फोर आइज न्युज
शनिबार, चैत्र २९, २०८१
  • होमपेज
  • युगान्डाद्वारा करिब एक टन हस्तीहाड जफत

युगान्डाद्वारा करिब एक टन हस्तीहाड जफत

युगान्डाद्वारा करिब एक टन हस्तीहाड जफत

युगान्डाका सुरक्षाकर्मीले झन्डै एक टन हस्तीहाडलाई युगान्डाको राजधानी नजिकैबाट जफत गरेको छ । पानीजहाजबाट विदेश पठाउन लागेको भनी प्राप्त गोप्य सूचनाका आधारमा उक्त हस्तीहाड एक घरमा भन्डारण गरी राखिएको अवस्थामा शुक्रबार जफत गरिएको हो ।
युगान्डा वन्यजन्तु सुरक्षा अधिकारी प्रवक्ता गेटा सिम्प्लिसिअसका अनुसार कम्पलाको बाहिरी क्षेत्रमा अवस्थित एक विशाल घरमा हस्तीहाड लुकाएर राखेको आरोपमा दुई पश्चिम अ फ्रिकी नागरिकलाई पक्राउ गरिएको छ ।
उनीहरुलाई बेरिया र ग्युनिया विसाउका नागरिक रहेका सिम्प्लिसिअसले बताउनुभयो । उहाँले हस्तीहाड तान्जिनिया र कङ्गोबाट ल्याइएको हुन सक्ने बताउनुभयो ।
अफ्रिकी राष्ट्र युगान्डा करिब पाँच हजार छ सय हस्ती रहेको सरकारी तथ्याङ्क छ । अफ्रिकी मुलुकमा हस्तीहाडका लागि हात्ती मार्ने क्रम बढेपछि पछिल्ला केही वर्षयता नियन्त्रण प्रयास मजबुत पारिएको भए पनि चीनलगायतका देशमा यसको राम्रो मूल्य पाउने हुँदा अभियान सफल भने हुने गरेको छैन ।
चीनले पनि सन् २०१७ को अन्त्यसम्म हस्तीहाड व्यापारमा पूर्णतया रोक लगाउने योजना ल्याएको छ । रासस÷एपी

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका