फोर आइज न्युज
सोमवार, साउन ६, २०८२

This Week

रूस–युक्रेन युद्धमा परेका नेपाली नागरिकहरुको उद्धार गर्न मानव अधिकार आयोगको आग्रह

राष्ट्रिय मानवअधिकार आयोगले रूस र युक्रेनबीचको युद्धमा परेका नेपाली नागरिकहरुको उद्धार गर्न सरकारलाई आग्रह गरेको छ । गैरकानुनी बाटो प्रयोग गरी नेपालीहरू रूसी र युक्रेनी सेनामा भर्ना भएका र केही नेपालीको ज्यान गएकोे, केही घाइते भएका र अझै पनि सयौँको सङ्ख्यामा नेपालीहरू सेनामा कार्यरत रहेका खबर र जानकारीप्रति गम्भीर ध्यानाकर्षण भएको आयोगले जनाएको छ ।

नेपाली नागरिकहरू जहाँ र जुनसुकै अवस्थामा रहे पनि उनीहरूको मानवअधिकारको संरक्षण र उद्धार गर्नु सरकारको कर्तव्य हुने विषय आयोगलाई सरकारलाई स्मरण गराएको छ । युद्धमा परी मृत्यु भएकाहरूको शव स्वदेशमा ल्याइ आफ्नो धर्म, संस्कृति र परम्पराअनुसार दाहसंस्कार गर्ने व्यवस्था मिलाउन र घाइतेहरूको उपचारका लागि प्रभावकारी पहल गर्न मानव अधिकार आयोगले सरकारसँग आग्रह गरेका छ ।

यस्तै, स्वदेश फर्कन चाहने नेपालीहरूलाई कुटनीतिक पहलद्वारा स्वदेश फर्कने व्यवस्था मिलाउन, मृतकका परिवार र घाइतेलाई राहत र क्षतिपूर्ति उपलब्ध गराउन तथा भविष्यमा गैरकानुनी बाटोबाट विदेश जाने अवस्थाको अन्त्य गर्न पनि आयोगले सरकारको ध्यानाकर्षण गराएको छन् ।

शेयर बजार झण्डै २८ अङ्कले बढ्यो, कारोबार रकम असार यताकै उच्च

हप्ताको पहिलो दिन शेयर बजार आज झण्डै २८ अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज २७ दशमलव ७५ अङ्कले बढेर दुई हजार २२ दशमलव ३५ विन्दुमा पुगेको छ । आज व्यापार, म्युचुअल फण्ड र बैङ्किङबाहेक अरु सबै समूहको शेयर बढेको छ । सबैभन्दा धेरै हाइड्रोपावर समूहको शेयर साढे पाँच प्रतिशतले उकालो लागेको छ ।

आज १० वटा जलविद्युत् कम्पनीको शेयर १० प्रतिशतले बढेर सर्किट लागेको छ । समग्रमा बजार बढेको दिन आज हिमालय लघुवित्तको शेयर सबैभन्दा धेरै झण्डै सात प्रतिशतले ओरालो लागेको छ । आज गएको असार यताकै सबैभन्दा धेरै कारोबार भएको छ ।

गएको असार १७ गतेपछि आज पहिलोपटक कारोबार रकम पाँच अर्ब रुपैयाँ नाघेको हो । आज एक करोड ७१ हजार कित्ता शेयर पाँच अर्ब १५ करोड ७८ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै हिमाल दोलखा हाइड्रोपावर कम्पनीको २५ करोड १२ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।

शीर्ष तीनमा रहेका लिभरपुल, आर्सनल र एस्टनभिल्लाको खेल हुँदै : प्रिमियर लिग

इङ्ग्लिस प्रिमियर लिग फुटबलमा आज चार खेल हुँदैछन् । नेपाली समयअनुसार बेलुका पौने ८ बजे वेस्टह्याम र उल्भ्स, ब्रेन्टफोर्ड र एस्टनभिल्ला तथा आर्सनल र ब्राइटनबीच खेल हुनेछ ।

त्यस्तै, राति सवा १० बजे शीर्षस्थानको लिभरपुल र म्यानचेस्टर युनाइटेड खेल्नेछन् । अङ्क तालिकामा १६ खेलमा ३७ अङ्ककासाथ लिभरपुल शीर्ष, ३६ अङ्कका साथ आर्सनल दोस्रो, ३५ अङ्क रहेको एस्टनभिल्ला तेस्रो र १७ खेलमा ३४ अङ्क रहेको म्यानचेस्टर सिटी चौथो स्थानमा छ ।

गएरातिको खेलमा साविक विजेता सिटीले क्रिस्टल प्यालेससँग दुई गोलको बराबरी खेल्दै अङ्क बाँडेको छ । सिटीले क्रिस्टल प्यालेससँग २ गोलको अग्रता जोगाउन सकेन । अरु खेलमा टोटनह्यामले नटिङ्घम फरेस्टलाई, चेल्सीले सेफिल्ड युनाइटेडलाई र एभर्टनले बर्नलीलाई २–० गोलले हरायो ।

त्यस्तै, न्युक्यासलले फुलह्यामलाई ३–० गोलले हरायो । बर्नमाउथ र लुटन टाउनबीचको खेलमा लुटन टाउनका कप्तानलाई खेलकैक्रममा हृदयघात भएपछि खेल एकरएकको बराबरीकै अवस्थामा रोकिएको छ । क्लबले कप्तानको अवस्था सुधारउन्मुख रहेको जनाएको छ ।

साताको पहिलो दिन सुनको भाउ आज १ हजार ३ सय रुपैयाँले घट्यो

सुनको भाउ तोलामा एक हजार तीन सय रुपैयाँले घटेको छ ।

अस्ति शुक्रवार तोलाको एक लाख १९ हजार एक सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज तोलामा एक हजार तीन सय रुपैयाँले घटेर १ लाख १७ हजार ८ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यस्तै, आज चाँदीको भाउ पनि तोलामा १५ रुपैयाँ घटेर एक हजार चार सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ ।

चेलिबेटी बेचबिखनसम्बन्धी हरिवंशको नयाँ गीत ‘हिँड माया हिँड’ (भिडियो) सार्वजनिक

हास्य कलाकार हरिवंश आचार्यले चेलबेटी बेचबिखनसम्बन्धी नयाँ गीत ल्याएका छन्।

यसअघि चेलबेटी बेचबिखनकै विषयमा ‘कर्कलो कोक्याउला’ र ‘काउली’ गीत गाएका आचार्यले अहिले ‘हिँड माया हिँड’ बोलको गीत ल्याएका हुन्। माइती नेपालको प्रस्तुतिमा बनेको गीतमा हरिवंशकै शब्द र संगीत छ। स्वरमा उनलाई गायिका स्मिता दाहालले साथ दिएकी छन्।

गम्भिर विष्टको कन्सेप्ट र निर्देशन रहेको म्युजिक भिडिओमा हरिवंशसँगै प्रियंका कार्की, कविता न्यौपाने, बालकृष्ण ओली लगायत कलाकारको अभिनय छ। गीतमा गाउँका युवतीहरूलाई ललाई फकाई गरेर विदेश पुर्‍याउने कथा देखाइएको छ।

पवन सुस्लिङले छायांकन गरेको म्युजिक भिडिओलाई प्रविण भट्टले सम्पादन गरेका हुन्।

स्वीकारोक्ति विश्व यात्रा २०२३” सम्पन्न

स्वीकाोक्ति फाउन्डेसन अमेरीकाको आयोजना र प्यावसक काठमाडौंको सहआयोजनामा स्वीकारोक्ति विश्व यात्रा २०२३” काठमाडौं बाट सुरु भएर काठमाडौंमै समापन गरिएको छ ।

यस विश्वयात्रा २०२३ शुक्रबार काठमाडौंमा साहित्यिक तथा युवा शैक्षिक शिखर सम्मेलनको आयोजना गर्दै समापन गरिएको हो । गत मंसिर ७ गते साामाजिक अभियन्ता प्रदिप घिमिरेसँगको सहकार्यमा सडक किनारमा रातको समयमा भोकै बस्न बाध्य करिब १३० जनालाई खाना खुवाएर विश्व यात्राको आरम्भ भएको थियो । त्यसको भोलि पल्ट अर्थात मंसिर ८ गते काठमाडौंको बाटोमा हरियो टिसर्ट सहित “सेभ द अर्थ” भन्ने नाराका साथ शान्तिको सन्देश दिन साइकल ¥याली समेत निकालिएको थियो ।

विश्वयात्राको दौरान काठमाडौं पछि झापाको बिभिन्न स्थानमा बृहत कार्यक्रम गर्दै धरान पुगेर बृक्षारोपण अभियानमा समेत सहभागीता जनाइएको थियो । नेपाल पछि सिक्किम दार्जिलिङ हुदै भारतको आसाम गहावटी पुगी फाउन्डेसनले नेपाली साहित्यका मुर्धन्य व्यक्तित्व लीलबहादुर क्षेत्रीलाई ६ लाख नेपाली नगद राशिसहित स्वीकारोक्ति सिद्धि पुरस्कार हस्तान्तरण गरेको थियोे ।
प्रज्ञा प्रतिष्ठानको सभा हलमा काठमाडौंमा भएको यात्राको अन्तिम कार्यक्रममा विभिन्न विद्यालयका करिव १३ सय विद्यार्थीहरूको सहभागिता रहेको स्वीकारोक्ति दर्शन अभियानका अभियान्ता तथा काठमाडौं कार्यक्रम संयोजक दयाराम घिमिरेले जानकारी दिएका छन् ।

सिक्किम विश्व विद्यालय नेपाली बिभागकी प्राध्यापक डाक्टर पुष्पा शर्माको प्रमुख आतिथ्य र स्वीकारोक्ति दर्शनका प्रवर्तक डेन्जोम साम्पाङ राइको अध्यक्षतामा भएको कार्यक्रममा महाअभियानको समापन भएको थियो । कार्यक्रममा स्वीकारोक्ति दर्शन सम्बन्धि स्वीकारोक्ति दर्शनका प्रवर्तक डेन्जोम साम्पाङ राई र मोटिभेटर राजाबाबु शाहले विद्यार्थीहरूको व्यक्तित्वको विकासका उपायहरू सुझाउनुभएको थियो । स्विकारोक्ति फाउन्डेसन अन्तर्राष्ट्रिय सम्पर्क, समन्वय तथा कार्यक्रम आयोजना प्रमुख कर्ण गुरुङले यस विश्व यात्रा सकारात्मक भाव सहित खुसी शान्ति र सद्भाव फैलाउने विशेष उदेश्यका साथ आयोजना गरिएको बताएका छन् । स्वीकारोक्ति विश्व यात्रा २०२३ मा नेपाल र भारतका विभिन्न स्थानहरुमा स्वीकारोक्ति दर्शन सम्बन्धि कार्यक्रमहरु सहित सम्पन्न भएको उनले बताए । साथै अन्य वर्षहरूमा अन्य देशहरूमा यो यात्रा जारी रहने गुरुङको भनाइ थियो । कार्यक्रममा स्विकारोक्ति फाउन्डेसन अन्तर्राष्ट्रिय सम्पर्क, समन्वय तथा कार्यक्रम आयोजना प्रमुख कर्ण गुरुङको चेतनाको बाटो बिचार संग्रह, मानव म्युजिक भिडियो र गोपाल पौडेलको “स्टोरी ह्वीथइन दी स्टोरी” कथा संग्रहको विमोचन समेत गरिएको थियो । कार्यक्रममा स्वीकारोक्ति दर्शनकी अभियान्ता तथा कलाकार शिला उप्रेतीको विशेष प्रस्तुति रहेको थियो भने सिक्किमका गायक तथा संगीतकार डाक्टर मनोज राई, गायक तथा संगीतकार सिडि विजय अधिकारी, गायक यम बराल र यस कुमारले गायन प्रस्तुति दिएका थिए ।

कार्यक्रममा प्रा.डा. टंकप्रसाद न्यौपाने, साहित्यकार राधेश्याम लेकाली, संगीतकार दीपक जंगम, कवि विप्लव प्रतीक, डाक्टर गोविन्द रिजाल, गीतकार डाक्टर कृष्णहरि बराल, काठमाडौं प्याप्सन अध्यक्ष प्रेम राई परिक्षित, कलाकार मनोज गजुरेल, सिक्किमका समाजसेवी जि.यस शर्माको विशेष उपस्थिति रहेको थियो । कार्यक्रममा स्वीकारोक्ति फाउन्डेसनका अभियान्ताहरु पातलो अन्तरे, शेखर कोईराला, दियालो शुसन माझी, नेत्र आचार्य, गजलकार दिलिप घिमिरे, विवश बलिभद्र कोईराला, खगिन्द्रा खुशी, कवि नवराज पराजुली, कविता पौडेल, उत्तम तुम्सा लिम्बू लगायतका स्रष्टाहरुले आफ्नो सृजना प्रस्तुत गरेका थिए ।

जिविएओका उपाध्यक्ष तथा अभियान्ता आभास रिखम मगरले स्वागत गरेको कार्यक्रम सञ्चालन लोकप्रिय कार्यक्रम प्रस्तोता दिनेश डिसी र पूर्व मिस नेपाल सुगारिका केसीको रहेको थिए ।

अन्तर्राष्ट्रिय बक्सिङ प्रतियोगितामा नेपालका प्रबल उप्रेती र छिरिङ वाङ्दी शेर्पा फाइनलमा

मलेसियाको पेनाङमा भइरहेको ३४औँ अन्तर्राष्ट्रिय बक्सिङ प्रतियोगितामा नेपालका प्रबल उप्रेती र छिरिङ वाङ्दी शेर्पा फाइनलमा प्रवेश गरेका छन् । यससँगै नेपालको कम्तीमा दुई रजत पदक पक्का भएको छ ।

पुरुष ५१ केजी तौल समूहमा प्रबलले इन्डोनेसियाका हसान बिन अजानलाई ५–० अङ्कको आधारमा पराजित गरी फाइनलमा प्रवेश गरेका हुन् । पुरुष ५७ केजीमा छिरिङले सिङ्गापुरका अब्दुल वाफी बिन इड्रिसलाई तेश्रो राउन्डमा आरएससीका आधारमा हराउँदै फाइनलमा स्थान पक्का गरेका हुन् ।

पुरुष ५४ केजीमा सिंहवीर लिम्बू तथा ६० केजीमा शुलभ माली सेमिफाइनलमै रोकिएपछि कास्यमा सीमित भएका छन् ।

काठमाडौं महानगरले आज २९औँ महानगर दिवस मनाउँदै

काठमाडौं महानगरपालिकाले आज २९औँ महानगर दिवस मनाउँदै छ । दिवसको मूल समारोह टुँडिखेलमा हुनेछ ।

गएका वर्षहरुमा दिवसको मूल समारोह आयोजना गर्ने गरिएको ठाउँ वसन्तपुरमा यसपालि गाडी प्रवेशमा निषेध गरिएको छ भने ठूलो स्पीकर राखेर गरिने कार्यक्रम रोकेको महानगरले जनाएको छ । यसकारण यस वर्षको कार्यक्रम टुँडिखेलमा गर्न लागिएको मेयर बालेन्द्र शाहले बताएका छन् ।

महानगरपालिकाको कार्यक्रम सैनिक मञ्चमा हुन लागेको यो पहिलो पटक हो । कार्यक्रममा सांस्कृतिक झाँकीहरु प्रस्तुत हुनेछन् । यसैबीच, २९औँ महानगर दिवसको सन्दर्भ पारेर भएको बाँसुरीवादन प्रतियोगितामा वडा नं. २६ को थवही ल्याय्म्ह पुचः मचा कवको समूह पहिलो भएको छ ।

यस्तै वडा नं. १६ को श्री श्वेत विनायक बाँसुरी ल्हुति संरक्षण समितिको समूह दोस्रो र वडा नं। २० को अशोक विनायक व्यवस्थापन समाजको समूह तेस्रो भएको छ । प्रतियोगितामा पहिलो हुनेलाई १ लाख ५० हजार रुपैयाँ नगद र शिल्डमा चाँदीको ठूलो बाँसुरी, दोस्रो हुनेलाई १ लाख रुपैयाँ नगद र शिल्डमा चाँदीको मझौला बाँसुरी र तेस्रो हुनेलाई ५० हजार रुपैयाँ नगदसहित शिल्डमा चाँदीको सानो बाँसुरी प्रदान गरिएको छ ।

प्रतियोगिताको निर्णायक मण्डलमा नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानबाट जीवन आले, सांस्कृतिक संस्थान (राष्ट्रिय नाच घर) बाट दुर्गाप्रसाद खतिवडा, रेडियो नेपालबाट डा. निरञ्जन राजभण्डारी हुनुहुन्थ्यो ।

विजेतालाई पुरस्कार तथा प्रमाण पत्र प्रदान गर्दै उपमेयर सुनिता डङ्गोलले, अमूर्त सांस्कृतिक सम्पदासँग जोडिएका बाजागाजा र वाद्य परम्परा जोगाउने कामलाई महानगरपालिकाले प्राथमिकतामा राखेको बताएका छन् । प्रतियोगितामा ७ वटा समूहले भाग लिएका थिए । विजेता ३ समूहबाहेक अरु समूहलाई प्रोत्साहनस्वरुप १०/१० हजार रुपैयाँ प्रदान गरिएको थियो ।

सुर्तीजन्य उत्पादनहरूमा प्रतिबन्ध लगाउन संसारका सबै देशलाई डब्ल्यूएचओको आग्रह

विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओले संसारका सबै देशहरूलाई सुर्तीजन्य उत्पादनहरूमा प्रतिबन्ध लगाउन आग्रह गरेको छ ।

डब्ल्यूएचओले विभिन्न स्वादमा उपलब्ध गराइने ई–चुरोट (भेप) को प्रयोगबाट युवाहरू निकोटिनको लतमा परेको उल्लेख गर्दै त्यसलाई रोक्न आग्रह गरेको हो ।

विभिन्न स्वादमा दिइने ई–चुरोटले युवालाई लतको सिकार बनाउँदै लगेको डब्ल्यूएचओले जनाएको छ ।

डब्ल्यूएचओका महानिर्देशक टेड्रोस गेब्रेयससले १३–१४ वर्षका बालबालिकाहरूले ई–सिगरेट प्रयोग गरिरहेका भन्दै उनीहरू निकोटिनको लतमा परेकाले पनि यस विषयमा कडा कदम चाल्न जरुरी भएको उल्लेख गरेका छन् ।

धनकुटामा एमाले अध्यक्ष ओलीमाथि मुक्का प्रहार

मध्य पहाडी राजमार्गमा संकल्प यात्रामा रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीमाथि धनकुटामा एक जनाले मुक्का प्रहार गरेका छन् ।

भोजपुरबाट धनकुटा प्रवेश गरेपछि महालक्ष्मी नगरपालिका ५ लेगुवामा ओलीमाथि मुक्का प्रहार भएको हो । उनीमाथि लेगुवाकै महेश राईले मुक्का हानेका हुन् ।

अतिथि सत्कारको लाइनमा माला लगाउन उभिएका राईलेले अध्यक्ष ओलीलाई मुक्का प्रहार गरेका हुन् । तत्काल ओ‌लीका अंगरक्षक र एमाले कार्यकर्ताले रोकेका थिए । लगत्तै प्रहरीले राईलाई पक्राउ गरी अनुसन्धान सुरू गरेको छ ।

एमाले अध्यक्ष ओली पार्टीको मध्यपहाडी लोकमार्ग केन्द्रित संकल्प यात्रा अभियानमा सहभागी छन् । सोही दौरान उनी धनकुटा जाने कार्यक्रम रहेको थियो।

पहाडका केही ठाउँमा हल्का वर्षाको सम्भावना

काठमाडौं उपत्यकासहित देशका धेरै ठाउँमा हुस्सु कुहिरो लागेको छ ।

उपत्यकासहित पहाडी क्षेत्रमा लागेको हुस्सु केहीबेर पछि हट्दै गइ घाम लाग्ने मौसमविद्ले बताएका छन् । तर, पश्चिमी वायुको प्रभाव रहेकाले मौसम पूर्ण रुपमा खुल्ने सम्भावना भने नभएको मौसमविद् रोजन लामिछानेले जानकारी दिएका छन् । उनका अनुसार दिउँसो केहीबेर घाम र केहीबेर बादल लाग्ने क्रम चलिरहने छ ।

आज पहाडी क्षेत्रका एकरदुई ठाउँमा हल्का पानी पर्ने अनुमान पनि गरिएको छ । यस्तै, उच्च पहाडी र हिमाली क्षेत्रमा पनि हिमपातको अनुमान छ । यसैबीच, बाक्लो हुस्सु कुहिरोका कारण पूर्वी तराईको जनजीवन प्रभावित हुन थालेको छ । केही दिनयता विराटनगर, जनकपुरलगायत क्षेत्रमा बाक्लो हुस्सु कुहिरो लाग्न थालेको छ । हुस्सु कुहिरो दिउँसोपछि मात्रै हट्ने भएकाले त्यस क्षेत्रमा पारिलो घाम लाग्ने सम्भावना नरहेको मौसमविद् लामिछानेले बताएका छन्। मंसिर महिनाको अन्तिमतिर आएसँगै देशभर चिसो बढेको छ ।

यसैबीच, यसपालिको हिउँदयाममा नेपालमा औसतभन्दा बढी वर्षा हुने अनुमान गरिएको छ । जल तथा मौसम विज्ञान विभागले यसपालिको हिउँदमा औसतभन्दा धेरै वर्षा हुने प्रक्षेपण गरेको हो । हिउँदमा ६० दशमलव १ मिलिमिटरसम्म वर्षा हुनुलाई औसत वर्षा मानिन्छ । यसपालि योभन्दा धेरै पानी पर्ने सम्भावना रहेको विभागले जनाएको छ । नेपालमा डिसेम्बर १ तारिखदेखि फेब्रुअरी २८ तारिखसम्मको तीन महिनाको अवधिलाई हिउँदयाम मानिन्छ ।

शेयर बजार दोहोरो अङ्कले बढ्यो, २ अर्ब ७९ करोड रुपैयाँको कारोबार

शेयर बजार लगातार दोस्रो दिन पनि बढेको छ । हिजो बुधवार ३ अङ्कले बढेको शेयर बजार परिसूचक नेप्से आज ११ दशमलव ७३ अङ्कले बढेर १ हजार ८ सय ५२ दशमलव ७३ विन्दुमा पुगेको छ ।

आज व्यापारबाहेक सबै समूहको शेयर बढेको छ । आज बीमा, होटल तथा पर्यटन, उत्पादन तथा प्रशोधन, विकास बैंक र जलविद्युत् समूहको शेयर उच्च अङ्कले उकालो लागेको छ ।

आज सबैभन्दा धेरै त्रिशूली जलविद्युत् कम्पनीको शेयर १० प्रतिशत तथा समाज लघुवित्त र सीवाईसी नेपाल लघुवित्तको शेयर झन्डै १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढेको दिन आज ग्लोबल आईएमई लघुवित्तको शेयर साढे ७ प्रतिशतभन्दा धेरैले घटेको छ ।

आज ९५ लाख कित्ता शेयर २ अर्ब ७९ करोड रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै नेपाल रिइन्सुरेन्स कम्पनीको ८६ करोड ८३ लाख रुपैयाँको शेयर किनबेच भयो ।

लोकप्रिय