फोर आइज न्युज
बिहिबार, चैत्र २०, २०८१
  • होमपेज
  • महालक्ष्मी विकास बैंकको साधारण सभा फागुन १३ गते

महालक्ष्मी विकास बैंकको साधारण सभा फागुन १३ गते

महालक्ष्मी विकास बैंकको साधारण सभा फागुन १३ गते

महालक्ष्मी विकास बैंकको वार्षिक साधारण सभा अब फागुन १३ गते बस्ने भएको छ ।

सभामा बैंकले आर्थिक वर्ष २०७७–७८ को नाफाबाट २० प्रतिशत बोनस र कर प्रयोजनको लागि १.०५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पेश गर्न लागेको बैंकले जानकारी दिएको छ । सभाले प्रस्तावित लाभांश पारित गरेपछि वितरण प्रक्रिया सुरु हुनेछ ।

सभा नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी काठमाडौंमा बिहान ११ बजेबाट सुरु हुनेछ ।

सभामा बैंकको संस्थापक समूहबाट ३ जना र सर्वसाधारण समूबाट ३ जना सञ्चालकको निर्वाचन गर्ने एजेन्डा पनि रहेको छ । बैंकको आर्थिक वर्ष २०७७–७८ को नाफानोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा पनि छलफल हुनेछ ।

सभा प्रयोजनको लागि बैंकले पुस १३ गते बुक क्लोज गरिसकेको छ । पुस १३ गतेसम्म कायम सेयरधनी मात्र प्रस्तावित लाभांशको हकदार हुनेछन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका