फोर आइज न्युज
शनिबार, बैशाख ६, २०८२
  • होमपेज
  • यस्तो रह्यो हैदरावादविरुद्ध ओपनिङ बलिङ गरेका सन्दीपको प्रदर्शन

यस्तो रह्यो हैदरावादविरुद्ध ओपनिङ बलिङ गरेका सन्दीपको प्रदर्शन

यस्तो रह्यो हैदरावादविरुद्ध ओपनिङ बलिङ गरेका सन्दीपको प्रदर्शन

इण्डियन प्रिमियर लिग क्रिकेट आईपीएलमा सनराइजर्स हैदराबादबिरुद्धको खेलमा नेपाली युवा स्पिनर सन्दीप लामिछानेले दिल्ली क्यापिटल्सको ओपनिङ बलिङको अवसर पाए पनि प्रभावशाली देखिएनन् । सन्दीपले आफ्नो स्पेलको ४ ओभरमा ३२ रन खर्चेर १ विकेट लिए । जारी आईपीएलमा उनले ३ खेलमा चौथो विकेट लिएका हुन् । आफ्नो स्पेलमा सन्दिपले ३ चौका र १ छक्का ब्यहोरे । हैदराबादले १ सय ३० रनको लक्ष्य पछ्याउने क्रममा घरेलु टोली दिल्लीका लागि स्पिनर सन्दीपले पहिलो ओभरमा ६ रन खर्चिए ।

दिल्लीबाट लगातार तेस्रो खेलमा अवसर पाएका सन्दीपको बललमा पहिलो ओभरमै हैदराबादका जोनी बेरिस्टोले चौका प्रहार गरेका थिए । आफ्नो स्पेलको दोस्रो ओभरमा पनि विकेटविहीन बनेका सन्दीपले १३ रन खर्चिए । बेरिस्टोले पहिलो र दोस्रो बलमा छक्का र चौका प्रहार गरे । ओभरको पाँचौं बलमा डेभिड वार्नरबिरुद्ध एलबीडब्ल्यूको अपील गरे पनि अम्पायरले दिएनन् । सन्दिपकै दवावमा कप्तान श्रीयास आयरले टिभी अम्पायरको साहरा लिएका थिए । तर, फिल्ड अम्पायरको निर्णय परिवर्तन भएन ।

नवौं ओभरमा आफ्नो तेस्रो ओभर लिएर आएका सन्दीपले ५ रन खर्चिए । आफ्नो अन्तिम ओभरको अन्तिम बलमा उनले विकेट लिए । १६ औँ ओभर बलिङ गरेका सन्दिपले अन्तिम बलमा दीपक हुड्डालाई कागिसो रावाडाको हातबाट क्याच आउट गराएका हुन् । सन्दिपले आफ्नो अन्तिम ओभरमा ४ चौकासहित ८ रन खर्चिए ।

यसअघिका २ खेलमा सन्दिपले ३ विकेट लिएका थिए । पहिलो खेलमा कोलकाताबिरुद्ध १ विकेट लिएका उनले दोस्रो खेलमा किंग्स ११ पञ्जावबिरुद्ध २ विकेट लिएका थिए । समग्रमा सन्दीपले आईपीएलमा ८ विकेट लिएका छन् । अघिल्लो संस्करणमा दिल्लीका लागि अन्तिम तीन खेलमा अवसर पाएका सन्दीपले ५ विकेट लिएका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका