यही मंसिर ४ गते हुन गईरहेको प्रदेश तथा प्रतिनिधि सभाको चुनावमा प्रदेश तथा संघीय सांसदहरूको चुनावको अन्तिम नतिजा आइसकेको छ। यसैक्रममा नेपाली कांग्रेस तर्फबाट सङ्घीय समानुपातिक सांसद को रुपमा लामो समयदेखि कंग्रेसमा प्रभावशाली नेतृत्व गर्दै आइरहेका युवा नेता शम्भु प्रसाद अधिकारीको नाम पनि सिफारिस भएको छ।
काठमाडौँ निर्वाचन क्षेत्र नं ३ अन्तर्गत गोकर्णेश्वर नगरपालिका मा बस्दै आएका नेता अधिकारी सरल स्वभावका, विकास प्रेमी र डाइनामिक नेताको रुपमा परिचित छन।
उनी नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा क्षेत्रीय प्रतिनिधि हुँदै काठमाडौ जिल्ला सदस्य समेत रहनुभएका अधिकारी यश निर्वाचन क्षेत्रका लोकप्रिय नेता समेत हुन।
पूर्व-तरुण दल केन्द्रिय सदस्य रहनुभएका अधिकारीले आफ्नो राजनीतिक जीवन विद्यार्थी राजनीतिबाट सुरु गरेका हुन।
२०६२/६३ को जन आन्दोलनमा अग्रगामी भुमिकामा रहेका अधिकारी विभिन्न संघसंगठनमा समेत आवद्द छन।
स्पष्ट वक्ता, प्रभावशाली व्यक्तित्वको रुपमा आफुलाई परिचय दिदै यश चुनाबमा आफू उम्मेद्वार भएको र देश विकास गर्न शैक्षिक, आर्थिक र प्रशाशनिक परिवर्तन अपरिहार्य रहेको मान्यता अधिकारीले राखेका छन।