फोर आइज न्युज
बिहिबार, चैत्र २०, २०८१
  • होमपेज
  • महिला टी–२० विश्व कप एसिया क्षेत्र छनोटमा नेपालले भुटानलाई तीन विकेटले हरायो

महिला टी–२० विश्व कप एसिया क्षेत्र छनोटमा नेपालले भुटानलाई तीन विकेटले हरायो

महिला टी–२० विश्व कप एसिया क्षेत्र छनोटमा नेपालले भुटानलाई तीन विकेटले हरायो

आईसीसी महिला टी–२० विश्व कप एसिया क्षेत्र छनोटमा नेपालले भुटानलाई तीन विकेटले हराएको छ । लगातार तेस्रो जितकासाथ नेपाल समूह ‘ए’ को शीर्षस्थानमा उक्लिएको छ । जितको लागि नेपालले ४० रनको लक्ष्य पाएको थियो । यो लक्ष्य नेपालले १३ ओभर २ बलमा ७ विकेट गुमाउँदै भेट्टायो ।

नेपालका कप्तान रुविना क्षेत्री १२ रनमा अविजित रहिन् । कविता जोशी ९ रनमा आउट भइन् । सीता रानामगरले ८ तथा पूजा महतोले बलमा ३ रन जोडिन् । भुटानकी अन्जुली घलेले ३ तथा क्षिरिङ जांग्मोले २ विकेट लिइन् । त्यसअघि मलेसियाको बाङ्गीमा टस हारेर पहिला ब्याटिङ गरेको भुटानले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै ३९ रन बनाएको थियो ।

भुटानका कप्तान डिन्चिन वान्ग्मोले २१ रन बनाउनुबाहेक अरुले दोहोरो अङ्कमा रन बनाउन सकेनन् ।

नेपालका पूजा महतोले ३ तथा कविता कुँवर, खुसी डङ्गोल र कप्तान रुविना क्षेत्रीले समान एकरएक विकेट लिए । ४० रनको लक्ष्य पाएको नेपालले केहीबेरमा ब्याटिङ गर्नेछ । नेपालले यसअघि घरेलु टोली मलेसियालाई ५ रन र बहराइनलाई १० विकेटले हराएको थियो ।

नेपालले भोलि कतारसँग र समूह चरणको अन्तिम खेलमा १९ गते यूएईसँग खेल्नेछ । प्रतियोगितामा सहभागी ११ देशलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा नेपाल, बहरान, भुटान, मलेसिया, कतार र यूएई छन् । समूह ‘बी’ मा चीन, हङकङ, थाइल्यान्ड, कुवेत र म्यानमार छन् ।

नेपालले पहिलो खेलमा मलेसियालाई ५ रन र दोस्रो खेलमा बहराइनलाई १० विकेटले हराएको थियो । प्रतियोगितामा हरेक समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् । फाइनलमा पुग्ने दुई टोलीले सन् २०२४ मा हुने ग्लोबल टी–२० क्वालिफायर खेल्न पाउनेछन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका