फोर आइज न्युज
सोमवार, साउन ६, २०८२

This Week

चेतबहादुर बुढाथोकीको आवाजमा “पिर मा परेर” गीत सार्वजनिक

चेतबहादुर बुढाथोकीको आवाजमा “पिर मा परेर” गीत सार्वजनिक भएको छ । चेतबहादुर बुढाथोकीको शब्द र सङ्गीत रहेको गीतको सङ्गीत संयोजन रामकृष्ण थापाले गरेका हुन् । प्रेम र जीवनलाई निकै प्रेमील रुपमा गीतमा प्रस्तुत गरिएको छ ।

“पीर मा परेरा” एउटा गीत मात्र होइनस यो एउटा मन छुने यात्रा हो जसले प्रेमको सार र जीवनका चुनौतीहरूको सामना गर्न आवश्यक पर्ने शक्तिलाई समेट्छ। चेत बहादुर बुढाथोकीको सांगीतिक प्रतिभा र उत्कृष्ट टिमको साथमा यो गीतले संगीत प्रेमीहरुको मनमा विशेष स्थान पाइरहेको छ ।

यस अघि उनको हे लैलै ,सालको पात ,हाम्रो कहानी ,बाजा घन्काउ, भातैर मिठो लगाएका गित सार्वजनिक भैसकेका छन् ।

अबको २८ दिनभित्र मेलम्चीको पानी काठमाडौं ल्याउने मेलम्ची खानेपानी विकास समितिको दाबी

मेलम्ची खानेपानी विकास समितिले २८ दिन भित्रमा काठमाडौंमा पानी ल्याउने दाबी गरेको छ । समितिले हिजो विज्ञप्ति निकालेर आयोजना र ठेकेदार कम्पनीबीच सहमति भएकाले अबको २८ दिनभित्र पानी पथान्तरण गरिसक्ने बताएका हो ।

समितिका प्रवक्ता राजेन्द्रप्रसाद पन्तले निकाल्नुभएको विज्ञप्तिमा खानेपानी मन्त्रालयका सचिव सुरेश आचार्यको अध्यक्षतामा बसेको बोर्ड बैठकबाट निर्माण व्यवसायीसँग समझदारीपत्रमा हस्ताक्षर गरी तत्काल निर्माण व्यवसायीलाई साइटमा परिचालनका लागि आवश्यक सहजीकरण र समन्वय गर्ने निर्णय भएको उल्लेख छ ।

सहमति अनुसार निर्माण व्यवसायी सिनोहाइड्रो तत्कालै साइटमा परिचालन हुनेछ र दुई सिफ्टमा काम गरी बढीमा २८ दिनभित्र पानी सुरुङमा पठाउने प्रवक्ता पन्तले जानकारी दिनुभयो । गएको असार ८ गते वर्षायामको जोखिमलाई ध्यान दिएर सुरुङमार्फत् मेलम्ची नदीको पानी सञ्चालन गर्ने कार्य बन्द गरिएकोमा साउन २८ र २९ गते मेलम्ची नदीमा बाढी आएको कारण पुनः हेडवर्क्स पुरिएको पनि विकास समितिले बताएको छ ।

 

४६ अङ्कले बढेर शेयर बजारमा हरियाली, नेप्से ५ महिनायताकै उच्च विन्दुमा

लगातार छैटौँ दिन आज मङ्गलवार पनि शेयर बजार बढेर हरियाली भएको छ । शेयर बजार परिसूचक नेप्से आज ४५ दशमलव ९८ अङ्कले बढेर दुई हजार एक सय छ दशमलव ४८ विन्दुमा पुगेको छ ।

नेप्से गएको साउनयता पहिलो पटक २१ सय विन्दुभन्दा माथि पुगेको हो । आज सबै समूहको शेयर उकालो लागेकोमा उत्पादन र होटल समूहको शेयर उच्च अङ्कले बढेको छ । आज ११ वटा कम्पनीको शेयर १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ । समग्रमा बजार बढेको दिन आज सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ स्किमको शेयर भने सात प्रतिशतभन्दा धेरैले ओरालो लागेको छ ।

आज बजार बढे पनि कारोबार रकम भने हिजो सोमवारभन्दा घटेको छ । आज एक करोड ६४ लाख कित्ता शेयर पाँच अर्ब ९८ करोड ४६ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै शिवम् सिमेन्टको ३७ करोड ४३ लाख र सोल्टी होटलको शेयर २८ करोड ७३ लाख रुपैयाँमा किनबेच भएको छ ।

सुनको भाउ आज तोलामा दुई सय रुपैयाँले बढ्यो

सुनको भाउ आज तोलामा दुई सय रुपैयाँले बढेको छ ।

हिजो तोलाको एक लाख १७ हजार आठ सय रुपैयाँमा कारोबार भएकोमा आज भाउ बढेर तोलाको एक लाख १८ हजार रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

शुक्रवार तोलाको एक लाख १९ हजार एक सय रुपैयाँमा कारोबार भएको सुनको भाउ अस्ति आइतवार तोलामा एक हजार तीन सय रुपैयाँले घटेर एक लाख १७ हजार आठ सय रुपैयाँमा कारोबार भएकोमा हिजो अस्तिकै भाउ याथवत् रहेको थियो ।

आज चाँदीको भाउ तोलामा ५ रुपैयाँले घटेर एक हजार चार सय ५० रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

जनकपुरधाममा २१ जोडी वरवधूको निःशुल्क विवाह

विश्व हिन्दु परिषद्ले जनकपुरधाममा २१ जोडी वरवधूको निःशुल्क विवाह गराएको छ । जनकपुरधामको जानकी मन्दिरमा हिजो बेलुका सामूहिक विवाहको कार्यक्रम सम्पन्न भएको परिषद्का अध्यक्ष सन्तोष साहले जानकारी दिएका छन् ।

विवाह पञ्चमीको अवसर पारेर जनकपुरधाममा भएको महोत्सवमा सामूहिक निःशुल्क विवाहको आयोजना गरिएको थियो । सामूहिक शुभ विवाहका लागि लगन आवश्यक नभएको कारणले शुभविवाहको आयोजना गरेको परिषद्ले जनाएको छ ।

विवाहमा बेहुला तथा बेहुलीका लागि आवश्यक गर्ने कपडा, एक थान पोतेसहितका सबै सामग्री परिषद्ले निःशुल्क रुपमा उपलब्ध गराएको अध्यक्ष साहले बताउनुभयो । गरिब तथा विपन्न वर्गका बेहुला बेहुयसैबीच जनकपुरधाममा अन्नबाट सीताराम स्वयम्वरको आकृति बनाएका भारत उत्तरप्रदेशका कलाकार सतीश गुर्जरले पनि सामूहिक विवाह कार्यक्रममा स्वयंम्वर गरेका छन्
। उनले उत्तर प्रदेशकी यज्ञनी गुर्जरसँग स्वयम्वर गरेका छन् ।

विगत केही वर्षदेखि विश्व हिन्दु परिषद्ले सामूहिक विवाहको आयोजना गर्दै आएको छ । यसले विवाहमा हुने भड्किलो खर्चमा कमी आउनुका साथै दाइजोको समस्या घटाउने बेहुली पक्षका आफन्तले बताएका छन् । विवाह गरेकाहरुको कानुनी पक्रिया पूरा गर्न बेहुला बेहुलीको उमेर पुगेको कागजात पहिला नै संस्थाले लिएको थियो ।

डा.नवराजको ‘ठुली’मा श्रद्धा र गौरवको अभिनय

डाक्टर नवराज प्रधानको नयाँ गीत ’ठुली’ रिलिज भएको छ । ओएसआर डिजिटलको युट्युब च्यानलबाट सार्वजनिक गीतमा शब्द, सङ्गीत र स्वर डा. प्रधानकै छ । गीतको सङ्गीत संयोजन कालिप्रसाद बास्कोटाले गरेका हुन् ।

गीतको भिडियो पनि बनेको छ । जसमा अभिनेता गौरव पहारी र अभिनेत्री श्रद्धा क्षेत्री फिचर्ड छन् । प्रेमी–प्रेमिकाको भूमिकामा यी दुई भिडियोमा देखाइएको छ । परिवारका कारण प्रेम सम्बन्धमा आउने उतारचढावको कथा भिडियोले देखाउन खोजेको छ ।

गौरव र श्रद्धाका अलावा भिडियोमा निर्मल शर्मा, राम बहादुर अधिकारी लगायतका कलाकारको समेत अभिनय देख्न सकिन्छ । गौतमराज खड्काको निर्देशन रहेको भिडियोमा सौरभ लामाको छायाङ्कन र गौतमराज खड्काको सम्पादन छ ।

एनसेलविरुद्ध मुद्दा न्यायाधीश प्रकाशमानसिंह राउतको एकल इजलासमा

प्रतिनिधि सभाका स्वतन्त्र सांसद डा.अमरेशकुमार सिंहले एनसेलको शेयर खरिदबिक्री रोक्न माग गर्दै सर्वोच्च अदालतमा दायर गरेको रिट सुनुवाइका लागि न्यायाधीश प्रकाशमानसिंह राउतको एकल इजलासमा पेशी परेको छ ।

गत शुक्रबार दायर भएको उक्त रिट आज लगातार नवौं दिन पेशीमा परेको हो । यसअघि उक्त रिट सदैव पेशीमा परेपनि हेर्न नभ्याईनेमा पर्दै आएको छ ।

सांसद सिंहले गत शुक्रबार सर्वोच्चमा रिट हालेका हुन् । उनले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय,सञ्चार तथा सूचना प्रविधि मन्त्रालय,नेपाल दूर सञ्चार प्राधिकरण,कम्पनी रजिष्ट्रारको कार्यालय,आन्तरिक राजश्व विभाग र एनसेललाई विपक्षी बनाएर शुक्रबार दर्ता गराएका थिए ।

यस अघि उच्च अदालत पाटनमा परेको एनसेलविरुद्ध परेको रिट निवेदनमा अल्पकालीन अन्तरिम आदेश जारी भैसकेको छ। एनसेलको शेयर खरिद बिक्री प्रक्रिया रोक्नका लागि आदेश भैसकेको छ। उच्च अदालत पाटनको आदेश बमोजिम पनि एनसेलले शेयर बिक्री गर्न नपाउने भैसकेको छ।

सात वर्षअघि १ खर्ब ४४ अर्बमा एनसेलको ८० प्रतिशत शेयर खरिद गरेको मलेसियाको आजियाटा कम्पनीले हालसालै नेपाली संस्थापक रहेको बेलायती कम्पनी स्पेक्ट्रेलाइट युकेलाई जम्मा ६ अर्ब ५० करोडमा बिक्री गरेको गरेपछि विवाद भएको हो ।

चिसो बढेसँगै तराईंमा हुस्सु लाग्ने : मौसम

पश्चिमी वायुको आंशिक प्रभाव रहँदा चिसो बढ्ने क्रम जारी छ। देशभरको तापक्रम गिराबाट हुनसक्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। चिसोबाट बच्न आवश्यक सतर्क हुन विभागको आग्रह छ।

आज बिहान पहाडी भू–भागमा आंशिक बदली रहेको छ। बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ। तराईका थोरै स्थानमा हुस्सु र कुहिरो लागेको छ।

विभागका अनुसार दिउँसो कोसी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक बदली रहनेछ। बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ।

विभागले राति कोसी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक बदलीदेखि सामान्यतया सफा रहने बताएको छ। बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ।

पश्चिमी वायु कमजोर हुँदा आज देशका कुनै पनि प्रदेशमा वर्षा र हिमपातको भने सम्भावना छैन।

एनएसएलमा आज काठमाडौं र धनगढी खेल्दै

नेपाल सुपर लिग (एनएसएल) मा आज धनगढी एफसी र काठमाडौं रेजर्स खेल्दैछन् । खेल त्रिपुरेश्वरमा रहेको दशरथ रङ्गशालामा बेलुका ६ बजे शुरु हुने छ ।

धनगढी ५ खेलबाट ११ अङ्कसहित शीर्ष स्थानमा रहेको छ । गएको संस्करणको च्याम्पियन काठमाडौं ५ खेलबाट ८ अङ्ककासाथ चौथो स्थानमा छ । आजको खेल जितेमा धनगढीले शीर्ष स्थानमा तीन अङ्कको अग्रता बनाउने छ । काठमाडौंले जितेमा शीर्ष स्थानको धनगढीसँग अङ्क बराबरी गर्नेछ ।

रङ्गशालामा त्रिभुवन विश्वविद्यालयको दीक्षान्त समारोह हुने भएकाले हिजोको खेल आज बेलुका ६ बजेलाई सारिएको हो । यस्तै, आज बेलुका पाँच बजे हुने भनिएको स्पोर्टिङ इलाम र ललितपुर सिटीबीचको खेल भोलि दिउँसो एक बजेका लागि सारिएको छ । भोलि दुई वटा खेल हुनेछन् ।

फिल्म ‘नम्बरी सुन’ को नयाँ गीतको (भिडियो) सार्वजनिक,फिल्म माघ १९ गतेदेखि प्रदर्शन हुँदै

राजु गिरी निर्देशित फिल्म ‘नम्बरी सुन’ को नयाँ गीत सार्वजनिक भएको छ।

आइतबार ओएसआर डिजिटल युट्युब च्यानलमार्फत फिल्ममा समावेश‘तिमी बर म पीपल’बोलको गीत सार्वजनिक गरिएको हो। प्रताप दास र अनु चौधरीको स्वर रहेको गीतमा अर्जुन पोखरेलको शब्द र संगीत छ।

रामजी लामिछानेले कोरियोग्राफी गरेको गीतमा गौरव पहारी र नम्रता सापकोटा फिचर्ड छन्। गीतको भिडिओलाई मानकृष्ण महर्जनले छायांकन गरेका हुन्।

फिल्ममा गौरव र नम्रतासँगै सरोज खनाल, बुद्धि तामाङ, राजाराम पौडेल, विनोद न्यौपाने, किरण नेपाली, राजेन्द्र खड्गी, सबिन बास्तोला, गीता अधिकारी, नारायण खाती, अस्मिता न्यौपाने र राजेन्द्र गिरीलगायत कलाकारको अभिनय छ।

फिल्ममा शिवम अधिकारीको कथा र पटकथा, दिव्य सुवेदीको छायांकन, गौतमराज खड्काको सम्पादन, अर्जुन पोखरेल र सन्तोष श्रेष्ठको संगीत, अर्जुन पोखरेल र नारायण खातीको शब्द, राजेशपायल राई, प्रताप दास, शान्तिश्री परियार र अनु चौधरीको स्वर, विनोद भुजेलको ब्याकग्राउण्ड स्कोर, समीर मियाँको भीएफएक्स, देव महर्जनको द्वन्द्व, रामजी लामिछानेको कोरियोग्राफी छ।

नारायण खाती प्रस्तुतकर्ता रहेको फिल्ममा सरोज खाती, सबिन खाती र मनोज रिजाल निर्माता छन्। फिल्मलाई जिजिए ग्रुप र एफडी कम्पनीले वितरण गर्दैछ।

यो फिल्म माघ १९ गतेदेखि प्रदर्शन हुँदैछ।

त्रिविको ४९औँ दीक्षान्त समारोह हुँदै, १२ हजार ४ सय जनाभन्दा धेरै दीक्षित हुने

त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आज ४९औँ दीक्षान्त समारोहको आयोजना गर्दैछ । दशरथ रङ्गशालामा आयोजना हुने समारोहको प्रमुख अतिथि राष्ट्रपति रामचन्द्र पौडेल रहनुहुनेछ।

समारोह बिहान साढे ११ बजेदेखि शुरु हुनेछ । विद्यार्थीका लागि बिहान १० बजेदेखि नै समारोहस्थल खुल्ला गर्ने विश्वविद्यालयले जनाएको छ । यो वर्ष १२ हजार चार सय १५ जना विद्यार्थी दीक्षित हुन लागेका छन् ।

२०७९ सालको असारदेखि २०८० सालको असार मसान्तसम्म पास भएका ७३ हजार विद्यार्थीमध्ये १२ हजार चार सय १५ जना विद्यार्थीले दीक्षान्त समारोहमा सहभागी हुन आवेदन दिएका त्रिविले जनाएको छ ।

यो वर्ष एमफील, स्नातकोत्तर तह र स्नातक तह गरी २६ जना विद्यार्थी विभिन्न विभूषणबाट विभूषित हुँदैछन् । उनीहरूलाई राष्ट्रपतिबाट प्रमाणपत्र तथा सम्मान पत्र प्रदान गर्ने कार्यक्रम रहेको छ । त्यस्तै, एमफील र पीएचडीतर्फ गरी एक सय १३ जना विद्यार्थीलाई समेत राष्ट्रपतिबाटै प्रमाणपत्र तथा सम्मान पत्र प्रदान गरिने त्रिविले जनाएको छ ।

दीक्षान्त समारोहमा रहेका ५३ वटा स्टलहरूबाट विद्यार्थीलाई प्रमाणपत्र वितरण गरिनेछ । एमफील र पीएचडीका विद्यार्थी र पदक पाउने विद्यार्थीहरुले राष्ट्रपतिको हातबाट नै पदक तथा प्रमाणपत्र पाउँछन् भने अरुले स्टलबाट प्रमाणपत्र लिनुपर्छ ।

त्रिविले यो वर्षदेखि सबैभन्दा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई प्रदान गरिँदै आएको ‘कुलपति पदक’ भने बन्द गरेको छ । लेटर ग्रेडिङ प्रणालीबाट नतिजा सार्वजनिक गर्दै आएको त्रिविले उत्कृष्ट विद्यार्थी पाउन गाह्रो भएको भन्दै पदक बन्द गराएको हो । यसैबीच समान अङ्क ल्याउने एउटै ब्याचका विद्यार्थीहरुमध्ये त्रिविले आफूखुशी नाम छनोट गरेको विद्यार्थीहरुले गुनासो गरेका छन् ।

अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवसमा सप्ताहव्यापी कार्यक्रम

अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस साताव्यापी रूपमा मनाइँदैछ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयसँगै यससँग सम्बन्धित निकायहरूले साताव्यापी रूपमा विभिन्न कार्यक्रम गरी दिवस मनाउन लागेका हुन् । दिवसको पहिलो दिन आज मन्त्रालयले आप्रवासनको क्षेत्रमा काम गर्ने विभिन्न सङ्घसंस्थाहरूसँग मिलेर कार्यक्रम गर्दैछ ।

आप्रवासी श्रमिकमाथि हुनसक्ने विभेदलाई ध्यानमा राखेर संयुक्त राष्ट्रसङ्घले डिसेम्बर १८ मा आप्रवासी श्रमिक र तिनका परिवारको सदस्यहरूको अधिकार संरक्षण सम्बन्धी महासन्धि पारित गरेको दिनको सम्झनामा यो दिवस मनाइने गरिन्छ । यो वर्ष आप्रवासीको योगदानको कदर र अधिकारको सम्मान भन्ने मूल नाराकासाथ दिवस मनाउन लागिएको छ ।

श्रमिकको हक, अधिकारका लागि ल्याइएका कतिपय दस्ताबेज कार्यान्वयन नहुँदा उनीहरुले आफ्ना हकअधिकार उपभोग गर्न पाएका छैनन् । आप्रवासी श्रमिकले पारिश्रमिक तथा सेवासुविधामा विभेद खेप्नु परेको छ । एउटा भनेर अर्को काममा लगाउने, तोकिएको तलब सुविधा नदिनेलगायतका समस्या पनि उस्तै छ ।

खाने, बस्नेलगायतका आधारभूत आवश्यकता समेत पाउन नसकेको कतिपय श्रमिकको गुनासो छ । नेपालको अर्थतन्त्रलाई गतिशील बनाउन वैदेशिक रोजगारीमा रहेका श्रमिकको योगदान महत्त्वपूर्ण छ । अर्थतन्त्रको मेरुदण्डको रूपमा रहेको श्रम शक्तिलाई उत्पादनमूलक र प्रतिस्पर्धी बनाउँदै वैदेशिक रोजगारीबाट आर्जित पुँजी, प्रविधि, सीप र अनुभवलाई अधिकतम रूपमा परिचालन गर्ने सरकारी नीति भए पनि त्यसअनुसार काम हुन सकेको छैन ।

श्रम मन्त्रालयका सचिव केवलप्रसाद भण्डारीले मर्यादित श्रमसहितको रोजगारीको सुनिश्चितता, श्रम सम्झौता पुनरावलोकनका साथै नयाँ श्रम गन्तव्य मुलुकको पहिचान, अनलाइनमार्फत श्रम स्वीकृति र पुनः श्रम स्वीकृति लगायतका सेवा प्रदान, वैदेशिक रोजगारीमा रहेका सबैलाई सामाजिक सुरक्षा कोषमा आबद्ध, वैदेशिक रोजगार सम्बन्धी गुनासो तत्काल सुनुवाइ लगायतका काम भैरहेको बताएका छन् ।

विदेशका नेपाली दूतावासमा राखिएका श्रमिक हेल्प डेस्कलाई थप व्यवस्थित र प्रभावकारी बनाइने पनि उनले बताएका छन्।

लोकप्रिय