फोर आइज न्युज
शनिबार, बैशाख ६, २०८२
  • होमपेज
  • बंगलादेशलाई ४८ रनले हराउँदै शीर्ष स्थानमा फर्कियो अष्ट्रेलिया

बंगलादेशलाई ४८ रनले हराउँदै शीर्ष स्थानमा फर्कियो अष्ट्रेलिया

बंगलादेशलाई ४८ रनले हराउँदै शीर्ष स्थानमा फर्कियो अष्ट्रेलिया

विश्वकप क्रिकेटमा बिहीबार अष्ट्रेलियाले बंगलादेशलाई ४८ रनले हराएको छ । यो जितसँगै ६ खेलबाट १० अंक जोडेर अष्ट्रेलिया तालिकाको शीर्ष स्थानमा पुगेको छ । न्यूजिल्याण्डको ९ र इंग्ल्याण्डको ८ अंक छ । ३८२ रनको विजय लक्ष्य पछ्याएको बंगलादेशले ८ विकेटको क्षतिमा ३३३ रन मात्र बनाउन सक्यो । बंगलादेशका लागि मुश्पिmकर रहिमले अविजित शतक बनाए पनि आफ्नो टिमलाई जिताउन सकेनन् ।

उनले ९७ बलमा ९ चौका र एक छक्का प्रहार गर्दै अविजित १०२ रन बनाए । जारी वर्ल्डकपमा यो उनको पहिलो शतक हो । त्यस्तै महम्मद उल्लाहले ६९ रन बनाउँदा तमिम इक्बलले ६२ र सकिब अल हसनले ४१ रन बनाए । बलिङतर्फ मार्कुस स्टोइनिस, नाथन कउल्टर नाइल र मिचेल स्टार्कले समान २-२ विकेट लिए ।

यसअघि नोटिङघममा टस जितेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले उत्कृष्ट प्रदर्शन गर्दै ५० ओभरमा ५ विकेटको क्षतिमा ३८१ रन बनाएको थियो । अष्ट्रेलियाको ठूलो स्कोर बनाउनमा डेभिड वार्नरले उत्कृष्ट प्रदर्शन गरे । उनले १६६ रन बनाए । १४७ बल सामना गरेका उनले १४ चौका र पाँच छक्का प्रहार गरेका थिए । जारी वर्ल्डकपमा यो उनको दोस्रो शतक हो ।

त्यस्तै उस्मान खवाजाले ८९ रन बनाउँदा कप्तान एरोन फिन्चले ५३ र ग्लेन म्याक्श्वेलले ३२ रन बनाए । कप्तान फिन्च र वार्नरले पहिलो विकेटका लागि १२१ रनको साझेदारी गर्दै टिमलाई उकासेका थिए । त्यसपछि दोस्रो विकेटका वार्नर र खवाजाले १९२ रनको साझेदारी गरे । अष्ट्रेलियाविरुद्ध सौम्या सरकारले तीन विकेट लिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका