फोर आइज न्युज
बिहिबार, चैत्र २०, २०८१
  • होमपेज
  • कोइलाखानीले उजाडिएको परिवार

कोइलाखानीले उजाडिएको परिवार

कोइलाखानीले उजाडिएको परिवार

घोराही नगरपालिका-१९, तिर्साङकी ११ वर्षीया शर्मिला कामी हुर्कन नपाउँदै बाआमाको साथ खोसियो, सँगै दुई भाइबहिनी हुर्काउने दायित्व उनलाई थपिएको छ । वर्ष दिनभित्रै बुबा र आमाको मुत्यु भएपछि ९ महिनाकी बहिनी सोनिया र ६ वर्षका भाइ अशोक उनको काखमा आएका छन् । उनका दाजु दीपक १३ वर्षका छन् ।

बालकैमा बेसहारा बनेका दीपक र शर्मिला दाजुबहिनीलाई अब कसरी घर चलाउने थाहा छैन । सोनिया र अशोक समेत घरीघरी आमा खोज्दै रोइरहन्छन् ।

घोराही-१९, राम्चेस्थित कोइलाखानीमा मजदुरी गर्थे उनीहरुका बाबु मोहनलाल कामी । गत वर्षको फागुन १० गते सधैंझैं खानीको सुरुङभित्र पसेका उनी फर्कन पाएनन् । १६० मिटरभित्र काम गर्दागर्दै पुरिएर उनको ज्यान गयो ।

त्यो दिन ९ दिनकी सुत्केरी रहेकी उनकी श्रीमती शान्तिले पनि मंसिर २८ गते संसार छाडिन् । घरमा अब चार लालाबाला छन् ।

वडाध्यक्ष भन्छन् सबै जिम्मेवारी लिन्छु

टुहुरा बालबालिकाबारे सुनेका घोराही-४ का वडाध्यक्ष भीमबहादुर सार्की लत्ताकपडा र खानेकुरा लिएर मंगलबार तिर्साङ पुगे ।

श्रीमतीसहित पुगेका उनले बालबालिकाको पालनपोषण कसरी गर्ने भन्ने विषयमा सल्लाह गरिरहेको बताए । ‘हामी घरमै राखेर पढाउँछौं, बढाउँछौं, उनीहरुको सबै जिम्मेवारी लिन्छौं,’ उनले भने, ‘उनीहरु त्यही गाउँमा बसेपनि लालनपालनको जिम्मेवारी हामी लिन्छौं ।’

तिर्साङमा शर्मिलाका काकी छन् । काम गर्न भारत गएका काका फर्किनेवाला छन् । उनी आएपछि सल्लाह गरेर बालबालिकाको पालनपोषणको जिम्मेवारी आफूले लिने योजना रहेको वडाध्यक्ष सार्कीले सुनाए ।

तिर्साङका टुहुरा बालबालिकाबारे पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पनि चासो रहेको उनले बताए । ‘यहाँको घटनाबारे उहाँले पनि सुन्नुभएको रहेछ,’ उनले भने, ‘यी बालबालिकाको सुरक्षित भविष्यबारे उहाँको पनि चासो छ ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका