फोर आइज न्युज
शनिबार, चैत्र २९, २०८१
  • होमपेज
  • एप्पलका फोनमा समेत फोर जी चल्ने

एप्पलका फोनमा समेत फोर जी चल्ने

एप्पलका फोनमा समेत फोर जी चल्ने

नेपाल टेलिकमले सञ्चालनमा ल्याएको फोर जी एप्पलका मोबाइल फोनमा समेत चल्ने भएको छ । टेलिकमकी प्रवक्ता प्रतिभा वैद्यका अनुसार एप्पलका मोबाइल फोन सेटमा फोर जी चल्ने व्यवस्था गरिदिन टेलिकमले गरेको आग्रहअनुसार आगामी मार्चदेखि सहजरुपमा फोर जी सञ्चालनमा ल्याउने जानकारी दिएको छ ।
टेलिकमका अनुसार एप्पलका सबै सिरिजका मोबाइल सेटमा फोर जी चल्नेछ । टेलिकमले गत पुस १७ गतेदेखि नेपालमा पहिलोपटक फोर जी एलटिइ सेवा सञ्चालनमा ल्याएको थियो । काठमाडौँ र पोखरामा सञ्चालनमा ल्याएको सो सेवा यही माघ २२ गतेदेखि प्रिपेड मोबाइलमा समेत सञ्चालनमा आएको छ ।
एप्पलका मोबाइल फोनमा फोर जी चलाउन एप्पलको वेबसाइटमा गएर सामान्य सेटिङ गर्नुपर्नेसमेत टेलिकमले जनाएको छ । अन्य स्मार्टफोनमा फोर जी चलेपनि एप्पलको फोनमा नचल्दा समस्या रहँदै आएको थियो । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका