फोर आइज न्युज
शनिबार, चैत्र २९, २०८१
  • होमपेज
  • कराँतेमा नेपाल च्याम्पियन

कराँतेमा नेपाल च्याम्पियन

कराँतेमा नेपाल च्याम्पियन

बनियानीमा आयोजित अन्तर्राष्ट्रिय कराँते प्रतियोगितामा नेपाल च्याम्पियन बनेको छ । नेपालले ४० स्वर्ण, २६ रजत र १४ कास्य जित्यो । दोस्रो भएको भारतले ३ स्वर्ण, ८ रजत र ४० कास्य हात पा¥यो ।
नेपाल सोतोकान कराते संघ (एनएसकेए) द्वारा आयोजित प्रतियोगितामा नेपालका सुशान्त मोडक र कृषा शेर्पा उत्कृष्ट खेलाडी घोषित भए । पुरुषमा उत्कृष्ट बनेका सुशान्तले ४ स्वर्ण र १ रजत जिते । महिलामा उत्कृष्ट हुन सफल कृषाले ५ स्वर्ण र १ रजत हात पारिन् ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको पुरुष खुला तौलसमूह र टिम कुमुतेमा दिवस श्रेष्ठ, एकल काता र टिम कुमुतेमा निरजकुमार श्रेष्ठ, ५० केजीमा सुरज श्रेष्ठ, २० केजीमा क्रिस मानन्धर तथा ६७ केजीमा विनोद रोकाले नेपाललाई स्वर्ण दिलाए ।
महिलाको ५० केजीमा सीता तामाङ, ३५ केजीमा सुस्मिता तामाङ, ४० केजीमा सुजना तामाङ, २० केजीमा अनिशा बजगाईं तथा २५ केजीमा निशा श्रेष्ठले नेपालका लागि स्वर्ण जिते ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका