फोर आइज न्युज
बिहिबार, चैत्र २०, २०८१
  • होमपेज
  • आईपीओ भर्दा लाग्ने सी-आस्वा शुल्क घटाउने तयारीमा सेबोन

आईपीओ भर्दा लाग्ने सी-आस्वा शुल्क घटाउने तयारीमा सेबोन

आईपीओ भर्दा लाग्ने सी-आस्वा शुल्क घटाउने तयारीमा सेबोन

नेपाल धितोपत्र बोर्डले आईपीओ भर्दा लाग्ने सी–आस्वा शुल्क घटाउने तयारी गरेको छ । सेबोनको बसेको सञ्चालक समितिको बैठकमा सी–आस्वा शुल्क घटाउने प्रस्तावमाथि छलफल भएको छ ।

सेबोनले सी–आस्वा शुल्क अधिकतममा ५ रुपैयाँसम्म लिन पाउने व्यवस्था गर्ने तयारी गरेको छ । हाल यस्तो शुल्क अधिकतममा १०० रुपैयाँ लिन पाउने व्यवस्था छ ।

अहिले ४ वटा वाणिज्य बैंकहरुले निःशुल्क रुपमा सी–आस्वा सेवा प्रदान गर्दै आएका छन् भने बाँकी १० रुपैयाँदेखि १०० रुपैयाँसम्म सी–आस्वा शुल्क उठाउँदै आएका छन् । लामो समयदेखि लगानीकर्ताहरुले सी–आस्वा सेवा निःशुल्क हुनुपर्ने माग गर्दै आएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका