भारतबाट मूल्य बढाएर पठाउँदा मूल्य बढाउने सरकारले अहिले दुई दुई पटक मूल्य घटेर आउँदा मूल्य नघटाएको भन्दै उनले आपत्ति जनाए ।
‘मूल्य बढेर आउँदा जनतालाई मूल्य भार थोपर्ने सरकारले अहिले दुई दुईपटक घटेर आउँदा मूल्य घटाइएको छैन,’ उनले भने, ‘तत्काल पेट्रोलियम पदार्थको मूल्य घटाइयोस् ।’
मूल्य बढाउने र भाउ घट्दा मूल्य नघटाएर नेपाल आयल निगमप्रति जनताको विश्वास घटाएर निजी क्षेत्रलाई पेट्रोलियम पदार्थ आयातको जिम्मा दिने तयारी सरकारले गरेको सांसद ज्ञवालीले आरोप लगाए ।