु, सोही दिन सो कार्यालयबाट प्रमाणको अभाव भएको भनी प्रतिवादीहरूविरुद्ध मुद्दा नचलाउने निर्णय हुनु

–प्रतिवादीहरू जिम्मा जमानीमा छुट्नु, सो निर्णय तहगत रूपमा सदर हुँदै महान्यायाधिबक्ताको कार्यालयबाट पनि सहजै सदर हुनु

–प्रतिवादीहरूले पक्राउ पुर्जी बुझ्न नमान्नु

–जाहेरवालालगायत वादी पक्षका साक्षी गवाहहरू अदालतमा प्रतिकूल (होस्टाइल) हुनु, जाहेरवालाहरूको सुरक्षा अवस्था चिन्ताजनक र चुनौतिपूर्ण बन्दै जानु

–अनुसन्धानमा तानिएका मानिसहरूको कागज, बकपत्र, मुचुल्का, प्रहरीको बकपत्र, मिसिल संलग्न मानव अधिकार संगठनहरुको प्रतिवेदन तथा घटनास्थलको फोटोग्राफ लगायतका प्रमाणबाट विस्फोट भएको तथ्य स्थापित हुन्छ

–उक्त विस्फोटमा घाइते भएका पिन्टु भन्ने त्रिलोकप्रताप सिंह राजपुत र ओसी अख्तर मियालगायतलाई यी प्रतिवादीहरू मोहम्मद आफताब आलम, मोहम्मद महताब आलम, शेख सेराज भन्ने शेष सराज, बद्री सहनीसमेतले बोरामा हाली ट्याक्टरमा राजा इँटा उद्योगको चिम्नी भट्टामा लगी जलाइ मारेको ठहर्छ

विस्फोटक पदार्थ प्रयोग गरी ज्यान मार्ने उद्योग तथा कर्तव्य ज्यान मुद्दामा उनीहरूलाई उच्चका न्यायाधीशद्वय खुसीप्रसाद थारू र अर्जुन महर्जनको संयुक्त इजलासले सफाइ दिएको हो । जिल्ला अदालत रौतहटको आदेशविरुद्ध आलमसहित चार जनाले अस्थायी इजलास वीरगन्जमा पुनरावेदन दिएका थिए ।

उच्चले सुरुमा जिल्ला अदालतको आदेश सदर गर्दै पुर्पक्षका लागि थुनामा राख्न दिएको आदेश सदर गरेको थियो । तर बुधबार सफाइ दिएको छ । आलमसहित चार जनालाई रौतहट अदालतले १३ वैशाख २०८१ मा जन्मकैदको फैसला सुनाएको थियो । जन्मकैदको सजाय पाउनेमा कांग्रेस नेता आलम, उनका भाइ मोहम्मद महताब आलम, शेख सेराज (सराज) र बद्री सहनी रहेका छन् । उच्चबाट सफाइ पाएसँगै आफताब बुधबारै ललितपुरको नख्खु कारागारबाट छुटेर घर गएका छन् ।

उच्चले बुधबार गरेको फैसलामा आफताबको घरमा भएको भनिएको बम विस्फोट वारदात वस्तुनिष्ठ प्रमाणले पुष्टि हुन नसकेको, घाइते भनिएका पिन्टु (त्रिलोकप्रसाद सिंह) र ओसी अख्तरलाई ट्र्याक्टरमा हाली राजा इँटाभट्टामा लगी पोलेको भन्ने ठोस सबुत प्रमाण भेटिन नसकेको र विधि विज्ञान प्रयोगशालाबाट पनि मृतकलाई इँटाभट्टामा पोलेको अभियोग पुष्टि गर्न नसकेको उल्लेख छ ।

Lost life? Ashes, lost ashes? flew!

रौतहटको साविक राजपुर फरदहवा–४ स्थित कांग्रेस नेता स्व. शेख इद्रिसको गोठमा भएको विस्फोटको घटनामा यमुनामाई गाउँपालिकास्थित सरुअठा गाउँका पिन्टु भन्ने त्रिलोकप्रताप सिंह र ओसी अख्तर मियाँलाई जिउँदै चिम्नीभट्टामा हालेर मारेको आरोपमा प्रहरीले मोहम्मद आफताब आलम, उनका भाइ मोहम्मद महताब आलम, शेख सेराज, शेख फजलेहक, शेख भदै, सगिर आलम, बद्री सहनी, गौरीशंकर साह, मुक्ति साह, मोहद मोबिन आलम र शेख जुमइन भन्ने शेख मलकारलगायत ११ जनामाथि कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र विस्फोटक पदार्थको कसुरमा जन्मकैद सजायको मागसहित १८ कात्तिक २०७६ मा अदालतसमक्ष अभियोगपत्र दर्ता गरेको थियो ।

जिल्ला अदालत रौतहटका न्यायाधीश मातृकाप्रसाद आचार्यको इजलासले १३ वैशाख २०८१ मा राजपुर विस्फोट घटनामा पूर्वमन्त्री आलम, उनका भाइ मोहम्मदसहित शेखसराज र बद्री सहनीलाई साविक मुलुकी ऐनबमोजिम जन्मकैद सजाय सुनाएको थियो । घटनामा संलग्न भनिएका मुक्ति साहको अभियोगमा दाबी नपुगेकाले सफाइ पाएका थिए । फरार मोहम्मद मोबिन, शेख फजले, शेख भदै, साहिल आलम, गौरीशंकर साह र शेख जुमैको मुद्दा मुल्तबीमा राख्ने फैसला भएको थियो ।

अभियोगपत्रका अनुसार विस्फोटको घटनालाई गुपचुप राखेर केही घाइतेलाई भारतमा उपचार गर्न पठाइएको थियो भने केहीलाई बोलेको खण्डमा ‘जे पनि हुन सक्ने’ धम्की दिएर चुपचाप पारिएको थियो । विस्फोटको तीन दिनपछि ३० चैत २०६४ मा आलमसँगै निर्वाचन लडेका एमालेका नेता शैलेन्द्र साहले घटनाबारे प्रहरीमा निवेदन दिएका थिए । सोही निवेदनका आधारमा प्रहरीले प्रारम्भिक अनुसन्धान गरी जिल्ला सरकारी वकिल कार्यालय गौरमा रायसहितको प्रतिवेदन बुझाएको थियो । तर त्यतिबेला सरकारी वकिल कार्यालयले मुद्दा नचल्ने निर्णय गरेको थियो । यो निर्णयलाई महान्यायाधिवक्ता कार्यालयले पनि सदर गरेको थियो ।

विस्फोटपछि प्रहरीले घटनास्थलमा कुनै किसिमको विस्फोट नभएको मुचुल्का तयार पारेको थियो । त्यसको एक वर्षपछि आलम आफैं जिल्ला प्रहरीमा हाजिर भएका थिए । त्यसै दिन उनलाई जिल्ला न्यायाधिवक्ताको कार्यालयले मुद्दा नचल्ने निर्णय गर्दै छाडेको थियो । ३० असार २०६५ मा तत्कालीन महान्यायाधिवक्ता यज्ञमूर्ति बञ्जाडेले मुद्दा नचल्ने निर्णय गरेका थिए ।

विस्फोटमा मृत्यु भएका ओसी अख्तरकी आमा रुक्सनाको ८ माघ २०६७ साझ दुर्गाभगवती गाउँपालिकास्थित माइतीबाट आफ्नो घर सरुअठा आउँदै गर्दा गौडा ढुकेर बसेको हतियारधारी समूहले गोली हानी हत्या गरेको थियो । रुक्सनाले छोरालाई जिउँदै इँटाभट्टामा हालेको भन्दै प्रहरीमा जाहेरी दिएकी थिइन् ।

सर्वोच्च अदालतका तत्कालीन न्यायाधीश सुशीला कार्की र भरतबहादुर थापाको संयुक्त इजलासले १६ जेठ २०६९ मा महान्यायाधिवक्ताको निर्णयविरुद्ध परेको रिटमा फैसला सुनाउँदै गम्भीर रूपले अनुसन्धान गरी मुद्दा चलाउनू भन्दै सरकारका नाममा निर्देशनात्मक आदेश दिएको थियो । त्यसलगत्तै जिल्ला प्रहरी कार्यालय रौतहटले आलमको मुद्दामा चासो देखाएको थियो । तत्कालीन रौतहट जिल्लाका एसपी भूपेन्द्रबहादुर खत्रीको नेतृत्वमा मुद्दाको अनुसन्धान भएपछि आलम पक्राउ परेका थिए ।

Lost life? Ashes, lost ashes? flew!

रौतहटको साविक राजपुर फरदहवा गाविस–४ (हाल राजपुर नगरपालिका–४) मा २०१९ मा जन्मेका आफताबले चार पटक रौतहट–२ बाट संसद्मा प्रतिनिधित्व गरिसकेका छन् । मुस्लिम बाहुल्य यो क्षेत्रमा हरेकपल्ट आफताब चुनाव लड्दा झन्डै एकलौटी मत उनकै पक्षमा खस्थ्यो ।

उनका परिवारका सदस्यहरू २०१५ देखि राजपुर क्षेत्रबाट राजनीतिक नेतृत्व गरिरहेका छन् । आफताबका काका शेख इद्रिसले २०१५ मा भएको निर्वाचनमा प्रजा परिषद्बाट चुनाव जितेका थिए । २०४८ मा भएको संसदीय निर्वाचनमा पनि इद्रिस कांग्रेसबाट यही क्षेत्रमा निर्वाचित भएका थिए । काकाको मृत्युपछि आफताब यो क्षेत्रबाट राजनीतिक रूपमा उदाएका थिए । आफताबले क्षेत्र नम्बर २ बाट २०५३ को उपनिर्वाचनमा पहिलो पटक सांसद बन्ने मौका पाएका थिए । २०५६ र २०६४ को निर्वाचनमा विजयी भएका उनी २०७० को दोस्रो संविधानसभा निर्वाचनमा मधेशी जनअधिकार फोरम लोकतान्त्रिकबाट उम्मेदवार बनेका आफ्नै भान्जा मुस्ताक आलमसँग पराजित भए ।

२०७४ मा संसदीय निर्वाचन भने फेरि आफताबकै पोल्टामा पुग्यो, उनी निर्वाचित भए । दुई पटक कांग्रेसको जिल्ला सभापति भएका आफताबले २०५१ मा काका शेख इद्रिस वनमन्त्री हुँदा छायामन्त्रीकै हैसियतमा सारा काम गरेर शक्तिकेन्द्रसँग सम्बन्ध विस्तार गरेका थिए । आलम पक्राउपछि पनि उनको परिवारको राजनीतिक यात्राले विश्राम लिएन । आफताबका कान्छा छोरा डा. राजिक आलम गएको स्थानीय तह निर्वाचनमा राजपुर नगरपालिकाको प्रमुखमा निर्वाचित भए । आफताबका जेठो छोरा फिरदोस आलम गत संसदीय चुनावमा एमालेका उम्मेदवार किरणकुमार साहबाट पराजित भए ।

Lost life? Ashes, lost ashes? flew!

राजनीतिक यात्रामा बारम्बार मन्त्री भएका आफताब सधैं शक्तिकेन्द्रको निकट थिए । २०५४ मा श्रम सहायकमन्त्री भए । २०५५ मा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारमा वन सहायकमन्त्री भए । २०५६ मा कृष्णप्रसाद भट्टराई नेतृत्वको सरकारमा स्थानीय विकास राज्यमन्त्री भए । २०५८ मा गिरिजाप्रसाद कोइराला नेतृत्वकै सरकारमा भूमिसुधारमन्त्री पनि बने । २०६६ मा एमालेका तत्कालीन नेता माधवकुमार नेपाल नेतृत्वको सरकारमा समेत उनी श्रम तथा यातायातमन्त्री बने ।

बुधबार उच्चको अस्थायी इजलास वीरगन्जमा नेपाल सरकारका तर्फबाट सहायक जिल्ला न्यायाधिवक्ता कोशहरि निरौला र उपन्यायाधिवक्ता उत्तम श्रेष्ठले बहस गरेका थिए । जाहेरवाला श्रीनारायण सिंह राजपुतका तर्फबाट अधिवक्ता पुष्पराज पौडेल तथा प्रतिवादीका तर्फबाट पुष्पराज पौडेल, अधिवक्ताहरू रामेश्वर सेढाई, सरोजकृष्ण घिमिरे, आफताब आलम, सुधीरकुमार कर्ण, सञ्जीवकुमार मल्लिक र रामेश्वर न्यौपानेले बहस गरेका थिए ।

सम्बन्धित समाचार

राजपुर बम काण्डमा पूर्वमन्त्री आफताब आलमसहित ४ जनालाई जन्मकैद

‘लोकतान्त्रिक गणतन्त्र जस्तो सुन्दर प्रणाली अरू हुन सक्दैन’

काठमाडौँ — नेपालमा लोकतान्त्रिक गणतन्त्र स्थापना भएको बिहीबार १७ वर्ष पूरा भएको छ। राजावादीहरूले गणतन्त्र दिवसकै दिन यो व्यवस्थाविरुद्ध धावा बोलेका छन्। राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले घोषित रूपमा संघीय लोकतान्त्रिक गणतन्त्रविरुद्ध आन्दोलनको घोषणा गरेका छन्।

राजतन्त्रको अन्त्यको आन्दोलनमा अग्रपंक्तिमा भूमिका खेलेका जनआन्दोलन २ का एक प्रमुख नेता सद्भावना पार्टीका तत्कालीन अध्यक्ष भरत विमल यादव भने गणतन्त्रको विकल्प हुन नसक्ने बताउँछन्।

गणतन्त्रका धेरै कमजोरी भए पनि यसको विकल्प नहुने उनको भनाइ छ। यादवसँग गरिएको संक्षिप्त कुराकानी :

मुलुकमा गणतन्त्र स्थापना भएयता कसरी हेर्नुभएको छ ?

गणतन्त्र स्थापना गर्दा धेरै अपेक्षा र आशा थियो । गणतान्त्रिक व्यवस्था जस्तो हुनुपर्ने हो भएन । जनताले धेरै अपेक्षा गरेका थिए। हुन सकेन। तर मुलुकमा केही भएकै छैन भनेर भन्न मिल्दैन । अहिले सबैले सर्वतन्त्रपूर्वक काम गर्न, बोल्न पाएका छन् । अहिले राजावादीले गणतान्त्रिक व्यवस्था भएर नै बोल्न पाइरहेका छन् । जनआन्दोलन अघि राजाका पालमा कसले बोल्न पाउँथ्यो र ? अहिले राजावादी र गणतन्त्रवादी सबैले मजाले बोल्न पाएका छन्।

Hope IVF
Global IME Updated May 12
Sunrise bank

गणतन्त्रमाथि किन प्रश्न उठ्यो त ?

प्रमुख राजनीतिक दलभित्र जुन प्रकारको लोकतान्त्रिक शैली हुनुपर्ने हो। भएन । प्रमुख दलका नेताहरू देश र राष्ट्रप्रति इमानदारिता हुनुपर्ने हो। हुन सकेनन्। उनीहरू बढी सत्ता प्राप्तिमा केन्द्रित भए। प्रमुख नेताहरू जनता र विकासप्रति इमानदार देखिएनन्। मुलुकमा भ्रष्टाचार नियन्त्रण हुनुपर्ने हो। भइरहेको छैन। तर यी कमीकमजोरीका बाबजुद, गणतन्त्रको विकल्प राजतन्त्र हुन सक्दैन। जति कमजोरी भए पनि लोकतान्त्रिक गणतन्त्रको विकल्पमा राजतन्त्रको कल्पना पनि गर्न सकिँदैन । यो व्यवस्थामा देखिएका कमीकमजोरीलाई सुधार गरेर जानुपर्छ।

गणतन्त्रको बलियो आधार तयार हुन नसक्नुको कारण के हो ?

संघीय गणतान्त्रिक गणतन्त्रलाई सुधार गरेर जानुपर्छ । तिनै तहका सरकारमा धेरै भ्रष्टाचार देखिएको छ । तिनै सरकार भ्रष्टाचारले ग्रसित छन्। प्रदेश र स्थानीय सरकाले भ्रष्टाचार गर्न संघलाई जितेको जस्तो । हामीले सिंहदरबार गाउँ गाउँमा स्थापना गर्ने भनेका थियौँ ।अहिले कतिपय व्यवहारमा गाउगाउँमा साना साना राजदरबार जस्तो लागेको छ। लोकतान्त्रिक गणतन्त्र जस्तो सुन्दर प्रणाली अरू हुन सक्दैन। मुलुकमा राजतन्त्र स्थापना गर्ने कुरा अहिलेको अवस्थामा सोच्नै नसकिने कुरा हो।

यो व्यवस्थाप्रति वितृष्ण देखिन्छ नि ?

प्रमुख दलका नेताहरूको क्रियाकलापले गर्दा आम जनतामा वितृष्ण भएको हो । दलहरूले गणतन्त्रलाई संस्थागत गरी जनआकांक्षा अनुसार चल्नु प‍र्थ्यो। प्रमुख दलका नेताका कार्यशैली र आचरणमा सुधार हुनुपर्‍यो। बोली व्यवहारमा सुधार हुनुपर्‍यो । गणतान्त्रिक व्यवस्थालाई बलियो बनाउन साझा सहमति हुनुपर्‍यो । मुलुकमा सुशासनलाई कडाइका साथ लागु गरी, भ्रष्टाचारीलाई कडा सजाय गर्नुपर्छ। विभिन्न भेदभावको अन्त्य र सामाजिक सुधार हुनुपर्छ । यत्ति भयो भने पनि लोकतान्त्रिक गणतन्त्र सबल हुँदै जान्छ।

गणतन्त्र स्थापनाका १७ वर्ष : गणतान्त्रिक व्यवस्थामाथि किन उठ्दै छ प्रश्न?

काठमाडौँ — नेपालमा लोकतान्त्रिक गणतन्त्र स्थापना भएको बिहीबार १७ वर्ष पूरा भएको छ। राजावादीहरूले गणतन्त्र दिवसकै दिन यो व्यवस्थाविरुद्ध धावा बोलेका छन्। राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले घोषित रूपमा संघीय लोकतान्त्रिक गणतन्त्रविरुद्ध आन्दोलनको घोषणा गरेका छन्।

विगतमा सुषुप्त रूपमा राजावादीहरूको स्वर सृुनिदै आएकोमा पछिल्लो समय भने गणतन्त्र व्यवस्थाविरुद्ध चर्को स्वर सुनिन थालेको छ। तर राजतन्त्र विस्थापित गरी गणतन्त्र स्थापनाका लागि संघर्ष गरेका दलहरू भने संघीय लोकतान्त्रिक गणतन्त्रको बलियो जग हाल्न चुकिरहेका छन्। राजतन्त्रात्मक शासन व्यवस्था फेरिए पनि दलहरू गणतान्त्रिक मूल्य मान्यतालाई जरैसम्म पुर्‍याउन सकेनन्।

प्रमुख राजनीतिक दलका प्रमुख नेताहरूले गणतान्त्रिक व्यवस्था ल्याए। तर पालैपालो सरकार बनाउने बनाउने भत्काउने खेलमा लाग्दा आम मानिसको आर्थिक, सामाजिक अवस्थामा अपेक्षित रूपमा परिवर्तन भएको छैन। जसले गर्दा आज यो व्यवस्थामाथि नै प्रश्न उठिरहेको हो।

गणतान्त्रिक व्यवस्थामा सबैभन्दा धेरै प्रश्न दलहरूकै कारण उठिरहेको देखिन्छ। लोकतान्त्रिक व्यवस्था समय सापेक्ष विकास गरी अघि बढ्छ। तर नेपालका राजनीतिक दलहरू लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत रूपमा विकास गर्ने आधारभूत कानुन निर्माण गरी प्रशासनिक संरचना बनाउनमै चुकेका छन्।

बरु दलहरू सत्ता स्वार्थमा केन्द्रित हुँदा आम मानिसमा आक्रोश र निराशाले घर गर्दै गएको छ । त्यसको सही व्यवस्थापन भएन भने कुनै दिन जनविष्फोटको अवस्था आउने जोखिम छ।

Hope IVF
Global IME Updated May 12
Sunrise bank

२०६५ जेठ १५ मा मुलुकमा संघीय गणतन्त्र स्थापना भइसकेपछि १४ सरकार बनिसकेका छन्। कांग्रेस, एमाले र माओवादीका प्रमुख नेताहरू यो अवधिमा सत्ता प्राप्तिको दौडमा लागे। जसका कारण राजनीतिक स्थायित्व हुन सकेन। गणतन्त्र स्थापना, संविधान निर्माण गरेका दलहरू आम मानिसको जीवनस्तर वृद्धिका लागि आर्थिक सुधारको पक्षमा गम्भीर रूपमा नलाग्दा निराशाको ग्राफ बढ्दै गयो।

२०६४ यता कांग्रेस सभापति शेरबहादुर देउवा दुई पटक, एमाले अध्यक्ष एवं वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली तीन पटक, माओवादी अध्यक्ष पुष्पकमल दाहाल तीन पटक, तत्कालीन कांग्रेस सभापति स्वर्गीय गिरिजाप्रसाद कोइराला एक, सुशील कोइराला एक, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल एक, नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई एक र पूर्व न्यायाधीश खिलराज रेग्मी (मन्त्रिपरिषद् अध्यक्ष) एक पटक प्रधानमन्त्री भएका छन्।

२०७२ असोजमा संविधान जारी भएपछि मुलुकमा संघीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्था कार्यान्वयनमा गएको थियो । संघमा एक, प्रदेशमा सात र सात सय ५३ स्थानीय सरकार क्रियाशील भए । तर संघीय सरकार र प्रदेश सरकार सत्ता लुछाचुँडीमा बढी व्यस्त भएका कारण बढी बदनाम भए । खास गरी संघ र प्रदेश सरकार अस्थिरत हुँदा राजावादीहरूले गणतान्त्रिक व्यवस्थामा प्रश्न उठाउने पर्याप्त ठाउँ पाए।

प्रमुख दलले संघीय संसद्मा प्रदेशलाई अति आवश्यक पर्ने प्रहरी, कर्मचारीलगायत कानुन बनाउने तत्परता नदेखाउँदा प्रदेश सरकारले प्रभावकारी रूपमा काम गर्न सकेनन् । प्रदेश सरकारले देखिने गरी काम गर्न नसक्दा संघीयतामाथि प्रश्न उठ्यो । खास गरी प्रदेश सरकार संरचना संचालन गर्न महँगो भएको भन्दै प्रदेश खारेजीसम्मको माग उठेको छ।

प्रदेशका मुख्यमन्त्री र मन्त्रीहरू आवश्यक कानुन र अधिकारको अभावमा खुम्चिएर बस्नु पर्‍यो । बाहिरबाट हेर्दा प्रदेश मुख्यमन्त्री, मन्त्री र सांसदहरूले सुविधा लिएको देखियो । उनीहरूबाट प्रदेश बलियो बनाउने अपेक्षा पुरा हुन सकेन आवश्यक कानुनको अभावमा।

यो अवधिमा सात सय ५३ पालिकाहरू स्थानीय स्थायी सरकारको रूपमा क्रियाशील भए। स्थानीय सरकारका धेरै कमीकमजोरी भए पनि आम जनतालाई प्रत्यक्ष रूपमा सेवा दिन र स्थानीय स्रोतको विकास गर्न सक्षम देखिए । संघीयताको मर्म अनुसार काम गर्न सफल स्थानीय सरकारहरूले नै संघीयताको साख जोगाएका छन्।

२०६३ सालमा जारी गरिएको अन्तरिम संविधानको प्रावधान बमोजिम २०६४ चैतमा नेपालको इतिहासमा पहिलो पटक संविधानसभाको निर्वाचन भएको थियो । त्यो निर्वाचनले ६०१ सदस्यीय संविधानसभा गठन गर्‍यो । त्यही संविधानसभाको व्यवस्थापिका संसद्ले २०६५ जेठ १५ मा २३८ वर्ष लामो राजतन्त्रात्मक व्यवस्थाको अन्त्य गरी गणतन्त्रात्मक मुलुक घोषणा गरेको थियो।

सरकार र निवर्तमान राजा ज्ञानेन्द्र शाहबीच संवाद भएपछि नारायणहिटी खाली हुन दुई साता लाग्यो । ज्ञानेन्द्रले २०६५ जेठ २९ मा पत्रकार सम्मेलन गरी नारायणहिटी दबार छाडेर सरकारले वासको व्यवस्था गरेको नागार्जुन दबार सरे।

मुलुकमा गणतन्त्र स्थापना भए पनि नेपाली जनताको छोरो राष्ट्रपति चयन हुन २०६५ साउनसम्म कुर्नु पर्‍यो । २०६५ साउनमा मुलुकेले पहिलो राष्ट्रपति पायो । तत्कालीन कांग्रेस सांसद डा. रामवरण यादव मुलुकको पहिलो राष्ट्रपति चयन भए । नेपाली ‘जनताको छोरो’ पहिलो पटक राष्ट्रप्रमुख बन्नुको मुख्य आधार गणतान्त्रिक व्यवस्था नै थियो।

पहिलो संविधानसभाले संविधान बनाउन असफल भएपछि संविधानसभाको दोस्रो निर्वाचन २०७० मंसिरमा भएको थियो । संविधान जारी नगरी २०६९ साल जेठमा संविधानसभा विघटन भयो । २०७२ असोज ३ मा नेपालको संविधान जारी गरे पनि मुलुक संघीय लोकतान्त्रिक गणतान्त्रिक प्रणालीमा अघि बढेको थियो ।

यो राजनीतिक व्यवस्थाको सबैभन्दा सुन्दर पक्ष ‘जनताको छोरा’ राष्ट्रप्रमुख अर्थात् राष्ट्रपति हुने प्रावधान हो । हालसम्म मुलुकले तीन राष्ट्रपति, उपराष्ट्रपति पाइसकेको छ । २०७३ कात्तिकमा पहिलो पटक महिला राष्ट्रप्रमुख चयन भइन् । पूर्व एमाले नेतृ विद्यादेवी भण्डारी गणतन्त्र नेपालको दोस्रो राष्ट्रपति भइन् ।

तेस्रो राष्ट्राध्यक्षको रूपमा रामचन्द्र पौडेल निर्वाचित भएका छन् । उनी २०७९ फागुनमा राष्ट्रपतिमा चयन भए । नेपालको संविधानले राष्ट्रपतिलाई राष्ट्राध्यक्ष र संविधानको संरक्षक एवं अभिभावकको रूपमा स्थान दिएको छ । ‘राष्ट्रिय एकताको प्रवर्धन, संविधानको पालना र संरक्षण गर्नु राष्ट्रपतिको कर्तव्य हुने’ संविधानमा उल्लेख छ ।

राजतन्त्रको अन्त्यका लागि आन्दोलनरत दल सद्भावना पार्टीका तत्कालीन अध्यक्ष भरत विमल यादवले गणतन्त्रको विकल्प हुन नसक्ने बताए । गणतन्त्रका धेरै कमजोरी भए पनि यसको विकल्प नहुने उनको भनाइ छ । ‘गणतन्त्रको विकल्प राजतन्त्र हुन सक्दैन’ उनले भने ।

लोकतान्त्रिक गणतन्त्र जस्तो सुन्दर प्रणाली अरू हुन सक्दैन

17 years of the establishment of the Republic: Why is the question raised about the republican system?भरत विमल यादव, जनआन्दोलन २ का एक प्रमुख नेता

मुलुकमा गणतन्त्र स्थापना भएयता कसरी हेर्नुभएको छ ?

गणतन्त्र स्थापना गर्दा धेरै अपेक्षा र आशा थियो । गणतान्त्रिक व्यवस्था जस्तो हुनुपर्ने हो भएन । जनताले धेरै अपेक्षा गरेका थिए। हुन सकेन। तर मुलुकमा केही भएकै छैन भनेर भन्न मिल्दैन । अहिले सबैले सर्वतन्त्रपूर्वक काम गर्न, बोल्न पाएका छन् । अहिले राजावादीले गणतान्त्रिक व्यवस्था भएर नै बोल्न पाइरहेका छन् । जनआन्दोलन अघि राजाका पालमा कसले बोल्न पाउँथ्यो र ? अहिले राजावादी र गणतन्त्रवादी सबैले मजाले बोल्न पाएका छन्।

गणतन्त्रमाथि किन प्रश्न उठ्यो त ?

प्रमुख राजनीतिक दलभित्र जुन प्रकारको लोकतान्त्रिक शैली हुनुपर्ने हो। भएन । प्रमुख दलका नेताहरू देश र राष्ट्रप्रति इमानदारिता हुनुपर्ने हो। हुन सकेनन्। उनीहरू बढी सत्ता प्राप्तिमा केन्द्रित भए। प्रमुख नेताहरू जनता र विकासप्रति इमानदार देखिएनन्। मुलुकमा भ्रष्टाचार नियन्त्रण हुनुपर्ने हो। भइरहेको छैन। तर यी कमीकमजोरीका बाबजुद, गणतन्त्रको विकल्प राजतन्त्र हुन सक्दैन। जति कमजोरी भए पनि लोकतान्त्रिक गणतन्त्रको विकल्पमा राजतन्त्रको कल्पना पनि गर्न सकिँदैन । यो व्यवस्थामा देखिएका कमीकमजोरीलाई सुधार गरेर जानुपर्छ।

गणतन्त्रको बलियो आधार तयार हुन नसक्नुको कारण के हो ?

संघीय गणतान्त्रिक गणतन्त्रलाई सुधार गरेर जानुपर्छ । तिनै तहका सरकारमा धेरै भ्रष्टाचार देखिएको छ । तिनै सरकार भ्रष्टाचारले ग्रसित छन्। प्रदेश र स्थानीय सरकाले भ्रष्टाचार गर्न संघलाई जितेको जस्तो । हामीले सिंहदरबार गाउँ गाउँमा स्थापना गर्ने भनेका थियौँ ।अहिले कतिपय व्यवहारमा गाउगाउँमा साना साना राजदरबार जस्तो लागेको छ। लोकतान्त्रिक गणतन्त्र जस्तो सुन्दर प्रणाली अरू हुन सक्दैन। मुलुकमा राजतन्त्र स्थापना गर्ने कुरा अहिलेको अवस्थामा सोच्नै नसकिने कुरा हो।

यो व्यवस्थाप्रति वितृष्ण देखिन्छ नि ?

प्रमुख दलका नेताहरूको क्रियाकलापले गर्दा आम जनतामा वितृष्ण भएको हो । दलहरूले गणतन्त्रलाई संस्थागत गरी जनआकांक्षा अनुसार चल्नु प‍र्थ्यो। प्रमुख दलका नेताका कार्यशैली र आचरणमा सुधार हुनुपर्‍यो। बोली व्यवहारमा सुधार हुनुपर्‍यो । गणतान्त्रिक व्यवस्थालाई बलियो बनाउन साझा सहमति हुनुपर्‍यो । मुलुकमा सुशासनलाई कडाइका साथ लागु गरी, भ्रष्टाचारीलाई कडा सजाय गर्नुपर्छ। विभिन्न भेदभावको अन्त्य र सामाजिक सुधार हुनुपर्छ । यत्ति भयो भने पनि लोकतान्त्रिक गणतन्त्र सबल हुँदै जान्छ।

पुटिनले आगोसँग खेलिरहेको ट्रम्पको चेतावनी

काठमाडौँ — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग असन्तुष्टि व्यक्त गरेका छन् । सामाजिक सञ्जाल ट्रुथमा लेख्दै ट्रम्पले पुटिनले आगोसँग खेलिरहेको चेतावनी दिएका छन् ।

उनले भनेका छन्, ‘यदि म हुन्थेन भने रुसविरुद्ध कति धेरै गलतभन्दा गलत कुराहरु हुनसक्थे । तर यो कुरा पुटिनलाई महशुस छैन । उहाँ आगोसँग खेलिरहनुभएको छ ।’

त्यसअघि ट्रम्पले युक्रेनमा रुसको लगातार बमबारीका कारण पुटिनको आलोचना गरेका थिए र सन्कीको संज्ञा दिएका थिए ।

उनले पुटिनलाई सन्की बताउँदै लेखका थिए, ‘उनी बिनाकारण मानिसहरुलाई मारिरहेका छन् । म केवल सैनिकको मात्र कुरा गरिरहेको छैन । बिना कुनै कारण युक्रेनका सहरमा मिसाइल र ड्रोन प्रहार भइरहेको छ ।’

विवादित जगदुल्लाको आशयपत्र जारी

काठमाडौँ — जगदुल्ला हाइड्रोपावर कम्पनी लिमिटेडले सिभिल र हाइड्रो मेकानिकलअन्तर्गत इन्जिनियरिङ, प्रोक्योरमेन्ट र कन्स्ट्रक्सन (ईपीसी) तर्फ आह्वान गरेको ठेक्काको आशयपत्र जारी गरेको छ । आर्थिक प्रस्तावमा कररहित १२ अर्ब १५ करोड रुपैयाँ कबोल गरेको जियाङ्सी कन्स्ट्रक्सन इन्जिनियरिङ (ग्रुप) कर्पोरेसन (चीन) र एएनके कन्स्ट्रक्सन नेपाल जेभी योग्य रहेको भन्दै कम्पनीले मंगलबार आशयपत्र जारी गरेको हो ।

चित्त नबुझेको खण्डमा आशयपत्रमाथि सिनो हाइड्रो कर्पोरेसनले १५ दिनभित्र सार्वजनिक खरिद पुनरावलोकन समितिमा उजुरी दिन सक्ने कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सञ्जय सापकोटाले बताए । ‘आशयपत्रमाथि कुनै उजुरी आएन भने जियाङ्सी कन्स्ट्रक्सन इन्जिनियरिङ (ग्रुप) कर्पोरेसन (चीन) र एएनके कन्स्ट्रक्सन नेपाल जेभीलाई १५ दिनभित्र सम्झौता गर्न आऊ भनेर पत्र काट्नुपर्छ,’ उनले भने । कम्पनीले तोकेको धरौटी, बैंक ग्यारेन्टीलगायत प्रक्रिया पुर्‍याएर सम्झौता गरेपछि मात्रै ठेक्का पाउने सापकोटाले जनाए ।

चीनको हेझाउ साङ्चेङ इलेक्ट्रिक पावर कम्पनीले साङ्चेङ जलविद्युत् आयोजना सकिएको पुष्टि गर्ने कुनै पनि प्रमाणपत्र जारी नगरेको र आफ्नो कम्पनीको नाम अनधिकृत प्रयोग गरेको भन्दै यही जेठ ७ मा ‘इमेल’ मार्फत जगदुल्ला कम्पनीलाई जानकारी गराएको छ ।

९० मेगावाटको साङ्चेङ जलविद्युत् आयोजना बनाउने भनिए पनि आर्थिक कारणले रद्द भएको र निर्माण नभएको इमेलमा उल्लेख छ । ‘साङ्चेङ इलेक्ट्रिक पावर कम्पनी’ वा ‘साङ्चेङ जलविद्युत् स्टेसन’ को नाम वा झूटो दाबी गरी सम्झौता गर्ने वा फन्ड लिने काम गरिन्छ भने हाम्रो कम्पनी त्यसमा संलग्न छैन,’ इमेलमा भनिएको छ, ‘त्यस किसिमका कुनै गतिविधिका जिम्मेवारी लिँदैनौं ।’

हेझाउ साङ्चेङ इलेक्ट्रिक पावर कम्पनीले पठाएको ‘इमेल’ प्राप्त भए पनि आधिकारिकता पुष्टि भइनसकेको सापकोटाले जनाए । ‘जियाङ्सी कन्स्ट्रक्सन इन्जिनियरिङ (ग्रुप) कर्पोरेसन (चीन) सँग जुन इमेलमार्फत हाम्रो कुरा हुन्थ्यो तर यहाँ जियाङ्सीले प्रयोग गरेको प्रमाणपत्र दिने संस्थाले इमेल गरेको छ, त्यसलाई आधिकारिक मान्ने कि नमान्ने ?,’ उनले भने, ‘इमेलको आधिकारिकता पुष्टि भएको छैन ।’

Hope IVF
Global IME Updated May 12
Sunrise bank

जगदुल्ला जलविद्युत् आयोजनाको ठेक्काको विषयमा सिनो हाइड्रोले गरेको उजुरीमा अख्तियार अनुसन्धान दुरुपयोग आयोग र केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले समेत अनुसन्धान गरिरहेका छन् । सिउ इन्फ्रास्ट्रक्चर र हाई हिमालय हाइड्रो कन्स्ट्रक्सन जेभीले दायर गरेको रिटमाथि जेठ २१ मा पेसी तोकिएको र अख्तियार अनि सीआईबीले समेत अनुसन्धान गरिरहेकाले त्यसबाट निष्कर्ष आउने भन्दै प्रक्रिया अघि बढाइएको सापकोटा बताउँछन् । रिटमा उच्च अदालत पाटनले अन्तरिम आदेश दिन अस्वीकार गरिसकेको छ ।

जगदुल्ला हाइड्रोपावर कम्पनीले वैशाख ९ मा जियाङ्सी कन्स्ट्रक्सन इन्जिनियरिङ (ग्रुप) कर्पोरेसन (चीन) र एएनके कन्स्ट्रक्सन नेपाल जेभी र सिनो हाइड्रो कर्पोरेसन योग्य रहेको भन्दै आर्थिक प्रस्ताव खोल्ने सूचना जारी गरेको थियो । २०८१ वैशाख २४ मा खोलेको आर्थिक प्रस्तावबाट सबैभन्दा कम मूल्य कबोल गरेपछि ठेक्का जियाङ्सी कन्स्ट्रक्सन इन्जिनियरिङ (ग्रुप) कर्पोरेसन (चीन) र एएनके कन्स्ट्रक्सन नेपाल जेभीले पाउने भएका छन् ।

अब तीनै तहमा आयोजना बैंक अनिवार्य

Highlights

  • संघमा तीन करोडभन्दा बढी, प्रदेशमा एक करोडभन्दा बढी र पालिकामा समपूरक, विशेष र ससर्त अनुदानका आयोजना मात्र
  • संघले प्रदेश र स्थानीय तहको अधिकार क्षेत्रमा गएर काम नगरोस् भनेर रकमै तोकेर आयोजना बैंकमा राखिएको हो : शिवराज अधिकारी, उपाध्यक्ष, राष्ट्रिय योजना आयोग

काठमाडौँ — संवैधानिक व्यवस्थाअनुसार यस वर्षदेखि संघ, प्रदेश र स्थानीय तहमा आयोजना बैंकको मापदण्ड लागू हुने भएको छ । सरकार आगामी आर्थिक वर्षको बजेट निर्माणको अन्तिम चरणमा रहेका बेला राष्ट्रिय योजना आयोगले संघमा तीन करोडभन्दा बढीका, प्रदेशमा एक करोडभन्दा बढीका र स्थानीय तहमा साना रकमका परियोजना मात्र आयोजना बैंकमा राख्न सुझाएको छ ।

संविधानमा उल्लिखित एकल अधिकार प्रयोग गर्दै संघ सरकारले तीनै तहमा एकै किसिमको आयोजना बैंक रहने गरी ‘राष्ट्रिय आयोजना बैंक मापदण्ड–२०८१’ बनाएको हो, जहाँ कुन सरकारले कति बजेटका आयोजना बैंकमा राख्ने भनेर तोकिएको छ । बर्सेनि स्थानीय तहमार्फत कार्यान्वयन हुने साना टुक्रे योजना संघ र प्रदेशमा राखिएपछि राष्ट्रिय योजना आयोगले यसमा कडाइ गरेको हो । संघ र प्रदेशबाट प्राप्त समपूरक, विशेष र ससर्त अनुदानका आयोजना मात्र स्थानीय तहले कार्यान्वयन गर्ने गरी बैंकमा राख्नुपर्नेछ ।

संघमा पूर्ण रूपमा आयोजना बैंकलाई कार्यान्वयन गर्न लागिएको राष्ट्रिय योजना आयोगका उपाध्यक्ष शिवराज अधिकारीले बताए । ‘तीन करोडभन्दा बढीका संघ र एक करोडभन्दा बढीका परियोजना प्रदेशले आयोजना बैंकमा राख्नेछन्,’ उनले भने, ‘स्थानीय तहमा सामान्यतया एक करोडभन्दा तलकै आयोजना हुन्छन् ।’

संघले प्रदेश र स्थानीय तहको अधिकार क्षेत्रमा गएर काम नगरोस् भनेर रकमै तोकेर आयोजना बैंकमा राखिएको अधिकारीको भनाइ छ । संविधानको साझा अधिकारअन्तर्गत भने राष्ट्रिय सुरक्षा र रणनीतिक महत्त्व रहेका ५० करोडभन्दा बढीका आयोजना संघले कार्यान्वयन गर्नेछ । यसमा ठूला र राष्ट्रिय गौरवका आयोजना पर्छन् । ठूला आयोजना संघले कार्यान्वयन गर्ने भएकाले त्यसअनुसार बजेट विनियोजन गर्नुपर्ने आयोगले जनाएको छ । स्थानीय तहको सीमाभन्दा माथि र ५० करोडभन्दा तलका आयोजना प्रदेशले कार्यान्वयन गर्नेछ । यसमा मध्यम र मझौला खालका आयोजना रहनेछन् ।

स्थानीय तहमा पनि गाउँपालिका, नगरपालिका, उपमहानगरपालिका र महानगरपालिकाले कति–कति लागतका आयोजना कार्यान्वयन गर्ने भनेर आयोजना बैंकसम्बन्धी मापदण्डमा तोकिएको छ । मापदण्डअनुसार गाउँपालिकाले न्यूनतम तीन करोड, नगरपालिकाले पाँच करोड, उपमहानगरपालिकाले १० करोड र महानगरपालिकाले १५ करोडसम्मका परियोजना आयोजना बैंकमा राख्नुपर्नेछ ।

Hope IVF
Global IME Updated May 12
Sunrise bank

राष्ट्रिय आयोजना बैंकसम्बन्धी नयाँ मापदण्डअनुसार राष्ट्रिय आयोजना बैंक, प्रदेश आयोजना बैंक र स्थानीय आयोजना बैंकबीच प्रणालीगत अन्तरआबद्धता गरिनेछ । आयोजना बैंकमा प्रविष्टि (इन्ट्री) का लागि तयारी, पूर्वसम्भाव्यता र सम्भाव्यता, विस्तृत र वातावरणीय अध्ययन गराउनुपर्नेछ । आयोजना पाँच वर्षसम्म पनि कार्यान्वयन हुन नसके त्यस्ता आयोजना स्वतः निष्क्रिय हुने भएकाले परिमार्जन गरेर प्रविष्ट गर्न पाइने मापदण्डमा उल्लेख छ । विशेष प्रावधानका रूपमा विपद्को अवस्था, महामारी नियन्त्रण, संकटकालीन अवस्था, वैदेशिक सहायताबाट सञ्चालन हुने विशेष प्रकृतिका आयोजना र मन्त्रिपरिषद्बाट निर्णय गरेका परियोजना आयोजना बैंकमा राखिनेछ । अधुरा–अपूरा आयोजना तथा कार्यक्रमको विस्तृत मूल्यांकन गरी वास्तविक समस्या पहिचान गर्नुपर्ने मापदण्डमा उल्लेख छ । सबै अधुरा परियोजना एकैसाथ सम्पन्न गर्न सम्भव नहुने भएकाले त्यसको प्राथमिकता निर्धारण गर्नुपर्ने मापदण्डमा जनाइएको छ ।

तीन करोडभन्दा कम लागतका आयोजनामा संघबाट बजेट विनियोजन नगर्ने भन्दै २०८० पुसमा मन्त्रिपरिषद्बाटै निर्णय गरिएको थियो । मन्त्रिपरिषद् बैठकबाट संघले ३ करोडभन्दा कम र प्रदेशले १ करोडभन्दा कम लागतका योजना कार्यान्वयन नगर्ने निर्णय गरेको थियो तर त्यो लागू भएन । संघ, प्रदेश र पालिकामा हुने आयोजनाको दोहोरोपना (डुब्लिकेसन) समेत हटाउने गरी राष्ट्रिय योजना आयोगले उक्त मापदण्ड कार्यान्वयनमा ल्याएको छ ।

सुडानमा हैजा प्रकोप, सातामै १७२ को मृत्यु

Highlights

  • राजधानी खार्तुम र नजिकको सहर ओमदुरमानमा प्रकोप, २ हजार ५ सयभन्दा बढी बिरामी

सुडानमा फैलिएको हैजा प्रकोपका कारण पछिल्लो एक सातामा १ सय ७२ जनाको ज्यान गएको छ भने २ हजार ५ सयभन्दा बढी बिरामी परेका छन् । स्वास्थ्य अधिकारीका अनुसार हैजाको प्रकोप राजधानी खार्तुम र यसको नजिकको सहर ओमदुरमानमा सबैभन्दा बढी देखिएको छ । नर्थ कोर्डोफान, सेन्नार, गजिरा, ह्वाइट नाइल र नाइल रिभर प्रान्तमा पनि हैजाका बिरामी देखिएका छन् ।

‘डाक्टर्स विदआउट बोर्डर्स’ (एमएफएस) की सुडान संयोजक जोयस बेकरका अनुसार मध्य मेदेखि हैजाको संक्रमण डरलाग्दो रूपमा बढेको छ । बेकरले गत साता मात्रै करिब दुई हजार हैजाका बिरामीको उपचार गरेको बताइन् । सुडानका स्वास्थ्यमन्त्री हैथम इब्राहिमले खार्तुम क्षेत्रमा मात्र एक महिनायता सातामा औसत ६ सयदेखि ७ सय हैजाका संक्रमित देखिएको बताए ।

बेकरले ओमदुरमानका उपचार केन्द्र बिरामीको चापले थेग्न नसक्ने अवस्थामा पुगेको बताइन् । ‘धेरै बिरामी ढिलो गरी उपचारका लागि आउँदा कतिपयलाई चाहेर पनि बचाउन सकिएको छैन,’ उनले भनिन् । पानी र सरसफाइका साथै थप उपचारका लागि संयुक्त पहलको आवश्यकता रहेको उनले औंल्याइन् ।

गत मार्चमा पनि सुडानको ह्वाइट नाइल प्रान्तमा हैजाका कारण ९२ जनाको मृत्यु भएको थियो भने २ हजार ७ सय जना संक्रमित भएका थिए । गरिबी र सामाजिक रूपमा पछि परेको अफ्रिकी मुलुक सुडानमा युद्ध सुरु भएदेखि हैजा प्रकोप अझ खराब भएको छ । गरिबी र सामाजिक रूपमा पछि परेको अफ्रिकी मुलुक सुडानमा हैजाको प्रकोप यसअघि पनि देखिने गरे पनि युद्ध सुरु भएदेखि प्रकोप अझ खराब भएको छ ।

यहाँ पहिले नै कमजोर रहेको स्वास्थ्य, पानी र सरसफाइसम्बन्धी पूर्वाधारलाई युद्धले ध्वस्त बनाएको छ । एमएसएफका अनुसार द्वन्द्वका कारण बिजुली र पानीको पूर्वाधार ध्वस्त भएपछि सर्वसाधारण असुरक्षित पानी पिउन बाध्य छन् । विश्व स्वास्थ्य संगठनका अनुसार सुडानको पहिलेदेखि नै कमजोर स्वास्थ्य सेवा प्रणाली युद्धका कारण ‘थप अस्तव्यस्त’ बनेको हो ।

Hope IVF
Global IME Updated May 12
Sunrise bank

चिकित्सक संघका अनुसार देशका स्वास्थ्य संस्थामा पटक–पटक आक्रमण, बमबारी र लुटपाट हुने गरेका कारण ९० प्रतिशतभन्दा बढी अस्पताल बन्द छन् । यी संस्थामा पटक–पटक आक्रमण, बमबारी र लुटपाट हुने गरेको छ । युद्धले हालसम्म दसौं हजारको ज्यान लिइसकेको छ भने १ करोड ३० लाख विस्थापित भएका छन् ।

लोकप्रिय