फोर आइज न्युज
बिहिबार, चैत्र २०, २०८१
  • होमपेज
  • लन्डनमा अहिलेसम्मकै धेरै गर्मी, धावनमार्ग पग्लिएपछि उडान अवरुद्ध

लन्डनमा अहिलेसम्मकै धेरै गर्मी, धावनमार्ग पग्लिएपछि उडान अवरुद्ध

लन्डनमा अहिलेसम्मकै धेरै गर्मी, धावनमार्ग पग्लिएपछि उडान अवरुद्ध

लन्डनमा गर्मी अत्यधिक बढेपछि जनजीवन प्रभावित भएको छ । लन्डनमा ३८.१ डिग्री सेल्सियस तापमानसहित हालसम्मको सबैभन्दा गर्मी दिन रेकर्ड भएको छ । मौसमविद्हरूले मंगलबार तापक्रम अझै बढ्ने चेतावनी दिएका छन् ।

बन्दका कारण केही विद्यालय बन्द गरिएका छन् । यद्यपि, सरकारले विद्यालय ठप्प नगर्न अनुरोध गरेको छ । तापक्रम बढेपछि मौसम विभागले पहिलोपटक रातो चेतावनी जारी गरेको छ ।

मंगलबार तातो मौसमका कारण धावनमार्ग पग्लिएपछि विभिन्न स्थानमा उडान समेत स्थगित भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । रोयल एयर फोर्स (आरएएफ)ले अक्सफोर्डसायर नजिकैको ब्रिज नोर्टन बेसभित्र र बाहिर उडानहरू स्थगित गरेको छ । चरम गर्मीको कारणले रनवे पग्लिरहेको स्काई न्यूजले जनाएको छ । सोमबार लन्डनको लुटन विमानस्थलले पनि पनि धावनमार्ग पग्लिएपछि सबै उडानहरू रोकेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका