हिमताल फुटेर तिलगाउँमा पहिरो, बस्ती उच्च जोखिममा
जुम्ला — हुम्लाको नाम्खा गाउँपालिका-६ स्थित थाक्रामा रहेका दुइवटा हिमताल फुटेर बाढी आउँदा तिलगाउँ उच्च जोखिममा छ । वडाध्यक्ष पाल्जोर तामाङले हिमताल फुट्दा लेदोसहितको पहिरो गाउँ आसपास आइपुगेको बताए । ‘अहिले पनि लेदो बगिरहेको छ,’ वडाध्यक्ष तामाङले भने,‘जोखिम कायमै छ । स्थानीय त्रासिद छन् ।’ ‘हिमताल जेठ १ गते नै फुटेको हो,’ उनले भने, ‘सुरुमा के हो भन्ने बारेमा […]