गोकर्णेश्वरमा ३ महिने पस्मिना बुनाइ ,जोडाइ तथा परिस्कार तालिमको समापन कार्यक्रम भएको छ ।
तालिम गोकर्णेश्वर नगरपालिकाको रोजगारीमुलक कार्यक्रम अन्तर्गत नेपाल पस्मिना उद्योग संघद्वारा सञ्चालन गरिएको थियो । समापन कार्यक्रम जोरपाटीमा भएको हो । तालिम गोकर्णेश्वर नगरपालिकाको सहयोग ,नेपाल पस्मिना उद्योग संघकोे आयोजना साथै Lions club of kathmandu skill development district 325 D,MD 325 nepal सगँको समन्वयमा भएको हो ।
कार्यक्रममा गोकर्णेश्वर नगरपालिकाका प्रमुख दिपक रिसाल ,उप–प्रमुख सान्नानी लामा,नगर प्रवक्ता नारायण सुवेदी ,प्रमुख प्रशासकीय अधिकृत वैकुण्ठ प्रसाद सापकोटा ,प्रशासन शाखा प्रमुख भूपेन्द्र बोहोरा ,पस्मिना संघका प्रतिनिधीहरु सहितको उपस्थिती रहेको सो कार्यक्रमको धन लामिछानेले संयोजन गरेका थिए ।
तालिमबाट प्रशिक्षार्थीअरुले तत्काल रोजगार पाउने आशा समेत गरिएको छ ।