फोर आइज न्युज
शनिबार, साउन ४, २०८२

This Week

कागजातविहीन १० नेपालीलाई अमेरिकी चार्टर विमानबाट आज काठमाडौं उतारिँदै

  • जनवरीमा ६, फेब्रुअरीमा २०, मार्चमा १ नेपाली अमेरिकाबाट फिर्ता
  • पानामा हुँदै अमेरिका जान खोजेका ३ नेपाली डिपोर्ट
  • जो बाइडेनको कार्यकालमा ९ हजार नेपाली अवैधानिक रूपमा अमेरिका प्रवेश
  • तीमध्ये २,८०८ नेपाली अमेरिकी आइस हिरासतमा

 

काठमाडौँ — आधिकारिक कागजातविहीन आप्रवासीलाई अमेरिकाबाट निष्कासन गर्ने नीति लिएको ट्रम्प प्रशासनले १० नेपालीलाई चार्टर विमानबाट नेपाल पठाउँदै छ । उनीहरूलाई बुधबार बिहान काठमाडौं उतार्ने तालिका छ । ट्रम्पको कार्यकारी आदेशपछि यसअघि नै २७ नेपालीलाई अमेरिकाबाट निकाला गरिसकिएको छ ।

 

अमेरिकामा अवैधानिक रूपमा रहेका १० नेपालीलाई आज काठमाडौं ल्याइँदै छ। ती नेपालीलाई अमेरिकी अध्यागमन अधिकारीहरूले पक्राउ गरी फिर्ता पठाउने निर्णय गरेका थिए। उनीहरूलाई अमेरिका सरकारले चार्टर गरेको विमानमार्फत काठमाडौं ल्याइने छ। नेपाली अधिकारीहरूका अनुसार फिर्ता गरिएका व्यक्तिहरू अध्यागमनसम्बन्धी कागजातविहीन भएकाले उनीहरूलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी नेपाल प्रवेश गराइने छ। यसअघि पनि अमेरिका लगायतका देशबाट नेपाली नागरिकहरूलाई डिपोर्ट गरिँदै आएको छ।

प्रधानमन्त्रीसँगको संवादपछि जसपा नेपाल लचक

Highlights

  • आज संसद्‌मा ५ अध्यादेश प्रस्तुत गर्ने तयारी

काठमाडौँ — सरकारले भूमिसम्बन्धी अध्यादेश थाती राखेर अरू पाँच अध्यादेश मात्र बुधबार प्रतिनिधिसभा बैठकमा निर्णयार्थ पेस गर्ने भएको छ । राष्ट्रिय सभामा भने बिहीबार ती अध्यादेश पेस गर्ने सरकारको तयारी छ । राष्ट्रिय सभामा निर्णायक रहेको जसपा नेपालको असहमतिका कारण सरकारले भूमिसम्बन्धी अध्यादेश तत्काललाई थाती राख्ने भएको हो ।

After the conversation with the Prime Minister, Jaspa Nepal is flexible

सरकारले भूमिसम्बन्धी अध्यादेश थाती राख्दै पाँच अन्य अध्यादेश मात्रै संसद्मा प्रस्तुत गर्ने निर्णय गरेको छ, जसपा नेपालले भूमि अध्यादेश फिर्ता भए मात्रै अन्य अध्यादेशमा सहयोग गर्ने अडान लिएपछि यो निर्णय भएको हो। प्रधानमन्त्रीसँगको संवादपछि जसपा नेपाल केही लचिलो देखिए पनि भूमि अध्यादेश फिर्ता गर्नुपर्ने शर्त कायमै राखेको छ। जसपा नेपालले सरकारमा सहभागी हुनेबारे कुनै छलफल नभएको बताएको छ। संसद्मा अध्यादेश पारित गराउने विषयमा सत्ता पक्षले रणनीति बनाइरहे पनि प्रतिपक्षी दलहरूले अस्वीकार गर्ने तयारी गरेका छन्।

एमसीसी कार्यान्वयनअघि नै खर्च भएको थियो ५ अर्ब ७६ करोड

Highlights

  • एमसीसी सम्झौता कार्यान्वयन सुरु हुनुअघि नै भएको खर्चमा नेपालको हिस्सामा २ अर्ब ७६ करोड ६४ लाख अहिलेसम्म १० अर्ब खर्च हुँदा नेपालको तर्फबाट साढे ३ अर्ब
  • ट्रम्पको आदेशपछि भुक्तानी ठप्प, ठेक्का लागेका ४ आयोजनासहित समग्र परियोजनाको भविष्य अन्योलमा

 

एमसीसी कार्यान्वयन अघि नै ५ अर्ब ७६ करोड खर्च भइसकेको थियो, जसमा नेपालको हिस्सा २ अर्ब ७६ करोड ६४ लाख रहेको छ। अहिलेसम्म १० अर्ब खर्च भइसकेको छ, तर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आदेशपछि भुक्तानी रोकिएको छ। यसले ४ ठूला आयोजनासहित समग्र परियोजनाको भविष्य अन्योलमा पारेको छ।

सिन्धुपाल्चोक भूकम्प : आत्तिएर हाम्फाल्दा एक कैदी घाइते, कोदारी चौकी क्षतिग्रस्त

प्रभाव र क्षति:

  • सिन्धुपाल्चोक कारागार: भूकम्पको समयमा आत्तिएर भाग्न खोज्दा एक कैदी बन्दी लडेर घाइते भएका छन्। उनलाई उपचारका लागि जिल्ला अस्पताल लगिएको छ।

  • कोदारी नाका: भूकम्पका कारण कोदारी नाकामा रहेको सुरक्षा चौकीमा क्षति पुगेको छ। विस्तृत विवरण सङ्कलन कार्य जारी रहेको छ।

    प्रशासनको प्रतिक्रिया:

    सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी किरण थापाका अनुसार, सुरक्षाकर्मीहरूको टोली तयारी अवस्थामा रहेको छ र आवश्यकताअनुसार फिल्डमा खटिने तयारीमा छन्। हालसम्म अन्य कुनै ठूलो क्षतिको विवरण प्राप्त भएको छैन।

कुलमान भन्छन् : मलाई स्पष्टीकरण सोध्ने अधिकार ऊर्जा मन्त्रालयलाई छैन

१५ फागुन, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आफूलाई सेवाबाट हटाउने विषयमा स्पष्टीकरणे सोध्ने वा कारबाही गर्ने अधिकार ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयलाई नभएको बताएका छन् ।

मन्त्रालयले सोधेको २४ घण्टे स्पष्टीकरणको जवाफ दिँदै उनले आफूलाई मन्त्रिपरिषद्ले चार वर्षका लागि नियुक्त गरेकाले हटाउने विषयमा स्पष्टीकरण सोध्ने वा कारबाही गर्ने अधिकार पनि मन्त्रिपरिषद्लाई मात्रै भएको दाबी गरेका हुन् ।

आज राष्ट्रिय पोसाक तथा टोपी दिवस मनाइँदै

ईस्वी संवतको नयाँ वर्ष सन् २०२४ को पहिलो दिन आज राष्ट्रिय पोसाक तथा टोपी दिवस मनाइँदैछ ।

नेपाली टोपी र पोसाकको प्रवर्द्धन गर्नका लागि भन्दै केही वर्षदेखि स्वतःस्फूर्त रुपमा ईस्वी संवतको नयाँ वर्षको पहिलो दिन पारेर यो दिवस मनाउन थालिएको हो ।

नेपाली टोपीको साइनो बङ्लादेशको ढाका, कश्मीर, टर्की, कैलाश पर्वत र पाल्पासँग जोडिन्छ । विशेषतः भाद्गाउँले टोपी र ढाका टोपीलाई नेपाली टोपीका रुपमा लिने गरिन्छ । तर विभिन्न समुदायले आ–आफ्नो पहिचान र परम्परा झल्किने खालका टोपी लगाउने गर्छन् ।

उच्च पहाडी भेगका केही ठाउँमा हिमपातको सम्भावना,तराईमा हुस्सु र कुहिरो

काठमाडौं उपत्यकाको मौसम आज सफा छ ।

कोशी, बाग्मती र गण्डकी प्रदेशका पहाडी भेगमा आंशिक बदली रही देशका बाँकी भेगको मौसम सामान्यतया सफा रहेको मौसमविद् गोविन्द झाले बताएका छन् । उनका अनुसार तराई–मधेसका धेरै ठाउँमा अहिले हुस्सु र कुहिरो लागेको छ । तराईमा लागेको हुस्सु दिउँसोसम्मै रहने मौसम पूर्वानुमान् महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज दिउँसो पहाडी भेगमा आंशिक बदली रही बाँकी भागको मौसम सफा रहनेछ । कोशी, बाग्मती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भेगको एकरदुई ठाउँमा हल्का हिमपातको सम्भावना छ ।

राति पनि कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भेगका एक/दुई ठाउँमा हिमपात हुने छ ।

रमेश पाठकको शब्द संगीतमा ‘तिमै्र झल्को’(भिडियोसहित) सार्वजनिक

लोकप्रिय गायक तथा सर्जक रमेश पाठकको लय शब्दमा तिमै्र झल्को बोलको गित सार्वजनिक भएको छ ।

यस गितमा शब्द संगीत रमेश पाठकको रहेको छ भने स्वर बेनिशा पौडेलको रहेको छ । योगेस दाहालको छायांकन तथा ओम प्रसाइको सम्पादन र कृष्ण रसालले निर्देशन गरेको यस गितमा रमेश पाठक स्वयम र शिला गजुरेलले अभिनय गरेका छन् । माया गर्ने आफ्नो प्रेमीले नै घात गरेको र बिछोडमा प्रमिका पिडाले बहकिएको भिडियोमा देखिने छ ।

गीतको मिक्सिङ मास्टरीङ नरेन्द्र यिबोगीको रहेको छ भने रेकर्ड वेभ स्टुडियो अनामनगरमा भएको हो । गीतको भिडियो रमेश पाठक आधिकारिक युटुब च्यानलबाट डिजिटल बजारमा आएको छ ।

यस अघि रमेश पाठकको मायााकै पिर, सातै सुरमा ,तिम्रै झल्को रातदिन ,दशै आयो मनै रमायो,हैरानै गरायौंनि,लगाएतका गीत सार्वजकि भैसकेका छन् ।

https://youtu.be/Obao51dhTVA?si=H7eQx6Mn6syja1u0

भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको गाडिमा आगजनी ,कोटेश्वर बालकुमारी क्षेत्र तनावग्रस्त

भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले प्रयोग गर्ने गाडीमा आगजनी भएको छ ।रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षाको विषयलाई लिएर

कोरिया जान चाहेका युवाहरुले शुक्रबार गरेको विरोध प्रदर्शनको क्रममा बालकुमारीमा मन्त्रीको गाडीमा आगजनी गरेको गरेका हुन् ।उनीहरुले बा २ झ ५८६१ नम्बरको गाडीमा आगजनी गरेका हुन्

सिप बिल्डिङका आवेदकलाई म्यानुफ्याक्चरतर्फ पनि आवेदन दिनु पर्ने माग गर्दै युवाहरुले विरोध प्रदर्शन गरेका हुन् । १८ जना युवाहरुले यो विदेशमा अदालतमा मुद्दा दायर गरेपछि अदालतले ति १८ जनालाई भाषा परीक्षामा सामेल गरौँ भनेको थियो । तर रिट नहालेकालाई पनि सहभागी गराउनु पर्ने भन्दै अन्य युवाहरु प्रदर्सहनमा उत्रिएका हुन् ।

प्रदर्शनकारीले सडक पनि अबरुद्ध पारेका छन् । अहिले कोटेश्वर बालकुमारी क्षेत्र तनावग्रस्त छ ।

फिल्म ‘उपहार’को दोस्रो गीत सार्वजनिक,फागुन २५ गतेदेखि प्रदर्शन हुने

रेखा थापा निर्मित तथा अभिनीत फिल्म ‘उपहार’को दोस्रो गीत सार्वजनिक भएको छ।

बिहीबार ओएसआर डिजिटल युट्युब च्यानलमार्फत फिल्ममा समावेश ‘मुटुको ४ आना’बोलको गीत सार्वजनिक गरिएको हो। गीतको भिडिओमा रेखा थापा, पूजा शर्मा, बेनिशा हमाल, किरण केसी, राजाराम पौडेल, शिशिर राणा, निर्मल शर्मा, रामचन्द्र अधिकारी, विनोदकुमार पौड्याललाई देख्न सकिन्छ।

समीक्षा अधिकारी र महेन्द्र विकको स्वर रहेको गीतमा शब्द तथा संगीत अर्जुन पोखरेलको छ। गीतलाई कविराज गहतराजले कोरियोग्राफी गरेका हुन्।

ज्ञानेन्द्र देउजा निर्देशित फिल्ममा मुकुन भुषाल, तेज गिरी, समर्पणजंग कार्की, सुष्मा कार्की, अंशु महर्जन, आशा भुुषाललगायत कलाकारको पनि अभिनय छ। अभिनेत्री थापाका श्रीमान् बलराम शाही ठकुरी कार्यकारी निर्माता रहेको फिल्मका निर्माता सुलभ प्रतिक र समीक्षा देउजा हुन्।

रेखा फिल्म्स र कपनगढी फिल्म्सको ब्यानरमा निर्माण भएको फिल्ममा विष्णु कल्पित घिमिरेको छायांकन, अर्जुन पोखरेल र बाबुल गिरीको संगीत, मित्र डि गुरुङको सम्पादन, सुलक्षण भारतीको कथा, भारतीका साथै अभिमन्यू निरवी र माधव शर्माको पटकथा तथा संवाद, अनुपम गौतमको भिएफएक्स र रोशन श्रेष्ठको द्वन्द्व निर्देशन छ।
यो फिल्म फागुन २५ गतेदेखि प्रदर्शन हुनेछ।

रेकर्ड बनाएको सुनको भाउ आज तोलामा १ हजार ३ सय रुपैयाँले घट्यो

सुनको भाउ आज शुक्रवार तोलामा एक हजार तीन सय रुपैयाँले घटेको छ । आज भाउ घटेर तोलाको एक लाख २० हजार सात सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो बिहीवार एक हजार तीन सय रुपैयाँले बढेर सुनको भाउ अहिलेसम्मकै उच्च तोलाको एक लाख २२ हजार रुपैयाँ कायम भएको थियो । अस्ति बुधवार पनि सुन आजकै भाउ तोलाको एक लाख २० हजार सात सय रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको भाउ पनि घटेको छ । ३५ रुपैयाँले घटेर चाँदी आज तोलाको एक हजार चार सय ५५ रुपैयाँ तोकिएको महासङ्घले जनाएको छ । अस्ति बुधवार तोलाको एक हजार चार सय ७५ रुपैयाँमा कारोबार भएको चाँदीको भाउ हिजो १५ रुपैयाँले बढेर एक हजार चार सय ९० रुपैयाँ तोकिएको थियो ।

गायक बिनोद पछाइको ‘बेल पाक्यो’सार्वजनिक ,रिहान शंकर र आशा वि.सीले अभिनय

गायक बिनोद पछाइको ‘बेल पाक्यो’गितको म्युजिक भिडियो भर्खरै सार्वजनिक भएको छ ।
यस गितमा शब्द ,संगित विवेकानन्द पाण्डे, संगित संयोजन बिशन मानन्धरको रहेको छ भने स्वर विनोद पछाइको रहेको छ ।

गितको छायांकन तथा सम्पादन ओम प्रसाइले गरेका छन् । रमेश पाठकले निर्देशन गरेको गितमा रिहान शंकर र आशा वि.सीले अभिनय गरेका छन् । मायामा बिछोडिएका जोडिको कथालाइ चित्रण गरिएको सो गितको मिक्सिङ/मास्टरिङ महेश्वरमान राज भण्डारीले गरेका हुन ।

उक्त गितको भिडियो जिनियस म्युजिक युटुब च्यानल मार्फत डिजिटल बजारमा सार्वजनिक भएको छ ।

लोकप्रिय