फोर आइज न्युज
बिहिबार, चैत्र २०, २०८१
  • होमपेज
  • प्रजातन्त्र दिवसको अवसरमा सन्तनेता कृष्णप्रसाद भट्टराई किशुनजी प्रतिष्ठानद्वारा आयोजित सन्तनेता किशुनजी बिचार गोष्ठी एवम् सम्मान कार्यक्रम समपन्न

प्रजातन्त्र दिवसको अवसरमा सन्तनेता कृष्णप्रसाद भट्टराई किशुनजी प्रतिष्ठानद्वारा आयोजित सन्तनेता किशुनजी बिचार गोष्ठी एवम् सम्मान कार्यक्रम समपन्न

प्रजातन्त्र दिवसको अवसरमा सन्तनेता कृष्णप्रसाद भट्टराई किशुनजी प्रतिष्ठानद्वारा आयोजित सन्तनेता किशुनजी बिचार गोष्ठी एवम् सम्मान कार्यक्रम समपन्न

कृष्णप्रसाद भट्टराई (किसुनजी) प्रतिष्ठान, गोकर्णेशवरद्वारा आयोजित विचार गोष्ठी एवम् सम्मान कार्यक्रम सम्पन्न गरेको थियो।उक्त कार्यक्रम प्रजातन्त्र दिवसको अवसर पारेर गरिएको थियो।

प्रजातन्त्र दीवसको अवसरमा राष्ट्रिय सभा गृहमा आयोजना गरिएको उक्त कार्यक्रममा नेपाल प्रज्ञाप्रतिष्ठानका पूर्व उपकुलपति एवं संस्कृती विद् डा. जगमान गुरूङ, वरिष्ठ पत्रकार युवराज घिमिरे , बिनोद भण्डारी लगायत ब्यक्तिहरु बिच अन्तरक्रिया तथा विचार गोष्ठि कार्यक्रम सम्पन्न भएको थियो।

विचार गोष्ठीमा आफ्नो मन्तव्य तथा विचार प्रस्तुत गर्दै, कार्यक्रममा प्रमुख अतिथि बोधिसत्व स्वामी आनन्द अरुणले,’रुसको लेनिन भारतको गान्धी जस्तै नेपालको राष्ट्रपिताको रुपमा कृष्ण प्रसाद भट्टराई किसुनजि लाई घोषणा गर्न आवश्यक रहेको कुरामा समेत जोड दिनुभयो ।’

कार्यक्रमका अर्का वक्ता एवं नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व उपकुलपति वरिष्ठ संस्कृती विद डा. जगमान गुरुङ्गले, ‘देशमा संवैधानिक राजतन्त्र सहितको हिन्दुराज्य समाजवाद स्थापना हुनु अतिआवश्यक रहेको कुरा प्रष्ट पार्नुभयो ।’त्यस्तै, कार्यक्रममा अर्का वक्ताका वरिष्ठ पत्रकार युवराज घिमिरेले,’नेपालको राजनितिमा किसुन जी जस्ता निष्ठावान र प्रखर नेताको खाँचो रहेको बताउनुभयो ।

कार्यक्रमका सभापति तथा सन्त नेता कृष्ण प्रसाद भट्टराई ‘किसुनजि’ प्रतिष्ठानका अध्यक्ष एवम् नेपाली कांग्रेस बागमती प्रदेशका महामन्त्री राजु श्रेष्ठले,’किसुनजीको स्मरण गर्दै पार्टी सभापती जस्तो पदमा हुदाँ समेत उहाँले दुइवटा खल्तिको प्रयोग गरी व्यक्तीगत कामका लागी व्यक्तीगत खर्च र पार्टीको कामका निम्ती मात्र पार्टीको खर्च गर्ने किसुनजीको विचारधारालाई अवलम्बन गर्दै अगाडि बढ्न आवश्यक रहेको बताउनुभयो ।’ उहाँले किसुनजीलाई अमर अजर बनाईरहन यस्ता नेतालाई जो कसैले पनि कहिल्यै विर्सन नहुने उहाँले बताउनुभयो । ‘

कार्यक्रममा जिउँदो सहिदको रूपमा मुकेश कायस्थको परिवारलाई सम्मान सहित नगद राशी समेत प्रदान गरिएको थियो र अर्का सहिदका रूपमा भिम बहादुर तामाङको परिवारलाई सम्मान पत्र सहिद नगद राशिले सम्मान गरिएको थियो । कार्यक्रममा समाजसेवी नरोत्तम वैद्यले शुभकामना मन्तव्य राख्नुभएको थियो । उक्त कार्यक्रमको सञ्चालन किसुनजी प्रतिष्ठानका सचिव राजु सुनारले सञ्चालन गर्नुभएको थियो ।

कार्यक्रमको आयोजना सन्त नेता कृष्णप्रसाद भट्टराई किसुनजी प्रतिष्ठान, गोकर्णेश्वर-५, जोरपाटीले गरेको हो । स्व. कृष्णप्रसाद भट्टराई किसुनजीको सम्झनामा प्रतिष्ठानले विभिन्न कोणबाट सामाजिक एवं राजनीतिक कार्यहरू गर्दै आइरहेको छ । उक्त प्रतिष्ठान सुन्दरीजलमा आवस्थित रहेको र निमार्णधिन अवस्थामा रहेको कुरा समेत जानकारी गराउदै अब पश्चात् यस प्रतिष्ठानले हरेक वर्ष यस्ता कार्यक्रम गर्दै लैजाने समेत जानकारी गराएको थियो।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका