फोर आइज न्युज
शनिबार, साउन ४, २०८२

This Week

कसरी उम्किए दुर्गा प्रसाईं ?

Highlights

  • शुक्रबार साढे ४ बजेतिर शान्तिनगरबाट भागेका प्रसाईंले धर्मगुरु पुष्कर खतिवडाको घर पुगेर मोबाइल अफ गरेका थिए

काठमाडौँ — काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीको प्रदर्शनका क्रममा गाडी चलाएर प्रहरीलाई पेल्दै निषेधाज्ञा उल्लंघन गरेका र भीडलाई हिंसक बन्न उक्साएका दुर्गा प्रसाईं रहस्यमय रूपमा फरार भएका छन् । अघिल्लो दिनदेखि नै निगरानीमा रहेको भन्दै आएको प्रहरीले शुक्रबारको हिंसात्मक घटनापछि पनि उनलाई पक्राउ गर्न नसकेको हो ।

हिंसात्मक घटनाका मुख्य नाइके प्रसाईं नै रहेको निष्कर्ष निकाल्दै मन्त्रिपरिषद्ले शुक्रबार नै तत्काल पक्राउ गर्न गृह प्रशासनलाई निर्देशन दिएको थियो । प्रसाईं लुक्न सक्ने ठाउँमा उपत्यकाका तीनै जिल्लाका प्रहरी युनिटले खोजी गरिरहेको गृह मन्त्रालयका एक अधिकारीले बताए । गृहमन्त्री रमेश लेखक प्रसाईं चाँडै पक्राउ पर्ने दाबी गर्छन् । कान्तिपुर टेलिभिजनमा राजावादीको समूहले पुर्‍याएको क्षति निरीक्षण गर्न शनिबार आएका बेला उनले भने, ‘खोजी कार्य भइरहेको छ, छिट्टै पक्राउ पर्छन् ।’

राजावादीको प्रदर्शन भड्किँदा एक सञ्चारकर्मीको आगजनीमा परेर र एक सर्वसाधारणको गोली लागेर मृत्यु भएको थियो । राजावादीको समूहले सार्वजनिक, निजी घर तथा कार्यालय, व्यापारिक कम्प्लेक्स, सवारीसाधनमा तोडफोड, आगजनी, लुटपाट गरेको थियो । प्रदर्शनका योजनाकार पूर्वराजा ज्ञानेन्द्र शाह भए पनि प्रसाईंकै कारण राजावादी समूह अराजक बनेको मन्त्रिपरिषद्को निष्कर्ष छ । प्रसाईं राजावादी आन्दोलनका कमान्डर हुन् ।

प्रसाईं शुक्रबार कोटेश्वरतर्फबाट हाइलक्स गाडी आफैं चलाएर प्रहरीलाई पेल्दै निषेधाज्ञा क्षेत्रमा अघि बढेका थिए । शान्तिनगरको पुल कटेपछि गाडीबाट ओर्लिएर उनी नजिकै एक घरको सटरभित्र लुकेका थिए । राजावादी जत्थाले अन्धाधुन्ध आगजनी, लुटपाट र तोडफोड गर्न थालेपछि प्रहरी शक्ति त्यसलाई नियन्त्रण गर्न केन्द्रित भएको मौका छोपेरप्रसाईं करिब साढे ४ बजेतिर सटरबाट निस्केर भागेका थिए । उनकै निजी सुरक्षा दस्ताले स्कारपियो गाडीमा चढाएर भगाएको फुटेज सामाजिक सञ्जालमा छ्यापछ्याप्ती छ ।

प्रसाईं नरेफाँट हुँदै भागेर लुभु र इमाडोलको बीचमा रहेको धर्मगुरु पुष्कर खतिवडाको घर पुगेका थिए । खतिवडालाई ललितपुर प्रहरीले शनिबार उनकै निवासबाट पक्राउ गरेको छ । ‘पुरानो चिनजान भएकाले प्रसाईंलाई मैले सहयोग गरेको हो । हामी दुवै झापाका हौं । म बुधबारेको, उहाँ बिर्तामोडको । म सामान्य जुलुसमा मात्रै गएको हुँ । म हिंस्रक होइन, धार्मिक मान्छे हो,’ खतिवडाको भनाइ उद्धृत गर्दै ललितपुर प्रहरी प्रमुख एसएसपी श्याम अधिकारीले भने, ‘उहाँ (प्रसाईं) र म सँगै एउटै गाडीमा मेरो घरमा आएका थियौं । उहाँ करिब १५ मिनेट मेरो घरमा बस्नुभयो । स्याउ र केरा खानुभयो । त्यसपछि मोबाइल बन्द गरेर निस्कनुभयो । कहाँ, कता जानुभयो, मलाई थाहा छैन ।’

खतिवडाको निवासमै रहेका बेला प्रहरीले खोजेका बेला आफू हाजिर हुने भन्ने सन्देश दिएर प्रसाईंले मोबाइल फोन अफ गरेका थिए । प्रसाईंलाई पक्राउ गर्नुपर्ने खबर भने शुक्रबार अबेर मात्र प्रहरीले पाएको गृहका अधिकारीहरू बताउँछन् । हिंसात्मक बन्न भीडलाई उक्साएको, तोडफोड र आगजनीमा संलग्न रहेको आरोपमा प्रहरीले नेताहरू धवलशमशेर राणा, रवीन्द्र मिश्र, स्वागत नेपाललगायतलाई शुक्रबार नै पक्राउ गरेको थियो ।

प्रसाईं प्रहरीको नियन्त्रणमा रहेको अनौपचारिक सूचना प्रहरीका उच्च अधिकारीहरूले शुक्रबार नै दिएका थिए । ‘प्रसाईं प्रहरी नियन्त्रण बाहिर छैनन् । स्थिति तत्काल नभड्कियोस् भनेर मात्रै जानकारी नगराइएको हो, बिस्तारै प्रहरीकामा लगिनेछ,’ प्रहरीका एक उच्च अधिकारीले शुक्रबार कान्तिपुरसँग भनेका थिए । तर शनिबार बिहान तिनै अधिकारीले खोजी कार्य भइरहेको प्रतिक्रिया दिएका थिए । ‘यसले प्रसाईंलाई जानीबुझी भगाइएको त होइन भन्ने प्रश्न उब्जेको छ,’ गृह मन्त्रालयका एक अधिकारीले भने, ‘शनिबार साँझसम्म उनलाई फेला पार्न नसकेपछि उपत्काका कटिसकेको अनुमान गरेका छौं ।’

प्रसाईंले उपत्यका काटेको सूचना पाएपछि गृहमन्त्री लेखकले उच्च सुरक्षा अधिकारीहरूलाई बोलाएर भारतसँग जोडिएका सबै नाकामा समेत कडा निगरानी बढाउन निर्देशन दिएका छन् ।

विवादास्पद पृष्ठभूमिका प्रसाईं यसअघि विभिन्न कसुरमा पटक–पटक पक्राउ परेर छुटेका व्यक्ति हुन् । साइबर अपराध र गाली बेइज्जतीसम्बन्धी कसुरमा गत ६ असोजमा पक्राउ परेका उनी जिल्ला अदालत काठमाडौंको आदेशबमोजिम १५ असोजमा धरौटी बुझाएर छुटेका थिए । मुद्दा अदालतमा विचाराधीन रहेकै अवस्थामा प्रसाईं संगठित अपराध, किर्ते, मानहानिलगायतका कसुरमा ४ मंसिरमा फेरि पक्राउ परेका थिए । त्यति बेला उनी बन्दीप्रत्यक्षीकरणको निवेदन दिएर सर्वोच्च अदालतको आदेशबाट करिब एक महिनापछि छुटेका थिए ।

गणतन्त्रवादी राजनीतिक दल र नागरिक समाजले प्रसाईंलाई मात्रै नभएर पूर्वराजा ज्ञानेन्द्र शाहलाई नै तत्काल पक्राउ गर्न सरकामाथि दबाब अभियान छेडेका छन् । यसका लागि सामाजिक सञ्जालमा अभियान नै चलाइएको छ ।

सत्तारूढ कांग्रेसको पदाधिकारी बैठकले पूर्वराजा ज्ञानेन्द्रलाई घटनाको मुख्य जिम्मेवार बनाउनुपर्ने औपचारिक निर्णय गरेको छ । सरकारको नेतृत्व लिएको एमालेका नेताहरूले पूर्वराजाले पाउँदै आएको सेवा सुविधा खोस्नुपर्ने प्रतिक्रिया दिएका छन् । विपक्षी समाजवादी मोर्चामा रहेका नेताहरूले पनि उनको सेवा सुविधा खोस्नेदेखि कारबाही गर्नुपर्नेसम्मको आवाज उठाइरहेका छन् । उनीहरूले पूर्वराजाको राहदानी रद्द गर्नुपर्ने, सुरक्षा दस्ता फिर्ता गर्नुपर्ने, नागार्जुन दरबार खाली गर्न लगाउनुपर्ने माग गरिरहेका छन् ।

कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले तीनकुनेमा त्यत्रो आपराधिक र हिंस्रक घटना हुँदा पनि ज्ञानेन्द्र शाहको प्रतिक्रिया नआएकाले उनलाई नै घटनाको जिम्मेवार बनाउनुपर्ने बताए । ‘उनले आफ्नो संलग्नता छैन भन्ने हो भने प्रस्ट रूपमा जवाफ दिन सक्नुपर्छ, तर उनको प्रतिक्रिया नआएपछि उनी नै यसका जिम्मेवार हुन् भन्ने ठहर हाम्रो पार्टीको पनि छ,’ उनले भने, ‘अरू थप विषयमा सरकारले अनुसन्धान गरेर निर्णय गरोस् ।’

पूर्वमन्त्रीसमेत रहेका एमाले नेता पदम गिरीले राज्यकोषबाट दिएको सेवा सुविधा र सुरक्षा सरकारले तत्काल फिर्ता गर्नुपर्ने बताए । ‘राज्यकोषबाट सेवा सुविधा र सुरक्षाको सुविधा लिने अनि निहत्था नागरिकको ज्यान मार्न आन्दोलन उक्साउने, निजी तथा सार्वजनिक सम्पत्ति तोडफोडमा भाडाका मान्छे खटाउने जुन कार्य गरिरहेका छन्, त्यो अत्यन्तै खेदजनक छ,’ उनले कान्तिपुरसँग भने, ‘पूर्वविशिष्टका नाममा राज्यबाट सुविधा लिई आफू प्रहरीको पहरा लिएर घरमा बस्ने अनि दुर्गा प्रसाईं जस्ता अराजक मानिसकता भएका मानिसलाई आन्दोलनको कमान्डर बनाई राज्यका नागरिकको हत्या गर्न खटाउने ज्ञानेन्द्र शाहलाई यथाशीघ्र सरकारले कानुनी कारबाही गर्नुपर्छ ।’

यसै सन्दर्भमा आइतबार गणतन्त्रवादी दलहरूको संयुक्त बैठक बस्ने र त्यसको निष्कर्षका आधारमा सरकारले थप कदम चाल्ने तयारी छ ।

म्यानमारको भूकम्पमा ज्यान गुमाउने १६४४ पुगे

Highlights

  • भूकम्पकै कारण थाइल्यान्डको राजधानी बैंककमा ज्यान गुमाउनेको संख्या १० पुगेको छ भने भग्नावशेषमा फसेका कम्तीमा १५ जनाको जीवितै उद्धारको प्रयास भइरहेको थाई सरकारले जनाएको छ
  • भूकम्पका कारण धावनमार्गमा क्षति पुगेपछि बन्द मन्डाले विमानस्थल पुनः सुरु गर्न काम भइरहेको जुन्टा सरकारले जनाएको छ

मन्डाले/बैंकक — म्यानमारमा शुक्रबार गएको शक्तिशाली भूकम्पमा परी ज्यान गुमाउनेको संख्या १ हजार ६ सय ४४ पुगेको म्यानमारको सैन्य सरकार जुन्टाले जनाएको छ । २ हजार ३ सय ८९ जना घाइते तथा ३० जना बेपत्ता छन् । उद्धार तथा खोजी कार्य जारी रहेकाले मृतकको संख्या बढ्न सक्ने अनुमान छ ।

भूकम्पको केन्द्रबिन्दु रहेको मन्डाले क्षेत्रमा १ हजार ५ सय ९१ घरमा क्षति पुगेको छ । मन्डाले क्षेत्रको एक भवनमा कम्तीमा ९० जना फसेका बीबीसीले जनाएको छ । शुक्रबार दिउँसो म्यानमारको सागिङ सहरको उत्तर–पश्चिममा ७.७ म्याग्निच्युडको भूकम्प गएको थियो । अमेरिकी भूगर्भीय सर्वेक्षण (यूएसजीएस) का अनुसार त्यसको केही मिनेटमा सोही क्षेत्रमा ६.४ म्याग्निच्युडको अर्को भूकम्प गएको थियो ।

म्यानमारको सैन्य सरकारले मन्डाले विमानस्थलमा अस्थायी अस्पताल र राहत शिविर सञ्चालनमा ल्याएको जनाएको छ । भूकम्पका कारण धावनमार्गमा क्षति पुगेपछि विमानस्थल बन्द भएको छ । तर सेनाले उडानहरू पुनः सुरु गर्न काम गरिरहेको सैन्य सरकारले जनाएको छ ।

राजधानी नेपिडाअमा सुरक्षाकर्मी तथा प्राविधकले शनिबार क्षतिग्रस्त सडकका साथै अवरुद्ध बिजुली, फोन र इन्टरनेट सेवा पुनः सञ्चालनमा ल्याउने प्रयास गरिरहेका सीबीएस न्युजले जनाएको छ । म्यानमारमा २०२१ मा सेनाले ‘कु’ गरी सत्ता हत्याएको थियो । सैन्य सरकारले देशभित्रका सूचना सार्वजनिक गर्न कडाइ गर्दै आएको छ । जसले गर्दा भूकम्पबारेको वास्तविक विवरण प्राप्त हुन नसकेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

भूकम्पका कारण थाइल्यान्डको राजधानी बैंककमा १० जनाले ज्यान गुमाएका छन् । थाई उपप्रधानमन्त्री अनुतिन चार्नविराकुलले भग्नावशेषमा फसेका कम्तीमा १५ जनाको जीवितै उद्धारको प्रयास भइरहेको जनाएका छन् । उनका अनुसार करिब १ सय जना हराइरहेका छन् । भूकम्पपछि बन्द थाइल्यान्डका बैंकक, चियाङ माई, हात याई, चियाङ राई र फुकेटसहित ६ विमानस्थल भने सञ्चालनमा आइसकेका थाई सरकारले जनाएको छ । थाई प्रधानमन्त्री पेतोङ्तार्न सिनावात्राले राजधानीमा गएको घातक भूकम्पपछि देश सामान्य अवस्थामा फर्किएको बताएकी छन् । भूकम्पका कारण बैंककमा एउटा निर्माणाधीन भवन भत्किएको छ ।

म्यानमारको सैन्य सरकारले शुक्रबार देशका ६ स्थानमा आपत्कालीन अवस्था घोषणा गर्दै अन्तर्राष्ट्रिय सहयोगका लागि अपिल गरेको थियो । जसअनुसार अन्तर्राष्ट्रिय सहयोग म्यानमार पुगिसकेको छ । सैन्य सरकार प्रमुख मिन आङ ह्लाइङले घाइते राखिएका अस्पतालको भ्रमण गर्दै अन्य देशबाट सहयोगको आशा राखेको बताएका थिए । त्यसको २४ घण्टाभित्र चीनलगायतका केही देशबाट म्यानमारमा सहयोग पुगेको थियो ।

चिनियाँ राज्य प्रसारक सीसीटीभीले म्यानमारको सबैभन्दा ठूलो सहर याङ्गुन पुग्ने पहिलो अन्तर्राष्ट्रिय उद्धार समूह चिनियाँ टोली भएको जनाएको छ । चीनले १ सय ३५ भन्दा बढी उद्धारकर्मी र विज्ञका साथै मेडिकल किट, जेनेरेटरलगायत सामग्री पठाइसकेको छ । त्यस्तै, चिनियाँ राष्ट्रपति सी चिनफिङले म्यानमारका जुन्टा प्रमुख मिन आङ ह्लाइङसँग फोनमा कुरा गरेपछि बेइजिङले म्यानमारलाई १० करोड युआन (१ करोड ३० लाख अमेरिकी डलर) बराबरको मानवीय सहायता प्रदान गर्ने भएको छ । चीन जुन्टा सरकारको सबैभन्दा ठूलोमध्येको एक व्यापारिक साझेदार हो ।

रुसले पनि अनुसन्धानमा खटाइने कुकुरसहित १ सय २० उद्धारकर्ता तथा मनोवैज्ञानिक र विशेषज्ञसहितको टोली पठाएको आपत्कालीन मन्त्रालयले जनाएको छ । भारतले पनि तत्काल मानवीय सहायतासहित उद्धार र चिकित्सा टोली पठाएको विदेशमन्त्री एस जयशंकरले सामाजिक सञ्जाल एक्समा लेखेका छन् । हङकङ, सिंगापुर र मलेसियाले पनि उद्धार टोली पठाउने बताएका सीएनएनले उल्लेख गरेको छ ।

संयुक्त राष्ट्रसंघले राहत प्रयास सुरु गर्न ५० लाख डलर छुट्याएको छ । दक्षिण कोरियाले अन्तर्राष्ट्रिय संस्थामार्फत २० लाख डलर बराबरको मानवीय सहायता प्रदान गर्ने बताएको छ । मलेसियाले आइतबार उद्धार टोली पठाउने जनाएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सक्दो सहयोग गर्ने बताएका छन् ।

म्यानमारको सेनाले २०२१ फेब्रुअरीमा आङ सान सुकीको निर्वाचित सरकारलाई अपदस्थ गरेको थियो । जुन्टा सरकार लामो समयदेखि सक्रिय विद्रोही र नवगठित लोकतन्त्र समर्थकसँग रक्तपातपूर्ण गृहयुद्धमा संलग्न छ । भूकम्पपछि पनि सैन्य बलले आफ्नो आक्रमण भने जारी राखेको छ । करेन्नी पनि भनिने उत्तरी राज्य कायिन र दक्षिणी सानमा तीनवटा हवाई आक्रमण गरेको छ । यी दुवै राज्य भूकम्पबाट प्रभावित मन्डाले राज्यसँग सीमा जोडिएका राज्य हुन् ।

१९९० को दशकदेखि म्यानमारमा लडाकु र नागरिक दुवैलाई सहयोग प्रदान गर्दै आइरहेको मानवीय सहायता संस्था फ्री बर्मा रेन्जर्सका संस्थापक सिपाही डेभ युवांकले उक्त क्षेत्रका धेरैजसो गाउँहरू पहिले नै सेनाले ध्वस्त पारिसकेकाले भूकम्पको प्रभाव कम देखिएको सीबीएस न्युजसँग बताए । उत्तरी सानमा भूकम्पको केही मिनेटपछि विद्रोही नियन्त्रित गाउँमा भएको हवाई आक्रमणमा ७ विद्रोही मारिएका छन् । आक्रमणमा एक विद्यालयसहित ५ भवन क्षतिग्रस्त भएका सानस्थित श्वे फी म्याय समाचार एजेन्सीकी सम्पादक माई रुकोलाई उद्धृत गर्दै समाचार संस्था एपीले जनाएको छ ।

हिंसात्मक घटनाको मुख्य जिम्मेवार पूर्वराजा ज्ञानेन्द्र : प्रमुख राजनीतिक दल

काठमाडौँ — प्रमुख राजनीतिक दलले काठमाडौंको तीनकुने क्षेत्रमा शुक्रबार भएको हिंसात्मक र अराजक घटनाको मुख्य जिम्मेवार पूर्वराजा ज्ञानेन्द्र शाह भएको निष्कर्ष निकालेका छन् । उनीहरूले पूर्वराजाको निर्देशनबमोजिम राजनीतिक आवरणमा भएका आपराधिक घटनामा संलग्नलाई कारबाही गर्न सरकारलाई आग्रह गरेका छन् । संविधान र गणतन्त्र पक्षधरको सर्वदलीय बैठक गरी पछिल्ला राजनीतिक घटनाको समीक्षा गर्ने तयारी पनि दलहरूले गरेका छन् ।

कांग्रेस पदाधिकारीको शनिबार बसेको बैठकले राजावादीले गरेको हिंसात्मक घटनाको समीक्षा गरेको छ । ‘शुक्रबारका अराजक र हिंसात्मक गतिविधिको मुख्य जिम्मेवार पूर्वराजा ज्ञानेन्द्र शाह भएको बैठकको निष्कर्ष छ,’ कांग्रेस प्रवक्ता प्रकाशशरण महतले भने, ‘पूर्वराजाकै निर्देशनमा यो घटना भएको हो । घटनामा पूर्वराजा जिम्मेवार भइसकेको हुनाले समग्र प्रमाणका आधारमा सरकारले अनुसन्धान गर्नुपर्छ ।’ कांग्रेसले हिंसात्मक र अराजक घटनाको अनुसन्धान गरी त्यसमा संलग्न सबैलाई कारबाही गर्न सरकारलाई आग्रह गर्ने निर्णय गरेको छ ।

बैठकले सरकारी गाडी, निजी सम्पत्ति, सञ्चार गृह, पार्टी कार्यालय र पसलमा भएका आगजनी र लुटपाटका घटनाको निन्दा गर्दै दोषीलाई कारबाही गर्न आग्रह गरेको छ ।

बैठकले कांग्रेस–एमाले सत्ता गठबन्धनको पहलमा छिट्टै सर्वदलीय बैठक गर्ने निर्णय पनि गरेको छ । ‘पछिल्लो राजनीतिक घटनाक्रमबारे संवैधानिक पक्षधर राजनीतिक दलहरूको बैठक गरी समीक्षा गर्ने निर्णय भएको छ,’ उनले भने ।

सरकारको नेतृत्व गरेको एमालेले पनि शुक्रबारको घटनाका निर्देशक पूर्वराजा ज्ञानेन्द्र भएको उल्लेख गर्दै संलग्न सबैलाई कानुनी दायरामा ल्याएर कारबाही गर्नुपर्ने जनाएको छ । उपमहासचिव प्रदीप ज्ञवालीले प्रमुख राजनीतिक दलले गैरराजनीतिक, आपराधिक घटनाको निन्दा गरेकाले आवश्यक परे संविधान र गणतन्त्रको सम्वर्द्धनका लागि दलहरू एक ठाउँमा उभिने बताए । ‘यो घटनामा पूर्वराजा नै जिम्मेवार हुन् । उनकै निर्देशनमा घटना भएको हो । सरकारले आफ्नो हिसाबले अनुसन्धान गर्दै छ,’ ज्ञवालीले भने, ‘यो कुनै राजनीतिक समस्या होइन, आपराधिक क्रियाकलाप हो । यो जानजानी हिंसा बढाउने र त्यसको बलमा औचित्य पुष्टि गर्ने चेष्टा थियो ।’ उनले पत्रकारलाई जिउँदै जलाउने, सार्वजनिक तथा निजी सम्पत्तिमा आगजनी, लुटपाट गर्नेविरुद्ध सरकारले कारबाही प्रक्रिया अघि बढाएको उल्लेख गरे ।

संविधान निर्माणमा लागेका दलहरू एक ठाउँमा उभिएर त्यसको सम्वर्द्धन गर्नुपर्ने उपमहासचिव ज्ञवालीको भनाइ छ । ‘प्रमुख दलहरू संविधानको पक्षमा छौं । हामी लोकतन्त्रका संस्थापक हौं । संविधान र गणतन्त्र संकटमा पर्दा एक ठाउँमा हुन्छौं,’ उनले थपे, ‘सरकार, प्रतिपक्षमा जहाँ रहे पनि संविधान र गणतन्त्रको सम्वर्द्धन गर्नेहरू एक हुनुपर्छ ।’ राजनीतिक आवरणमा हिंसा मच्याएर पूर्वराजा फर्काउने सपना पूरा नहुने उनको भनाइ छ । ‘कानुन हातमा लिएर हिंसात्मक, कानुनविरोधी गतिविधि स्वीकार गर्न सकिँदैन । यसरी पूर्वराजा फर्काउने प्रयास किमार्थ सफल हुँदैन,’ ज्ञवालीले भने, ‘आगजनी लुटपाटलाई जनताका असन्तुष्टि भन्न मिल्दैन । यो विशुद्ध आपराधिक घटना हो ।’

त्यस्तै एमाले महासचिव शंकर पोखरेलले राजावादीको आन्दोलनका नाममा आपराधिक घटनामा संलग्न हुने र त्यसका लागि निर्देशन दिनेहरूलाई कानुनी कारबाहीको दायरामा ल्याउन माग गरेका छन् । ‘आन्दोलनका नाममा नियोजित रूपमा परिचालित आपराधिक जत्थाको तोडफोड, आगजनी र लुटपाटबाट पीडित भएकालाई राज्यका तर्फबाट यथोचित सम्बोधन आवश्यक छ,’ पोखरेलले शनिबार सामाजिक सञ्जालमार्फत आग्रह गरेका छन्, ‘जनतालाई आतंकित बनाउने, आपराधिक घटनामा संलग्न व्यक्ति तथा तिनलाई उक्साउने र निर्देशन दिने सबैलाई अविलम्ब कारबाहीको दायरामा ल्याउनु आवश्यक छ ।’

माओवादीले पनि शुक्रबार भएका गैरराजनीतिक, अराजक, हिंसात्मक घटनाको सम्पूर्ण जिम्मेवार पूर्वराजा ज्ञानेन्द्र शाह भएको जनाएको छ । शनिबार राजावादीले आगजनी गरेको एकीकृत समाजवादीको पार्टी कार्यालय निरीक्षण गरेपछि माओवादी अध्यक्ष पुष्पकमल दाहालले तीनकुने क्षेत्रमा भएको घटनाको जिम्मा पूर्वराजा ज्ञानेन्द्रले लिनुपर्ने बताएका हुन् । घटनाको छानबिन गरी दोषीलाई कारबाहीको दायरामा ल्याउन उनले सरकारसँग माग गरेका छन् ।

‘शुक्रबार भएका गैराजनीतिक, आपराधिक घटनाका मुख्य जिम्मेवार पूर्वराजा ज्ञानेन्द्र शाह नै हुन् । योजनाकार उनी नै हुन्,’ दाहालले भने, ‘यो घटनाको जिम्मेवार उनै भएकाले सरकारले अनुसन्धान गर्नुपर्छ ।’ समाजवादी मोर्चाका प्रमुख नेताहरूको बैठकपछि सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै दाहालले सुरक्षा व्यवस्थामा भएका कमीकमजोरीको सरकारले गम्भीर रूपमा समीक्षा गर्नुपर्नेमा जोड दिए । साथै उनले संविधान र गणतन्त्रका पक्षमा शान्ति प्रक्रियाका सहयात्रीहरू एक ठाउँमा आउनुपर्नेमा पनि जोड दिए । ‘१२ बुँदे विस्तृत शान्ति सम्झौताका सहयात्रीहरू एक ठाउँमा हुनुपर्छ भन्ने यो समयको आवाज हो,’ शनिबार प्रेस सेन्टरको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै दाहालले भने ।

जनता समाजवादी पार्टी नेपालले पनि राजावादीद्वारा गरिएका हिंसात्मक घटनाको निन्दा गर्दै दोषीमाथि कारबाही गर्न माग गरेको छ । प्रवक्ता मनीष सुमनले विज्ञप्ति जारी गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रात्मक प्रणालीको रक्षा र संस्थागत गर्न लाग्नुपर्ने जनाएका छन् । ‘प्रतिक्रान्ति तथा प्रतिगमनकारी राजावादी शक्तिहरूलाई परास्त गर्दै जनआन्दोलन, जनविद्रोह र ऐतिहासिक मधेश विद्रोहलगायतका संघर्ष र बलिदानद्वारा प्राप्त उपलब्धिको रक्षा गरी मुलुकमा देखा परेका समस्या समाधान गर्नुपर्छ,’ विज्ञप्तिमा भनिएको छ ।

एकीकृत समाजवादीले घटनाको निर्देशक पूर्वराजा ज्ञानेन्द्र शाह र आयोजकहरू मुख्य जिम्मेवार भएकाले उनीहरूलाई कारबाहीको दायरामा ल्याउन सरकारसमक्ष माग गरेको छ । ‘पूर्वराजा ज्ञानेन्द्र शाह यो घटनाका निर्देशक हुन् । घटनामा संलग्नलाई कारबाही हुनुपर्छ,’ उपाध्यक्ष बेदुराम भुसालले स्थायी कमिटीको निर्णय सुनाए, ‘आफूलाई राजावादी भन्नेहरू राजनीतिक र सामाजिक होइनन् । आततायी समूहका रूपमा देखापरे ।’ संघीय लोकतान्त्रिक व्यवस्थाविरुद्ध गैरकानुनी रूपमा धावा बोल्ने आपराधिक समूहलाई कारबाहीको दायरामा ल्याउन एकीकृत समाजवादीले सरकारसमक्ष माग गरेको छ ।

रास्वपाले पनि निश्चित स्वार्थ पूरा गर्ने समूहले अराजक गतिविधि गरेको निष्कर्ष निकालेको छ । पार्टी सचिवालय बैठकले घटनाको न्यायिक आयोग बनाएर सत्यतथ्य अनुसन्धान गर्नुपर्ने मागसमेत गरेको छ । ‘आफ्नो निश्चित स्वार्थ पूरा गर्न खोज्ने समूहले त्यो घटना गराएका छन् । उनीहरूले समाजमा विष फैलाउने काम गरेका छन्,’ रास्वपा नेता एवं संसदीय दलका प्रमुख सचेतक सन्तोष परियारले भने, ‘पूर्वराजाका नाउँमा यी घटना गराइएका छन् । यसको न्यायिक आयोग बनाएर सत्यतथ्य अनुसन्धान गर्नुपर्छ ।’ रास्वपाले लोकतन्त्रमाथि आक्रमण भएकाले सजग रहन पनि आग्रह गरेको छ । ‘शुक्रबार राजावादीको नाममा भएका गतिविधि राजनीतिक होइनन्,’ रास्वपा नेता शिशिर खनालले पार्टीको निष्कर्ष सुनाए, ‘यो आपराधिक घटना हो ।’ रास्वपाले अराजक घटना हुन सक्ने सूचना हुँदाहुँदै पनि सरकारको तयारी कमजोर भएको टिप्पणी गरेको छ ।

सुरेश र सविनलाई पर्खिरहेको परिवार

Highlights

  • एमसीसीविरुद्धको आन्दोलनका बेला रिपोर्टिङ गर्दा सुरेश घाइते भएका थिए, यसपालि राजावादीको प्रदर्शनमा आगजनीमा परी ज्यान गुमाए
  • घरबाट गाडी बनाउन भनेर बाइकमा निस्किएका सविन कसरी राजावादीको प्रदर्शनमा पुगे भन्ने परिवारलाई थाहा छैन

काठमाडौं – जीवनको यात्रामा कहिलेकाहीं समय त्यस्तो मोडमा आइपुग्छ, जहाँ प्रतीक्षा नै सबैभन्दा ठूलो परीक्षा बन्छ। सुरेश र सविनका परिवार अहिले यस्तै कठिन परिस्थितिको सामना गरिरहेका छन्।

सुरेश र सविन, दुई युवा जो आफ्नो सपनाहरू पूरा गर्न घरबाट बाहिरिएका थिए। तर, उनीहरूको यात्रा कहिलेसम्म लम्बिने हो भन्ने अनिश्चितताले परिवारलाई गहिरो चिन्तामा राखेको छ। बुबा-आमा बिहानदेखि बेलुकीसम्म आशाको नजरले ढोकातर्फ हेर्छन्, छोराहरूको खबर सुन्न आतुर छन्। दाजु-भाइ, दिदी-बहिनी, सबै जनाले उनीहरू कहिले फर्किन्छन् भन्ने प्रश्न हरेक दिन आफैंसँग गर्छन्।

उनीहरूका बाल्यकालका सम्झनाहरू, सँगै खेलेका खेल, मिलेर खाएका खाना अहिले परिवारको मनभरि मात्र छन्। गाउँको घरमा वृद्ध आमाबुबाले हरेक दिन आशा राखेर ढोकातिर हेर्छन्, फोनको घण्टी बज्नेबित्तिकै छोराहरूको खबर होला भन्ने सोच्दछन्।

प्रत्येक दिनको प्रतीक्षा, हरेक पलको आशा र कहिल्यै नथाक्ने मायाले सुरेश र सविनको परिवारलाई जोडिरहेको छ। उनीहरू फर्किने दिनका लागि सबैको मनभरि धैर्यताको उज्यालो बलिरहेको छ।

 

कांग्रेस सभापति देउवाको संविधानप्रतिको धारणा

कांग्रेस सभापति शेरबहादुर देउवाले नेपालको संविधानप्रति आफ्नो दृढ विश्वास व्यक्त गरेका छन्। उनले संविधानलाई लोकतन्त्रको मुख्य आधार र समावेशी शासन प्रणालीको बलियो पाटोका रूपमा चित्रण गरेका छन्। देउवाले संविधानलाई परिमार्जन गर्न आवश्यक देखिएको अवस्थामा लोकतान्त्रिक प्रक्रिया अनुसार अघि बढ्नुपर्ने धारणा राखेका छन्।

उनले संविधानलाई कुनै पनि हालतमा कमजोर पार्न नहुने बताउँदै यसको रक्षा गर्न सबै राजनीतिक दलहरू एकजुट हुनुपर्नेमा जोड दिए। देउवाले संविधानको मर्म र भावना अनुरूप सबैको समान अधिकारको सुनिश्चितता गर्न आवश्यक रहेको पनि स्पष्ट पारे।

हाइलाइट्स:

  • संविधानप्रति देउवाको दृढ विश्वास।
  • लोकतान्त्रिक प्रक्रियाद्वारा परिमार्जनको सम्भावना।
  • संविधानको रक्षा गर्न राजनीतिक दलहरूको एकता आवश्यक।
  • समान अधिकारको सुनिश्चितता।

 

गृहमन्त्री रमेश लेखकको कदम

हालै गृहमन्त्री रमेश लेखकले भ्रष्टाचारबाट आर्जित सम्पत्ति सरकारका नाममा फिर्ता ल्याउने ऐतिहासिक कदम चालेका छन्। उनले सर्वोच्च अदालतबाट जफत हुने भनेर फैसला भएका सम्पत्ति सरकारका नाममा ल्याउनका लागि ठोस निर्णय गरेका छन्।

मुख्य बुँदाहरू:

  • गृहमन्त्रीले भ्रष्टाचारविरुद्ध कडा कदम चालेका छन्।
  • सर्वोच्च अदालतको निर्णयअनुसार जफत हुने सम्पत्तिहरू सरकारको नाममा ल्याइनेछ।
  • यो कदमले भ्रष्टाचारमुक्त समाज निर्माणमा सहयोग पुर्याउने अपेक्षा गरिएको छ।

गृहमन्त्री लेखकको यो निर्णयलाई समाजको सबै तहले सकारात्मक रूपमा लिएका छन्। भ्रष्टाचारमुक्त नेपालको परिकल्पना गर्न यो निर्णय मीलको पत्थर साबित हुनसक्ने अनुमान गरिएको छ।

जसपाको संविधानसम्बन्धी धारणा: एक विश्लेषण

जनता समाजवादी पार्टी (जसपा) नेपालको संविधानप्रति विशेष दृष्टिकोण राख्छ। पार्टीले संविधानको कार्यान्वयनमा देखिएका कमजोरीहरूलाई सच्याउनुपर्ने माग राख्दै आएको छ। जसपाका नेताहरूले संविधानको पुनरावलोकन गर्दै, मधेशी, थारू, आदिवासी जनजाति, दलित र अन्य पिछडिएका वर्गहरूको अधिकारको सुनिश्चितता आवश्यक रहेको बताउँछन्।

मुख्य बुँदाहरू:

  • संविधानमा रहेको संघीयताको संरचनालाई बलियो बनाउन जोड।
  • पहिचानको आधारमा संघीय राज्य पुनर्संरचनाको माग।
  • नागरिकता वितरण सम्बन्धी कानुनमा सुधारको आवश्यकता।
  • विभेद अन्त्यका लागि समान अधिकारको सुनिश्चितता।

जसपाले संविधान संशोधनमार्फत सबै वर्ग र समुदायको समावेशी प्रतिनिधित्वलाई सुनिश्चित गर्न सरकारलाई निरन्तर दबाब दिँदै आएको छ। पार्टीको धारणा संविधान संशोधनसँगै राष्ट्रिय एकता र समृद्धिको दिशामा अग्रसर हुने रहेको छ।

कांग्रेस सभापति देउवाको संविधानप्रतिको धारणा

नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले नेपालको संविधानलाई सम्मानपूर्वक पालना गर्ने धारणा व्यक्त गरेका छन्। हालैको एक कार्यक्रममा उनले संविधानको संरक्षण र संवर्द्धनलाई नै राष्ट्रिय जिम्मेवारीको रूपमा लिनुपर्ने बताएका छन्।

मुख्य बुँदाहरू:

  • देउवाले संविधानलाई राष्ट्रिय एकताको प्रतीकको रूपमा स्वीकार्नुपर्नेमा जोड दिए।
  • संविधानको पालना नगर्दा मुलुकमा अस्थिरता आउने खतरा रहेको उनले औंल्याए।
  • समावेशीता, लोकतन्त्र र संघीयतालाई संविधानले संस्थागत गरेकोमा उनले प्रशंसा गरे।
  • संविधान संशोधनको पक्षमा भए पनि त्यसलाई आवश्यक छलफल र सहमतिको आधारमा अघि बढाउनु पर्ने धारणा राखे।

सभापति देउवाले संविधानले दिएको अधिकारहरूको संरक्षण गर्दै संविधानको मर्यादा कायम राख्न सबैलाई आग्रह गरेका छन्।

२५ करोड लुकाउने ‘फल्स बटम’ बनाउन तीन साता ग्यारेजमा राखिएको थियो ट्रक

२५ करोड लुकाउन ट्रकमा ‘फल्स बटम’ तयार, तीन साता ग्यारेजमा राखियो

काठमाडौं – गैरकानुनी रकम ओसारपसार गर्न प्रयोग गरिएको एउटा ट्रकमा विशेष ‘फल्स बटम’ (नक्कली भुइँ) तयार गरिएको खुलासा भएको छ। स्रोतका अनुसार, उक्त ट्रकलाई तीन साता ग्यारेजमा राखेर गोप्य रूपमा २५ करोड रुपैयाँ लुकाउन सक्ने संरचना तयार पारिएको थियो।

गोप्य तरिकाले रकम ओसारपसार

जसरी ड्रग तस्करी वा अवैध सामग्री लुकाउन विशेष बटम तयार गरिन्छ, ठ्याक्कै त्यही तरिका यो घटनामा पनि अपनाइएको थियो। प्रहरी अनुसन्धानका अनुसार, रकम ओसारपसारका लागि ट्रकको भुइँ भित्र खाली ठाउँ बनाइएको थियो, जसलाई बाहिरबाट पत्ता लगाउन गाह्रो हुने गरी डिजाइन गरिएको थियो।

प्रहरी अनुसन्धान जारी

सुराकीका आधारमा प्रहरीको टोलीले ट्रक नियन्त्रणमा लिएपछि यो रहस्य खुलेको हो। हाल अनुसन्धान जारी छ, र यसमा संलग्न व्यक्तिहरूको खोजी भइरहेको छ।

हरेक नेपालीको थाप्लोमा झन्डै ९१ हजार रुपैयाँ ऋण

काठमाडौँ — गत फागुनसम्म सरकारले तिर्न बाँकी सार्वजनिक ऋण २६ खर्ब ७६ अर्ब ३ करोड पुगेको छ । यो नेपालको कुल गार्हस्थ्य उत्पादन (जीडीपी)को ४६.९१ प्रतिशत हो ।

हाल सरकारले तिर्न बाँकी सार्वजनिक ऋण हेर्दा अहिले हरेक नेपालीको भागमा करिब ९१ हजार रुपैयाँ बराबर पर्न आउँछ  । गत असारमा प्रतिनेपाली ऋण करिब ८३ हजार थियो । गत असारसम्म सार्वजनिक ऋण २४ खर्ब ३४ अर्ब ९ करोड रुपैयाँ रहेको थियो ।

राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको राष्ट्रिय जनगणना ०७८ अनुसार नेपालको कुल जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५ सय ७८ छ । यो जनसंख्याले गत फागुनसम्मको तिर्न बाँकी सार्वजनिक ऋणलाई भाग गर्दा उक्त तथ्यांक निकालिएको हो । राष्ट्रिय तथ्यांक कार्यालयले गत आर्थिक वर्षमा जीडीपी ५७ खर्ब ५ अर्ब रुपैयाँ पुग्ने प्रक्षेपण गरेको छ । निरन्तर बढ्दो सार्वजनिक ऋणले जोखिम निम्त्याउने संकेत देखिएको अर्थविद् बताउँछन् ।

कुल तिर्न बाँकी सार्वजनिक ऋणमध्ये आन्तरिक १३ खर्ब १५ अर्ब ५७ करोड (जीडीपीको २३.०६ प्रतिशत) र बाह्य १३ खर्ब ६० अर्ब ४६ करोड रुपैयाँ (जीडीपीको २३.८५ प्रतिशत) रहेको कार्यालयले बताएको छ ।

यस वर्ष सरकारले ५ खर्ब ४७ अर्ब रुपैयाँ सार्वजनिक ऋण उठाउने लक्ष्य तय गरेको छ । यसअनुसार फागुनसम्म ३ खर्ब ३४ अर्ब ६२ करोड रुपैयाँ ऋण उठाएको छ ।

झूटको पग होइन, पखेटा हुन्छ

झूटको पखेटा: सत्यको स्थायित्वमाथि चुनौती
“झूटको पग होइन, पखेटा हुन्छ।” यो भनाइले झूटको चञ्चल स्वभाव र यसको तीव्र प्रसारलाई संकेत गर्छ। सत्य स्थिर हुन्छ, तर झूट सजिलै फैलिन्छ, विशेष गरी जब सत्ता र शक्तिका खेलाडीहरूले यसलाई आफ्नो अस्त्र बनाउँछन्।
लोककथामा सत्य र झूटको जम्काभेट हुन्छ। झूटले सत्यलाई लुगा खोस्छ, आफूलाई सत्यका रूपमा प्रस्तुत गर्छ, र दुनियाँमा स्वीकृति पाउँछ। सत्य भने नांगो भएकाले अस्वीकार गरिन्छ। आजको समाजमा पनि सत्य भन्दा झूट, प्रचार र अफवाह बढी प्रभावशाली देखिन्छन्।
लोकतन्त्रमा पारदर्शिता र जवाफदेहिता अनिवार्य हुन्छ। तर जब सत्ता र शक्तिले झूटलाई उपयोग गर्छन्, तब लोकतान्त्रिक मूल्यहरू धमिलिन्छन्। प्रश्न गर्ने, सत्य उजागर गर्नेहरूलाई दबाइन्छ। संघीय गणतन्त्र भनेको सहभागिता, समानता, र समृद्धिको विचार हो। तर जब समाजमा झूटकै भरमा निर्णय लिइन्छ, तब शोषणको नयाँ रूप जन्मन्छ।
वर्तमान समयमा आम नागरिक राजनीतिप्रति निराश छन्। झूटलाई सत्यको खोल ओढाएर प्रस्तुत गर्नेहरू हावी भइरहेका छन्। तर लोकतन्त्रलाई जीवित राख्न सत्यको मन्द गतिलाई गतिशील बनाउनुपर्छ। झूटको पखेटालाई सामना गर्न सत्यलाई पनि पग मात्र होइन, पखेटा आवश्यक छ।

दुबईका लागि उडेको निगमको जहाज भैरहवामा बिग्रियो

दुबईका लागि उडेको नेपाल एयरलाइन्सको जहाज भैरहवामा ग्राउन्डेड

नेपाल वायुसेवा निगमको सगरमाथा न्यरोबडी विमान, जुन दुबईका लागि १४९ यात्रु लिएर बुधबार राति उडेको थियो, प्राविधिक समस्या आएपछि भैरहवामा ग्राउन्डेड भएको छ।

यो जहाज ६ दिनअघि चीनबाट ६ करोड ६८ लाख रुपैयाँ खर्चेर फाइभ–सि–चेक (मर्मत) पछि उडानमा ल्याइएको थियो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट राति १०:३० बजे उडेर भैरहवा हुँदै दुबई जाने तालिका थियो। तर, भैरहवामा राति ११:१५ बजे अवतरण गरेपछि इन्जिनमा ओभर स्पिड प्रोटेक्सन समस्या देखिएपछि राति १ बजे ग्राउन्डेड गरिएको हो।

भैरहवामा निगमका सीमित कर्मचारी रहेकाले राति अन्य कर्मचारी बोलाइ यात्रुहरूलाई बिहान ४ बजेसम्म होटलमा व्यवस्थित गरिएको थियो। निगमका अनुसार जहाज काठमाडौंबाट उड्नु अघि नै फ्युल मिटर बदल्नुपर्दा करिब २ घन्टा ढिलो भएको थियो।

हाल काठमाडौंबाट इन्जिनियर पठाएर मर्मत गरी जहाजलाई आजै दुबई पठाउने तयारी भइरहेको निगमले जनाएको छ।

लोकप्रिय