फोर आइज न्युज
शनिबार, चैत्र २२, २०८१
  • होमपेज
  • काठमाडौं महानगरको बजेट २५ अर्ब ५४ करोड

काठमाडौं महानगरको बजेट २५ अर्ब ५४ करोड

काठमाडौं महानगरको बजेट २५ अर्ब ५४ करोड

काठमाडौं महानगरपालिकाले आउँदो आर्थिक वर्ष २०८०/८१ का लागि बजेट ल्याएको छ । आइतवार महानगरकी उपमेयर सुनिता डंगोलले नगरसभाको बैठकमा आउँदो आर्थिक वर्षका लागि २५ अर्ब ५४ करोड रुपैयाँको बजेट प्रस्तुत गरेकी छन् ।

बजेटमा चालुतर्फ आठ अर्ब ६१ करोड ५३ लाख २८ हजार (३३ दशमलव ७२ प्रतिशत) र पुँजीगततर्फ १६ अर्ब ९३ करोड २४ लाख ९२ हजार रुपैयाँ (६६ दशमलव २८ प्रतिशत) विनियोजन गरिएको छ ।

महानगर क्षेत्रभित्रका सम्पूर्ण सडक तथा पेटीमध्ये विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) भएका सडक तथा पेटीहरू मर्मत तथा निर्माण गरी धुलोरहित काठमाडौं योजनालाई कार्यान्वयन गरिने बजेटमा उल्लेख छ । यस योजनाअन्तर्गत विभिन्न कार्यक्रम सञ्चालन गर्न एक अर्ब रुपैयाँ विनियोजन गरेको उपमेयर डंगोलले जानकारी दिएकी छन् ।

यस्तै सडक निर्माण कार्यलाई थप व्यवस्थित बनाउन आफ्नै आस्फाल्ट प्लान्ट स्थापनासहित पूर्वाधार एम्बुलेन्सलाई प्रभावकारीरूपमा सञ्चालन गर्न २५ करोड रुपैयाँ विनियोजन गरिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका