फोर आइज न्युज
बिहिबार, बैशाख ११, २०८२
  • होमपेज
  • पाकिस्तानलाई माेदीकाे धम्की : हामीले परमाणु बम दिपावलीमा पड्काउन राखेका हाेइनाैँ

पाकिस्तानलाई माेदीकाे धम्की : हामीले परमाणु बम दिपावलीमा पड्काउन राखेका हाेइनाैँ

पाकिस्तानलाई माेदीकाे धम्की : हामीले परमाणु बम दिपावलीमा पड्काउन राखेका हाेइनाैँ

गुजरातमा चुनावी सभा सम्बोधन गर्न पुगेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पाकिस्तानमाथि कडा टिप्पणी गरेका छन् । मंगलबार गुजरातका २६ सिट सहित १५ राज्यका ११५ क्षेत्रमा मतदान हुँदैछ ।

गुजरातको चुनावी सभालाई सम्बोधन गर्दै मोदीले भने, ‘यदि पाकिस्तानले हाम्रो पाइलट अभिनन्दन वर्तमानलाई फिर्ता नगरेको भए त्यो ‘हत्याको रात’ हुन्थ्यो ।’ ‘मैले पाकिस्तानलाई भनेको थिएँ कि यदि हाम्रो पाइलटलाई केही भयो भने तिमीहरुलाई छोड्दिन । मलाई प्रधानमन्त्रीको कुर्सीको वास्ता छैन, कि म बाँच्छु कि आतंकवाद बाँच्छ’, मोदीले भने ।

‘धरतीपुत्रको हेरचाह गर्नु नै मेरो गृह राज्यका मानिसहरुको कर्तव्य हुन्छ, गुजरातमा सबै २६ सिट मलाई दिनुहोस् । मेरो सरकार सत्तामा फर्किन्छ र गुजरातमा भारतीय जनता पार्टीलाई २६ सिट नदिए टेलिभिजनमा २३ मार्चमा यस्तो किन भयो भनेर चर्चा हुनेछ’, मोदीले भाषणमा भने ।

प्रधानमन्त्री मोदीले शरद पवारमाथि पनि खुलेर आलोचना गरेका छन् । उनले भने, ‘उनी (शरद) भन्छन्, मोदी के गर्छन् मलाई थाहा छैन । मोदीले भोलि के गर्छन् भने र उनलाई थाहा छैन भने इमरान खानलाई कसरी थाहा हुन्छ ।’

मोदीले बाडमेर र्‍यालीलाई सम्बोधन गर्दै भारतले पाकिस्तानको धम्कीबाट डराउने नीति छोडिसकेको बताए । ‘पाकिस्तान बारम्बार आफूसँग परमाणु बम छ भन्दै आइरहेको छ । के हामीले चाहिँ परमाणु बम दिपावलीमा बच्चाको लागि राखेका हौं ?’ मोदीले भने ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका