फोर आइज न्युज
सोमवार, मंसिर ३०, २०८२
  • होमपेज
  • एएफसी एसियन कप–खेलाडी छनोट

एएफसी एसियन कप–खेलाडी छनोट

एएफसी एसियन कप–खेलाडी छनोट

नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक ग्योतोकु कोजीले फिलिपिन्समा हुने एफसी एसियन कप छनोट–२०१९ का लागि ३६ जना खेलाडी छनोट गर्नुभएको छ ।
गएको नोबेम्वरमा एएफसी सोलिडारिटी कप जितेको टोलीका २३ खेलाडी र बाँकी १३ खेलाडी गरी ३६ खेलाडी छनोट गरिएको हो । उक्त खेलाडीको बन्द प्रशिक्षण आगामी फागुन १ गतेदेखि हुनेछ ।
छनोट हुने खेलाडीमा रवीन श्रेष्ठ, विराज मर्हजन, अनन्त तामाङ, दीपक गुरुङ, आदित्य चौधरी, विमल घर्तीमगर, विशाल राई, राजन विष्ट, अनिल गुरुङ, हेमन गुरुङ, विकराम लामा तथा कमल श्रेष्ठ छन् ।
त्यसैगरी अन्जन विष्ट, सुजल श्रेष्ठ, किरण लिम्बू सुमन लामा, नवयुग श्रेष्ठ, देवेन्द्र तामाङ, विशाल श्रेष्ठ, भरत खवास, राजेन्द्र रावल, रञ्जीत धमाल, एलन न्यौपाने, कर्ण लिम्बू, युवराज खड्का, रवी पासवान विश्व अधिकारी छन् ।
विमल पाण्डे, सुनिल बल, जीतेन्द्र कार्की, दीनेश राजवंशी, रोहित चन्द, हेमन्त थापामगर र विमल बस्नेतपनि छनोटमा परेका छन् । एएफसी एसियन कपमा नेपालले आफनो पहिलो खेल आयोजक फिलिपिन्ससँग आगामी चैत १५ गते खेल्नेछ । अन्तिम चरणको छनोटमा २४ टोली सहभागी छन्, जसलाई छ समूहमा विभाजन गरिएको छ ।
प्रत्येक समूहको शीर्ष स्थान हासिल गर्ने दुई टोली एसियन कपमा छनोट हुनेछन् । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि?

सबै
स्थानीय तह निर्वाचनका लागि लमजुङमा निर्वाचन सामग्रीसहित मतदान केन्द्रका कर्मचारी खटिएका छन् । जिल्लामा आठ सय ९५ जना कर्मचारी खटिएका हुन् । चार नगरपालिका र चार गाउँपालिका रहेको लमजुङमा १२३ मतदानस्थल र १८२ मतदान केन्द्र रहेको छ ।  मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार एक सय ८२ जना मतदान अधिकृत र एक सय ८२ जना नै सहायक मतदान अधिकृत खटिएका छन् । यसमा तीन सय ४९ जना सहयोगी कर्मचारी र एक सय ८२ जना कार्यालय सहयोगी पनि मंगलबारसम्म खटिसकेको मुख्य निर्वाचन अधिकृत शिवप्रसाद खनालले बताए । उनका अनुसार निर्वाचन तयारी पूरा भएसँगै मतदान केन्द्रमा मतदानका सामग्री सहित कर्मचारी गाउँगाउँ पुगेका हुन् ।  निर्वाचन सफल पार्न चारै तहका कर्मचारी मतदात केन्द्रमा पुगेकोे लमजुङका प्रमुख जिल्ला अधिकारी शुसील वैद्यले बताए । प्रत्येक मतदान केन्द्रमा तीन तीन जना गरी पाँच सय ४६ जना स्वयंसेवक खटाइएको छ । एउटा मतदानस्थलमा एकदेखि तीन वटासम्म मतदान केन्द्र रहेको जिल्ला निर्वाचन कार्यालय लमजुङले जनाएको छ । कार्यालयका अनुसार पाँच सयभन्दा कम मतदाता रहेको १५ वटा मतदान केन्द्र छन् । पाँच सय सम्म मतदाता रहेको केन्द्रमा एक जना सहायक कर्मचारी र पाँच सयभन्दा बढी मतदाता रहेको केन्द्रमा दुई जना सहायक कर्मचारी खटिएका छन् ।