फोर आइज न्युज
बिहिबार, चैत्र २०, २०८१
  • होमपेज
  • नेपाली कलाकारिता नक्षेत्रकी उदायमान तारा सन्ध्या सानू

नेपाली कलाकारिता नक्षेत्रकी उदायमान तारा सन्ध्या सानू

नेपाली कलाकारिता नक्षेत्रकी उदायमान तारा सन्ध्या सानू

भनिन्छ कला र साहित्यको कुनै क्षेत्र वा सिमा हुदैन। रामेछाप -५ बाम्तीकि चेली सन्ध्या सानू (घताने) विगत ८ बर्ष देखि नेपाली कलाकारिता क्षेत्रमा एक सुन्दर मोडेल तथा कुशल नृत्यकी साधिकाको रुपमा आफ्नो परिचय बनाएकी छिन।
उनले विभिन्न म्युजिक भिडियो, लोक दोहोरी, स्टेज सो र सान्स्कृतिक कार्यक्रमहरु गरेकी छिन।
काठमाडौं जस्तो व्यस्त सहरमा आफ्नो पहिचान बनाउन उनले धेरै संघर्ष गरेकी छिन।
सानै देखि नृत्य र मोडलिङ्गमा रुचि राख्ने सन्ध्याको कलाकारिता बाहेक समाज सेवा र साहित्यीक रचनाहरुमा पनि गहिरो रुचि रहेको छ। उनी कुशल गजलकार, कवयत्री तथा नाटक रचनाकार समेत हुन।
विभिन्न सामाजिक संस्थामा आबद्ध सन्ध्या सानुले नेपाली कांग्रेस पार्टीबाट पनि आफ्नो राजनितिक पहिचान बनाएकी छिन। उनी आसन्न १४ औ महाधिवेशनबाट प्रदेश महाधिवेशन प्रतिनिधि तथा नेपाल दलित संघ बागमती प्रदेशकी सदस्य समेत रहेकी छिन।

उनी नेपाल सानकृतिक संघकि केन्द्रिय सदस्य, रामेछाप सास्कृतिक कलाकार समाजकी उपाध्यक्ष मात्र नभई एक कुशल लेखक, गाइका, गीतकार तथा कोरियोग्राफर पनि हुन।

नेपाली कलाकारिता क्षेत्रको विकृति तथा विसङ्गती तोड्दै उनी नेपालको मौलिक नृत्य, सान्स्कृतिक पहिचान , कला र साहित्य संरक्षणको लागि सदैव लागिरहने कुशल कलाकार हुन।
भरखरै बजारमा आएको उनको म्युजिक भिडियो नाई भन्छ मायाले , मादल बज्यो गम गम, मै पनि नाचुला छम छम, सुन्दर रामेछाप भाग-३ जस्ता गीतहरु अत्याधिक चर्चा कमाउन सफल गीत हुन।
फोर आइज न्युज सङ्ग कुराकानी गर्दै नेपाली कलाकारिता क्षेत्र पवित्र हुन पर्छ भन्ने मान्यता राख्ने सन्ध्या भन्छिन, ” हाम्रो मौलिकता र संस्कृतीको संरक्षक हामी नै हौ र भक्षक पनि हामी नै हौं , त्यसैले हामीले राष्ट्रिय कलाकारिताको सदैव सम्मान र संरक्षण गर्नु पर्छ।”
उनको कलाकारिता क्षेत्रले गगन चुमोस हाम्रो कामना छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका