फोर आइज न्युज
शनिबार, जेष्ठ १८, २०८२
  • होमपेज
  • सुनको भाउ प्रतितोला ८ सय र चाँदी २० रुपैयाँले बढ्यो

सुनको भाउ प्रतितोला ८ सय र चाँदी २० रुपैयाँले बढ्यो

सुनको भाउ प्रतितोला ८ सय र चाँदी २० रुपैयाँले बढ्यो

नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्यमा उच्च वृद्धि भएको छ । मङ्गलबारको तुलनामा बुधबार सुनको भाउ प्रतितोला ८ सय रुपैयाँ र चाँदी २० रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मङ्गलबार छापावाल सुनको भाउ प्रतितोला १ लाख ११ हजार ७ सय रुपैयाँबाट बढेर १ लाख १२ हजार ५ सय रुपैयाँ पुगेको हो । त्यस्तै, यसअघि प्रतितोला १ लाख ११ हजार १५० रुपैयाँ रहेको तेजावी सुनको भाउ १ लाख ११ हजार ९ सय ५० रुपैयाँ पुगेको छ ।

यता, चाँदीको भाउ बढेर १ हजार ४ सय ८५ रुपैयाँ पुगेको महासङ्घले जनाएको छ । यसअघि चाँदी प्रतितोला १ हजार ४ सय ६५ रुपैयाँमा कारोबार भएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका