फोर आइज न्युज
बिहिबार, चैत्र २०, २०८१
  • होमपेज
  • आलुमा डढुवा रोगको प्रकोप बढ्दो, यी तरिका अपनाएर नियन्त्रण गर्नुहोस्

आलुमा डढुवा रोगको प्रकोप बढ्दो, यी तरिका अपनाएर नियन्त्रण गर्नुहोस्

आलुमा डढुवा रोगको प्रकोप बढ्दो, यी तरिका अपनाएर नियन्त्रण गर्नुहोस्

परिचय
यो रोग फाइटोप्थोरा इनफेस्टेनस् (Phytophthorainfestans) नामक ढुशीबाट लाग्दछ । प्राय यो रोगले सम्पूर्ण गोलभेंडा तथाआलु लगाउने क्षेत्रमा आक्रमण गर्दछ । नेपालमा स्थानीय र उन्नत दुबै किसिमका गोलभेंडामा तराई देखि पहाडसम्म आक्रमण गरेको पाईन्छ । उपयुक्त वातावरण भएमा रोगले २४ घण्टामा नै बारीकाबारी खतम पार्छ । रोग फैलन वातावरणको ठूलो भूमिका हुन्छ । प्रायः ९० प्रतिशत सापेक्षिक आद्र्रता १२–१३० से.ग्रे. तापक्रम भएमा स्पोरेन्जिया (Sporangia)  को अकुंरण छिटो भएतापनि २–२४० से.ग्रे. तापक्रमसम्म अकुंरण हुन सक्दछ । त्यसपछि तापक्रम अलिकति बढेमा उम्रने नली बन्छ र त्यहाँबाट माइसेलियमको विकास हुन्छ । यदि प्रशस्त चिस्यान र ज्यादै कम तापक्रम भएमा तुरुन्त रोग फैलने सम्भावना हुन्छ । साधारणतया रातीको तापक्रम कमसेकम ४० से.ग्रे. ४ घण्टासम्म वा १००से.ग्रे. रातभरी नै दिउँसो बदली भएमा र भोलिपल्ट कमसेकम ०.१ मि.मि. पानी परेमा थाहै नपाई यस रोगले ठुलो नोक्सान पार्छ । दिउँसो तापक्रम बढे पनि साँझ बदली भएर रातीपानी परेमा वा चिसो बढेर गएमा यस रोगको प्रकोप बढि फैलिएको  पाईन्छ ।

लक्षण  
यस रोगले बिरुवाको कुनै पनि अवस्थामा उपयुक्त वातावरण पाउन साथ आक्रमण गर्दछन् । शुरुमा पातको किनारामा साना साना पानीले भिजेका जस्ता थोप्लाहरु देखा पर्दछ र पछि ती थोप्लाहरु खैरो वाबैजनी रङ्गका धब्बाहरु पातया डाँठमा देखिन्छ । पातमा डढेको जस्तो लक्षण देखिन्छ। शुरुमा पानीले भिजेको जस्तो हल्का खैरो भई पछि गाढा खैरो वाकालो रंगमा परिणत हुन्छ । अनुकूल वातावरणमा त्यस्ता थोप्लाहरुको वृद्धि भई बोटलाई डढाई दिन्छ । ओसिलो अवस्थामा पातको तल्लो सतहमा सेतो ढुसी देखिन्छ र डाँठमा खैरो काला लाम्चा धव्बाहरु डाँठमा देखा पर्दछन् यस्तै लक्षण हरिया फलमादेखा पर्दछन् । पछि गएर यस्ता ग्रसितफलहरु गिलो भएर सड्छन र झर्दछन्। यदि नझरेमाओसारपसार गर्दा फलहरु गिलो भएर सड्दछन् र बोटमा फल हरियो हुँदापनि आक्रमण धेरै भएमा खैरो भएर पछि फल सडेर जान्छन्।

रोगको व्यवस्थापन
–    मेटाक्सिल (Metalxyl) विषादी १.५ ग्रामप्रति लिटर पानीमामिसाई ७–१० दिनको फरकमा सम्र्पुण बोट भिजिने गरी २ देखि ३ पटक छर्नु पर्दछ ।
–    सेक्टिन (Sectin-60WG) नामक ढुशीनासक २ ग्रामप्रति लिटर पानीमामिसाई ८–१० दिनको फरकमा २–३ पटक छर्नु पर्दछ ।
–    रोगलागेको बोट, पुरानाबोटहरु र झारपात बटुली जलाउने र खेतवारी सफा सुग्घर राख्नु पर्दछ ।
–    रोग शुरु हुने बेला देखि कपर अक्सिक्लोराइड (ब्लाइटक्स ५०५ डब्लु.पि.) २ ग्रामवा मेन्कोजेव (डाइथेन एम–४५, ७२ ५ डब्लु.पि.) विषादी २.५ ग्राम प्रतिलिटर पानीमामिसाएर ७–१० दिनको फरकमा ३–४ पटक बोट राम्ररी भिजिने गरी छर्केर रोगको प्रकोप घटाउन सकिन्छ ।

स्रोतः राष्ट्रिय कृषि प्रविधि सुचना केन्द्र, नार्क

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका