फोर आइज न्युज
शनिबार, बैशाख ६, २०८२
  • होमपेज
  • १० औं प्रधान सेनापति अन्तर विद्यालय रनिङ्ग टि–ट्वान्टी क्रिकेट प्रतियोगिता सम्पन्न

१० औं प्रधान सेनापति अन्तर विद्यालय रनिङ्ग टि–ट्वान्टी क्रिकेट प्रतियोगिता सम्पन्न

१० औं प्रधान सेनापति अन्तर विद्यालय रनिङ्ग टि–ट्वान्टी क्रिकेट प्रतियोगिता सम्पन्न

सैनिक आवासीय महाविद्यालय, भक्तपुरले उक्त महाविद्यालयको खेल मैदानमा आयोजना गरेको १० औं प्रधान सेनापति अन्तर विद्यालय रनिङ्ग टि–ट्वान्टी क्रिकेट प्रतियोगिता प्रधान सेनापति महारथी राजेन्द्र क्षत्रीको प्रमुख आतिथ्यमा एक विशेष समारोहका बीच सम्पन्न भएको छ ।
उक्त प्रतियोगितामा जम्मा १६ वटा माध्यमिक विद्यालयहरुका क्रिकेट टिमहरुको सहभागिता रहेको थियो । सैनिक आवासीय महाविद्यालय, भक्तपुरको क्रिकेट टिम ‘ए’ र डि.ए.भि.उच्च माध्यमिक विद्यालयको क्रिकेट टीमबीच भएको फाईनल खेलमा सैनिक आवासीय महाविद्यालय, भक्तपुरले डि.ए.भि.उच्च मा.वि.लाई ४ विकेटले पराजित गरी प्रथम हुन सफल भएको छ ।
सो प्रतियोगिताको म्यान अफ दि सिरिज सैनिक आवासीय महाविद्यालय, भक्तपुरका दिपक न्यौपाने हुन सफल भएका छन् ।
समापन समारोहमा प्रधान सेनापति क्षत्रीले प्रतियोगितामा सर्बप्रथम हुने सैनिक आवासीय महाविद्यालय, भक्तपुरको क्रिकेट टिमलाई प्रमाण पत्र, मेडल, ट्रफी र नगद रु.२५,०००।– (पच्चिस हजार) प्रदान गर्नुको साथै दोश्रो हुन सफल भएको डि.ए.भि. उच्च मा.वि.को क्रिकेट टिमलाई प्रमाण पत्र, मेडल, ट्रफी र नगद रु. १५,०००।– (पन्ध्र हजार) प्रदान गर्नु भएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका