फोर आइज न्युज
बिहिबार, चैत्र २०, २०८१
  • होमपेज
  • म्यादी प्रहरी छनोटको मापदण्ड स्वीकृत

म्यादी प्रहरी छनोटको मापदण्ड स्वीकृत

म्यादी प्रहरी छनोटको मापदण्ड स्वीकृत

गृह मन्त्रालयले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन सुरक्षाका लागि म्यादी प्रहरी छनोट गर्नेबारे मापदण्ड स्वीकृत गरिएको छ । प्रहरी प्रधान कार्यालयले तयार पारेको मापदण्ड गृहमन्त्रालयले स्वीकृत गरेको हो ।

सोमबार मन्त्रालयले कार्यविधि स्वीकृत गरेको प्रहरी प्रवक्ता (डीआईजी) टेक प्रसाद राईले बताए । स्वीकृत कार्यविधि अनुसार प्रहरी प्रधान कार्यालयले भदौ २६ मा पत्रिकामा सूचना प्रकाशन गर्नेछ । भदौ ३० देखि असोज ६ सम्म आवेदन दिन सकिने गरि कार्यविधि स्वीकृत भएको डीआईजी राईले जानकारी दिए ।

कार्यविधि अनुसार असोज ९ देखि १४ सम्म छनोट प्रक्रिया पूरा गरिसक्नुपर्नेछ । म्यादी प्रहरीको नतिजा चाहिँ असोज २५ मा प्रकाशन गरिने छ ।

अर्थ मन्त्रालयले १ लाख १५ हजार म्यादी प्रहरी भर्ना गर्न गृह मन्त्रालयलाई सहमति दिएको छ । म्यादीको कार्यवधी ४० दिनको हुनेछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका