काठमाडौंका मेयर बालेन वडाको निरीक्षणमा व्यस्त
काठमाडौं महानगरपालिकाका प्रमुख बालेन साह वडास्तरीय निरीक्षणमा निस्कीएका छन् । यस क्रममा सोमबार मेयर बालेन वडा १ का विभिन्न स्थानमा पुगे। भ्रमण अवलोकनका क्रममा वडाध्यक्ष भरतलाल तण्डुकार, वडा सदस्यहरुसहित स्थानीयहरु सहभागी थिए। कमलपोखरीबाट सुरु भएको निरीक्षण भगवान बहाल, वडा कार्यालयसँगैको ढुङ्गेधारा, वडा कार्यालयसँगै रहेको नन्दीकेशरबहाल, नन्दी माध्यमिक विद्यालय, नारायण चौर, नागपोखरी, हात्तीसार पुगेर सकिएको थियो। […]