फोर आइज न्युज
शनिबार, चैत्र २९, २०८१
  • होमपेज
  • राष्ट्रिय हक्की प्रतियोगिता जनकपुरमा हुने

राष्ट्रिय हक्की प्रतियोगिता जनकपुरमा हुने

राष्ट्रिय हक्की प्रतियोगिता जनकपुरमा हुने

सत्रौं राष्ट्रिय पुरुष तथा दोस्रो राष्ट्रिय महिला हक्की प्रतियोगिता जनकपुरमा हुने भएको छ ।
नेपाल हक्की सङ्घ तथा अन्य सङ्घ संस्थाको सहयोगमा आउँदो चैत १४ देखि १९ गतेसम्म जनकपुरको रङ्गभूमि मैदान बाह्रबिगाहामा प्रतियोगिता हुने जनाइएको छ ।
मङ्गलबार बिहान रिपोर्टस् क्लब जनकपुरमा भएको पत्रकार सम्मेलनमा धनुषा हक्की सङ्घको उपाध्यक्ष अमित झाले प्रतियोगितामा पुरुष तर्फ नेपालको पाँच विकास क्षेत्रका पाँचवटा टोली र नेपाली सेनाको टोली गरी ६ वटा टोली तथा महिलातर्फ चारवटा क्षेत्रीय टोली र नेपाली सेनाको महिला टोली गरी पाँचवटा टोलीको सहभागिता रहने जानकारी दिनुभयो ।
स्थानीयस्तरमा धनुुषामा यसअघि चारवटा हक्कीे प्रतियोगिता भइसकेका छन् । तर यसपालि राष्ट्रिय स्तरमा पहिलो पटक प्रतियोगिता हुन गइरहेको छ । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका