फोर आइज न्युज
आइतवार, असार १५, २०८२
  • होमपेज
  • वर्षौ देखिका सपना साकार पार्दै बाबुराम बि.सि. सांगीतीक दुनियाँमा प्रवेश

वर्षौ देखिका सपना साकार पार्दै बाबुराम बि.सि. सांगीतीक दुनियाँमा प्रवेश

वर्षौ देखिका सपना साकार पार्दै बाबुराम बि.सि. सांगीतीक दुनियाँमा प्रवेश

अर्घखाँचि जिल्ला घर भइ हाल रोजगारको सिलसिलामा मलेसियामा कार्यरत नव गायक बाबुराम बि. सि प्रवासमा बसेर नै आफ्नो आवाजमा पहिलो गीत रेकर्डिङ गराएर सांगीतिक करियरको यात्रा सुरु गरेका छन्।

सानैदेखि नेपाली गीत संगीत प्रती झुकाव रहेका गायक बाबुरामले मलेसियाको बसाई क्रममा गायक तथा संगीतकार मनिपाल राई सँग भेट भएपछि उहाँको पहलमा नै आफ्नो पहिलो गीत रेकर्ड गर्न सफल भएको बताएका छन्।
प्रवासमा बसेर पनि नेपाली गीत संगीत क्षेत्रमा निकै ठुलो भुमिका खेलिरहेका युवा गायक तथा संगीतकार मनिपाल राईको संगीतमा आफ्नो शब्द रहेको लोक दोहोरी गीत मलेसियाको रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको हो।

नव गायक बाबुराम बि.सि लाई दोहोरीमा गायिका बिमला भट्टले साथ दिएकी छिन् गायिका भट्टले निकै मिहेनातका साथ राम्रो गाएकी छिन् भनी गायक तथा संगीतकार मनिपाल राईले भन्नुहुन्छ उहाँका भनाइ  अनुसार गीतको शब्द निकै मार्मिक रहेको र शब्दले खोजे जस्तै संगीत र स्वर भएकोले पनि गीतले सम्पुर्ण लोकपराखी मनहरुको मन जित्नेमा आशावादी रहेको जानकारी दिनुभएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका