फोर आइज न्युज
बिहिबार, चैत्र २०, २०८१
  • होमपेज
  • गजल-हातमा उठ्या ठेला उस्तै छन।

गजल-हातमा उठ्या ठेला उस्तै छन।

गजल-हातमा उठ्या ठेला उस्तै छन।

एलिना संग्रौला, बिर्तामोड, झापा

गजल-हातमा उठ्या ठेला उस्तै छन।
बाटो खन्दा हातमा उठ्या ठेला उस्तै छन।
त्यही बाटो भत्काउने ती भेला उस्तै छन्।
जति नयाँ भने पनि पुरानै हुन चाला,
किनभने पाठशालाका चेला उस्तै छन् ।
देश विकाश गर्छु भन्दै विनाश पो गर्छन,
काममा ढिलासुस्ती अनि अबेला उस्तै छन् ।
सिंहदरवार धुम्टो ओड्छ सर्माएर आफैँ,
त्यहाँ भित्र हुने झमेला उस्तै छन् ।
लाग्छ अझै नेताको खेल बचपन जस्तो,
छलकपट ठट्टा अनि रेला उस्तै छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका