फोर आइज न्युज
बिहिबार, चैत्र २०, २०८१
  • होमपेज
  • वडास्तरिय दलित प्रोफाइल पुस्तक बिमोचन कार्यक्रम सम्पन्न

वडास्तरिय दलित प्रोफाइल पुस्तक बिमोचन कार्यक्रम सम्पन्न

गोकर्नेश्वर नगरपालिका

वडास्तरिय दलित प्रोफाइल पुस्तक बिमोचन कार्यक्रम सम्पन्न

गोकर्णेश्वर नगरपालिका वडा नम्बर छ स्थित नूह परोपकारी ट्रष्ट्को आयोजना तथा गोकर्णेश्वर नगरपालिका वडा नम्बर ८ को सहयोगमा उक्त संस्थाले गोकर्णेश्वर नगरपालिका वडा नम्बर ८ भरीका दलित समुदायको प्रोफाईल निर्माण तथा पुस्तक प्रकाशनको समापन कार्यक्रम गरेको छ।

कार्यक्रम गोकर्णेश्वर नगरपालिका वडा नम्बर ८ को कार्यालय भवनमा भएको थियो। कार्यक्रममा प्रमुख अतिथि नगरका प्रवक्ता एवं गोकर्णेश्वर नगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष मनोजकुमार ढुंगाना रहेका थिए। दलित समुदायको प्रोफाईल निर्माणकै यस पुस्तकबाट गोकर्णेश्वर नगरपालिका वडा नं ८ मा रहेका दलितको शैक्षिक अवस्था, राजनैतिक अबस्था स्वास्थ्य तथा रोजगारी एवं पेशागत आबद्दताको सुचना दिनेछ।

यस्ता कार्यक्रमले नगरपालिकाभित्रका दलित समुदायको पहिचान गर्ने नीति तथा नियमहरुको कार्यान्वयन गर्ने र समग्र दलित वर्गहरुलाई लक्षित गरी योजनाहरु तर्जुमा गर्नलाई वडा तथा नगरपालिकालाई सहयोग पुग्ने भएको छ। प्रमुख अतिथि ढुंगानाले नुह परोपकारी ट्रष्टले गरेको उक्त कार्यक्रमको खुलेर प्रशंसा गर्नु मात्र भएन, आउने दिनहरुमा वडाबाट यस्ता उदाहरणयीय कार्यको लागि सहायता सदैव रहने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो। कार्यक्रममा आफ्ना शुभकामना मन्तव्य राख्ने क्रममा वडा सचिव सुदीप हमाल , वडासदस्यहरु नन्द लाल श्रेष्ठ, डम्बरबहादुर श्रेष्ठ , सान्नानी लामा लगायत अन्य सदस्यहरुले पनि उक्त कार्यको खुलेर प्रशंसा गरेका थिए।

दलित समुदायको हक हित र अधिकारका लागि यस्ता कार्यक्रम आउने दिनहरुमा पनि लिएर वडा तथा नगरमा आउने कुरा कार्यक्रमका अध्यक्ष राजु सुनारले बताए।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका