फोर आइज न्युज
शनिबार, जेष्ठ १८, २०८२
  • होमपेज
  • हेटौँडामा टिपरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु

हेटौँडामा टिपरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु

हेटौँडामा टिपरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु

हेटौँडा उपमहानगरपालिका–२ चौकीटोलमा गए राति भएको दुर्घटनामा परेर एक जनाको ज्यान गएको छ ।

भैँसेबाट हेटौँंडातर्फ आउँदै गरेको बाग्मती प्रदेश ०३–००२प ६४४ नम्बरको स्कुटरलाई बाग्मती प्रदेश०३–००१ख ८५१ नम्बरको टिपरले ठक्कर दिँदा २५ वर्षका अमित कपाडीको ज्यान गएको हो ।

टिपरको ठक्करबाट घाइते कपाडीको हेटौँडा अस्पतालमा उपचारका क्रममा ज्यान गएको प्रहरी निरीक्षक रामचन्द्र घिमिरेले जानकारी दिएका छन् । ठक्कर दिने टिपर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

स्कुटरका चालक सामान्य घाइते भइ हेटौँडा अस्पताल उपचारपश्चात घर फर्किसकेका प्रहरी निरीक्षक घिमिरेले जानकारी दिएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका