फोर आइज न्युज
सोमवार, साउन ६, २०८२

This Week

आज क्रिसमस : क्रिश्चियन धर्मावलम्बीले धुमधामकासाथ मनाउँदै

क्रिश्चियन धर्मावलम्बीहरूले आज क्रिसमस दिवस मनाउँदैछन् ।

अङ्ग्रेजी पात्रो अनुसार हरेक वर्ष २५ डिसेम्बरमा येशु ख्रिष्टको जन्मदिनको खुशियाली मनाउने परम्पराअनुसार क्रिश्चियन धर्मावलम्बीले आज क्रिसमस मनाउन लागेका हुन् । दुई हजार वर्षअघि जेरुसेलमको बेथलेहममा कन्या मारियमको कोखबाट येशुको जन्म भएको मानिन्छ । येशुलाई जिसस क्राइस्ट पनि भनिन्छ । उहाँले मानव समुदायका लागि पुर्‍याएको योगदानको सम्झनामा ईस्वी संवत् चलाइएको विश्वास गरिन्छ।

क्रिसमस दिवसका अवसरमा सरकारले आज सार्वजनिक बिदासमेत दिएको छ । ‘ख्रीष्टमस’ पनि भनिने यस अवसरमा आज देशभरका चर्चहरुमा प्रार्थनालगायत कार्यक्रम गरी येशु ख्रीष्टको सम्झना गरिँदैछ । क्रिसमसमा येशुको शिक्षा एवम् उपदेशको मनन गर्नुकासाथै प्रेम प्रकट गर्दै, शुभकामना तथा उपहार आदानप्रदान गरिन्छ । क्रिसमसका अवसरमा काठमाण्डौ, ललितपुर, भक्तपुर, पोखरालगायत सहरमा विशेष रौनक छ । बजार र ठूला व्यापारिकस्थलमा क्रिसमस ट्रीलगायतले सजाइएको छ ।

क्रिसमसको अवसरमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्रीलगायतले शुभकामना सन्देश दिएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले शुभकामना व्यक्त गर्दै यस पर्वले राष्ट्रिय एकतालाई थप मजबुत तथा सुदृढ बनाउन सहयोग पुग्ने विश्वास लिएको बताएका छन् ।

चाडपर्वको माध्यमबाट विविध सांस्कृतिक पहिचान एवम् धार्मिक आस्था बोकेका समुदायबीच आपसी सद्भाव, सहिष्णुता र ऐक्यबद्धताको भावना अभिवृद्धि हुनाका साथै राष्ट्रिय एकतालाई थप मजबुत तथा सुदृढ बनाउन सहयोग पुग्ने राष्ट्रपतिको विश्वास छ ।

यस्तै, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले क्रिसमस पर्वले राष्ट्रिय एकता, धार्मिक सहिष्णुता र सामाजिक सद्भावलाई अझ बलियो बनाउने भूमिका खेल्ने विश्वास लिएको बताएका छन् ।

नेपालको संविधानले बहुसांस्कृतिक विविधतालाई सम्मान गर्दै मौलिक हकका रुपमा सुनिश्चित गरेको विभिन्न जात, जाति, धर्म, भाषा, संस्कृति र सम्प्रदायबीच पारस्परिक सद्भाव, सहिष्णुता र ऐक्यबद्धता कायम गरी राष्ट्रिय एकता प्रवर्द्धन गर्नु सबैको साझा जिम्मेवारी भएको प्रधानमन्त्रीको भनाइ छ ।

कोशी र गण्डकी प्रदेशका उच्च पहाडी क्षेत्रमा हल्का हिमपातको सम्भावना, उपत्यकामा भने सामान्यतया मौसम सफा

आज कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक/दुई ठाउँमा हल्का हिमपातको सम्भावना रहेको छ ।

कोशी, बाग्मती र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहेर बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने मौसमविद् रोजन लामिछानेले बताएका छन् ।

लामिछानेका अनुसार काठमाडौं उपत्यकाको मौसम भने आज सामान्यतया सफा रहने छ ।

बिहान केहीबेर काठमाडौं उपत्यकासहित पहाडी र तराईका जिल्लामा हुस्सु र कुहिरो लागेको भए पनि घाम लागेसँगै हट्न थालेको र मौसम सफा रहेको उनले बताए । काठमाडौंमा आज पारिलो घाम लाग्ने उनले बताएका छन् ।

गायक पंगेनीको एकल आवाजमा ‘चिल्लो कारको अघिल्लो सिट’ सार्वजनिक (भिडियोसहित)

लोक तथा दोहोरी क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गरेर गीतहरु आउनेक्रम बढे संगै कलाकारहरुले नयाँ नयाँ गितहरु सार्वजनिक गरिरहेका छन् ।
सोहि क्रममा लोक दोहोरी गायक बद्रि पंगेनीको नयाँ दोहोरी गित ‘चिल्लो कारको अघिल्लो सिट’बोलको गित चिल्लो कारको अघिल्लो सिट चिल्लो कारको अघिल्लो सिट भएको छ ।

सुप्रसिद्घ दोहोरी गायक बद्री पंगेनीको एकाल आवाजमा रहेको उक्त गितमा दिपक कँडेलको उत्कृष्ट शब्द सृर्जना एवम् दोहोरी गायक गणेश अधिकारी लय रहेको छ ।

बद्रि पंगेनीको कथावस्तु एवन् निर्देशनमा तयार भएको गितको म्युजिक भिडियोमा बद्री पंगेनी,अस्मिता ढकाल,मुक्ति पाण्डे,सुजन लम्साल,ऋषिराम लम्साल,कमल सरगम,बिनिता बराल र सूर्यकुमार परियार अभिनय देख्न सकिन्छ ।

म्युजिक भिडियोलाई राजेश घिमिरे र अनुराग परिहारले छांयाकन एवम् प्रविण भट्टले सम्पादन गरेका छन् ।

अत्यन्तै उत्कृष्ट मन छुने र एउटा प्रेमले खाडिँ छिरे पछि आफ्नो पिरतिमा आएको उतढचढाप, बिछोडको पिडामा तयार पारिएको गितको म्युजिक भिडियो को अफिसियल युटुव च्यानल मार्फत सार्वजनिक गरिएको छ ।

कोशीको लगातार दोस्रो जित, अप्सरी बेगमको ‘अलराउन्ड’ प्रदर्शन

प्रधानमन्त्री कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगितामा कोशी प्रदेशले लगातार दोस्रो जित निकालेको छ । कोशीको जितमा अप्सरी बेगमले ुअलराउन्डु प्रदर्शन गरिन् ।

आज शुक्रवार भएको खेलमा कोशीले बाग्मती प्रदेशलाई ८ विकेटले हरायो । बाग्मतीले दिएको ८८ रनको लक्ष्य कोशीले १८ ओभर १ बलमा भेटायो । कोशीका लागि काजल श्रेष्ठ र अप्सरी बेगमले समान नट आउट ४१ रन बनाए । बलिङतर्फ बाग्मतीकी संस्कृति फुयाँल र सोनी पाख्रिनले समान १ विकेट लिए ।

यसअघि कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको बाग्मतीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर ८७ रन बनायो । बाग्मतीका लागि यशोदा विष्टले सर्वाधिक ४१ रन बनाइन् । बलिङतर्फ कोशीकी सबनम राई र अप्सरी बेगमले समान २ विकेट लिए ।

यो जितसँगै कोशी २ खेलमा ४ अङ्कसहित तालिकाको शीर्ष स्थानमा छ । कोशीले पहिलो खेलमा कर्णाली प्रदेशलाई १० विकेटले हराएको थियो । बाग्मती २ खेलमा २ अङ्कसहित तालिकाको पाँचौँ स्थानमा छ ।

चाडपर्वको नाममा विद्यार्थीलाई फरक पोशाक किन्न बाध्य पारिए कारवाही : काठमाडौं महानगर

काठमाडौँ महानगरपालिकाले विद्यार्थीलाई विद्यालयबाहेक अन्य पोसाक किन्न बाध्य नपार्न नगर मातहतमा सञ्चालित विद्यालयलाई अनुरोध गरेको छ ।

केही विद्यालयले विभिन्न चाडपर्वका नाममा विद्यार्थीलाई नियमित विद्यालय पोसाकभन्दा फरक पोसाक किन्न बाध्य पारेको भन्ने गुनासो आएकाले अन्य पोसाक किन्न बाध्य नपार्न नगर मातहतमा सञ्चालित विद्यालयलाई अनुरोध गरिएको महानगरपालिकाका शिक्षा अधिकारी सीताराम अधिकारीले जानकारी दिए।

अधिकारीका अनुसार कोहीकसैले परिपत्र विपरीत कार्य गरेको पाइएमा काठमाडौँ महानगरपालिका शिक्षा ऐन, २०७५ ९संशोधनसहित० र अन्य प्रचलित कानुनबमोजिम दण्डसजाय गरिने छ ।

प्रधानमन्त्री प्रचण्डद्वारा इनरुवा सबस्टेशनको उद्घाटन

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाल विद्युत् प्राधिकरण इनरुवा सबस्टेशनको आज उद्घाटन गरेका छन् । बिहान सुनसरीको इनरुवा भोक्राहामा भएको कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले ४००/२२०/१३२/३३ केभी क्षमताको सबस्टेशनको उद्घाटन गरेका हुन ।

सबस्टेशनको उद्घाटन गर्दै उनले उज्यालो नेपालको अभियानमा यो सबस्टेशन महत्त्वपूर्ण रहेको र केही समयमै नेपाल सम्पूर्ण रुपमा उज्यालो हुने बताएका छन् । अहिले ९८ प्रतिशत नागरिकमा विद्युतको पहुँच पुगेको र अबको एकदेखि डेढ वर्षमा शतप्रतिशत पुर्याउने सरकारले लक्ष्य रहेको उनको भनाइ छ ।

प्रधानमन्त्री प्रचण्डले नदीबाट विद्युत् उत्पादन गर्ने र नेपालका सहर–सहर र गाउँगाउँमा पुर्याउने मात्र नभइ उत्पादित बिजुली छिमेकमा बेच्ने र विदेशी मुद्रा आर्जन गर्ने अवसर पनि सिर्जना भइसकेको बताएका छन् ।

सुनको भाउ तोलामा आठ सय रुपैयाँले बढ्यो

सुनको भाउ आज तोलामा आठ सय रुपैयाँले बढेको छ ।

हिजो तोलाको १ लाख १९ हजार रुपैयाँमा कारोबार भएको सुनको भाउ आज १ लाख १९ हजार ८ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यस्तै, चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँ बढेर एक हजार चार सय ८५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

निमोनिया रोकथामका लागि तयारी अवस्थामा रहन अस्पतालहरुलाई निर्देशन

चीनमा बालबालिकामा देखिएको कडा खालको निमोनिया नेपालमा पनि फैलन सक्ने सम्भावना भएकाले रोकथामका लागि तयारी अवस्थामा रहन सरकारले अस्पतालहरुलाई निर्देशन दिएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले निमोनियाको रोकथाम र उपचारका लागि अस्पतालहरुलाई उच्च सतर्कतासाथ तयारी अवस्थामा रहन भनिएको बताएका छन् । उनका अनुसार रेस्पिरेटरी सिन्सिटिअल भाइरस अर्थात् श्वासप्रश्वासमा असर गर्ने भाइरसले गर्दा चीनका बालबालिकामा कडा खालको निमोनिया देखिएको छ ।

कोरोना भाइरस जस्तै सर्ने डरले नेपालले यो रोगको उपचार र रोकथाममा लागि सबै निकायलाई सचेत गराइसकेको उनले जानकारी दिएका छन् । डा. बुढाथोकीले चीनबाट प्रवेश गर्ने सीमा नाका र अन्तर्राष्ट्रिय विमानस्थलमा रहेका हेल्थ डेस्कमा चेक तथा जाँचमा पनि कडाइ गरिएको बताएका छन्। चीनमा सङ्क्रमण देखिएको लामो समय भैसकेको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. बुढाथोकीले नेपालमा यसअघि देखिएकाभन्दा फरक र लामो समयसम्म निमोनियाका लक्षण देखिएका बिरामीको नमुना सङ्कलन गर्न पनि सबैलाई निर्देशन दिइएको बताउनुभयो । इमिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले यो खालको निमोनिया रोकथाम तथा उपचारका लागि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, जनस्वास्थ्य प्रयोगशाला, कान्ति बाल अस्पतालसँग छलफल गरिसकेको छ ।

महाशाखाका वरिष्ठ मेडिकल सुपरिटेन्डेन्ट डा। हेमन्त ओझाले सम्भावित जोखिम कम गर्नका लागि सरोकारवाला निकायसँग छलफल गरिएको बताएका छन् । उनले चीनमा देखिएको निमोनिया कुनै नौलो किसिमको सङ्क्रमण नभएको र श्वासप्रश्वाससम्बन्धी रोग रहेको उल्लेख गर्दै सबै निकायलाई सचेत बनाइएको जानकारी दिएका छन् ।

‘चीनमा एक्कासी धेरै बालबालिकामा निमोनिया देखिएको छ । कोरोना तथा मङ्किफक्सले गर्दा हामी झस्किएका छौँ । त्यसैले बेलैमा निमोनियाको रोकथाम र उपचारका लागि तयारी अवस्थामा रहन सबै निकायलाई निर्देशन दिएका छौँ,’ डा. ओझाले भने । उनले यो निमोनियाको परीक्षण गर्ने व्यवस्था नेपालमा रहेको भन्दै जोखिमको तह बढ्दै गए त्यसैअनुसार उपचार र रोकथाम गरिने बताएका छन् ।

कान्तिबाल अस्पतालका निर्देशक डा. पङ्कज रायले निमोनियाको उपचारका लागि अस्पताल तयारी अवस्थामा रहेको बताउनुभयो । रायका अनुसार रेस्पिरेटरी सिन्सिटिअल भाइरस (आरएसभी) गर्दा भएको निमोनियाले बच्चामा लामो समयसम्म रुघाखोकी लाग्ने, जीउ दुख्ने, श्वासप्रश्वाससम्बन्धी समस्या आउने, ज्वरो आउने, छाति बज्ने, सिँगान बग्नेलगायत जस्ता लक्षण देखिन्छन् ।

नेपालमा अहिले पनि आरएसभीले गर्दा हुने बिरामी छन् । तर चीनमा देखिएको आरएसभी भने यहाँ देखिएको भन्दा कडा खालको रहेको डाक्टरले बताएका छन् ।

काठमाडौंको न्यूनतम तापक्रम हिजोभन्दा बढ्यो मौसम आंशिक बदली

आज देशभरको मौसम आंशिक बदलीदेखि सामान्यतया सफा नै रहेको छ । नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

काठमाडौंमा आज बिहान न्यूनतम तापक्रम ५ दशमलव ६ डिग्री सेल्सियस मापन भएको छ । हिजो काठमाण्डौमा यस सिजनकै अहिलेसम्मको सबैभन्दा कम न्यूनतम तापक्रम ४ दशमलव ५ डिग्री सेल्सियस मापन भएको थियो । महाशाखाका मौसमविद् रोजन लामिछानेका अनुसार आज पानी पर्ने सम्भावना छैन ।

भोलि सुदूरपश्चिम र कर्णाली प्रदेशको पहाडी एक/दुई ठाउँमा हल्का वर्षाको सम्भावना रहेको छ । कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिमका उच्च पहाडी तथा हिमाली एकरदुई ठाउँमा हल्का हिमपातको सम्भावना छ।

मधेशलाई हराउँदै पीएम कप टी–२० मा बागमतीको विजयी सुरुवात

राजधानीमा आजबाट सुरु भएको प्रधानमन्त्री महिला टी -२० क्रिकेटमा बागमती प्रदेशले विजयी सुरुवात गरेको छ । आज भएको पहिलो उद्घाटन खेलमा अर्को प्रादेशीक टिम मधेशलाई २८ रनले पाखा लगाउँदै विजयी सुरुवात गरेको हो ।

११८ रनको विजयी लक्ष्य पछ्याएको धेश निर्धारित २० ओभरमा ५ विकेट गुमाएर मात्र ८९ रनमा समेटियो । उसका लागि प्रतिमा साहले १५, पूजा महतोले ३५, र अनुराधाच चौधरीले २१ रन बनाउन बाहेक अन्य कुनैपनि खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

बलिङतर्फ बागमतीकी अस्मिना कर्माचार्यले २ तथा मनिसा उपाध्यायले १ विकेट लिईन् । यसअघि सुरुवातमा ब्याटिङ गरेको बागमतीले निर्धारित २० ओभरमा यसोधा विष्टको ४७ तथा अस्मिना कर्माचायको ३१ रनको मद्दतमा ११७ रन जोडेको थियो ।

पुस १८ गतेसम्म चल्ने प्रतियोगिता मूलपानी र त्रिवि मैदानमा सञ्चालन हुनेछ । पहिलो पटक प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता राउन्ड रोविनको आधारमा हुँदैछ । यसअघि सहभागी टिमलाई दुई समूहमा विभाजन गरेर लिग कम नकआउटका आधारमा खेलाइँदै आएको थियो ।

तर यस पटकबाट महिला खेलाडीले पनि धेरै खेल खेल्ने अवसर पाउने भएका छन् । लिग चरणमा सहभागी हरेक टोलीले एक अर्कासँग खेल्नेछ । लिगमा हरेक टोलीले ७/७ खेल खेल्नेछन् ।

लिग चरणपछि अंक तालिकामा शीर्ष चारमा रहने टोली प्लेअफ पुग्नेछन् । जसमा शीर्ष दुईमा रहने टोलीले पहिलो क्वालिफायर खेल्नेछन् । विजेता टोली सिधै फाइनल पुग्नेछ ।

युक्रेनी सेनाको कब्जामा रहेका नेपालीको रिहाइका लागि कुटनीतिक पहल शुरु

सरकारले युक्रेनी सेनाको कब्जामा रहेका चार जना नेपालीको रिहाइका लागि कुटनीतिक पहल थालेको छ । अस्ति मङ्गलवार युक्रेन मामिलासमेत हेर्ने जिम्मेवारी पाएको जर्मनीको नेपाली दूतावासले त्यहाँ रहेको युक्रेनी पक्षसँग यस विषयमा कुरा गरेको हो ।

भेटमा युक्रेनी पक्षले नेपालीहरु कब्जामा रहेकोबारे औपचारिक जानकारी प्राप्त नभएको र नेपाली युद्धबन्दी भएमा रिहाइको पहल हुने आश्वासन दिएको छ । परराष्ट्र मन्त्रालयले उनीहरुको रिहाइका लागि अन्तर्राष्ट्रिय रेडक्रस सोसाइटी र अरु कुटनीतिक माध्यमहरुबाट पनि पहल भइरहेको जनाएको छ ।

बर्दियाका विवेक खत्री, काभ्रेका सिदार्थ ढकाल, मोरङका विकास राई र रोल्पाका प्रतिक पुन युक्रेनी सेनाको कब्जामा रहेका मन्त्रालयले पुष्टि गरेको छ ।

यसैबीच रुसी सेनामा कार्यरत रहेर ज्यान गुमाउने नेपालीको सङ्ख्या ७ पुगेको छ ।

रुसी सेनामा कार्यरत थप एक नेपाली नागरिकको ज्यान गएसँगै ज्यान गुमाउने नेपालीको सङ्ख्या ७ पुगेको हो । पछिल्लो पटक परराष्ट्र मन्त्रालयले नेपाली राहदानी भएका कुन्दन सिंह नागलको ज्यान गएको जनाएको हो ।

मन्त्रालयका अनुसार नेपालका लागि रुसका राजदूतमार्फत रुसी सेनामा भर्ना भएर निधन भएका नेपाली नागरिकहरुको शव नेपाल पठाउन र घाइतेलगायतका पीडित परिवारहरुलाई क्षतिपूर्ति उपलब्ध गराउन पुनः आग्रह गरिएको छ ।

यस्तै, मन्त्रालयले नेपाली नागरिकलाई रुसी सेनामा भर्ना नगर्न र भर्ना गरिएका नेपाली नागरिकलाई तत्काल फर्काउन राजदूतमार्फत रुसी सरकारलाई आग्रह पनि गरेको छ ।

काठमाडौंमा आज बिहानको न्यूनतम तापक्रम ४ दशमलव ८ डिग्री सेल्सियस

काठमाडौंमा आजको न्यूनतम तापक्रम ४ दशमलव ८ डिग्री सेल्सियस मापन भएको छ ।

यो तापक्रम यस सिजनको अहिलेसम्मकै सबैभन्दा कम रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज बिहान पौने ६ बजे काठमाण्डौको न्यूनतम तापक्रम ४ दशमलव ८ डिग्री सेल्सियस मापन भएको हो ।

हिजो दिउँसो काठमाडौंमा न्यूनतम तापक्रम ५ डिग्री सेल्सियस थियो । हिजो बिहान भने ५ दशमलव ५ डिग्री सेल्सियस थियो । महाशाखाका मौसमविद् सञ्जीव अधिकारीका अनुसार तापक्रम घट्दो क्रममा छ । चिसो बढ्दै गएको छ । काठमाडौं उपत्यकाबाहिर पनि चिसो बढिरहेको छ ।

देशभरकै तापक्रम घट्ने क्रममा रहेकाले चिसोबाट बच्ने उपाय अपनाउन महाशाखाले अनुरोध गरेको छ । मध्य र पश्चिम तराईका एक/दुई ठाउँमा आज बिहान हुस्सु र कुहिरो लागेको छ । तर दिउँसोपख घाम लागेसँगै हट्दै जानेछ । काठमाडौंमा पनि अहिले हल्का हुस्सु छ ।

त्यस्तै, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भिजिबिलिटी चार किलोमिटरसम्म छ । अहिले नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली छ । बाँकी ठाउँमा पनि मौसम आंशिक बदलीदेखि सामान्यतया सफा छ । मौसम दुईरतीन दिन यस्तै रहने अनुमान छ । हिमपात र वर्षाको सम्भावना भने नरहेको मौसमविद् अधिकारीले बताएका छन् ।

लोकप्रिय