काठमाडौँ — भारत प्रशासित कश्मीरको जम्मु सहरमा विस्फोट भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । समाचार संस्था एएफपीले सुरक्षा स्रोतलाई उल्लेख गर्दै जम्मुस्थित विमानस्थलमा विस्फोटहरू भएको जनाएको छ । विस्फोटको क्षतिबारे कुनै विवरण सार्वजनिक भएको छैन ।
‘गोलाबारी वा क्षेप्यास्त्र हमलाको आशंका गरिएको छ,’ जम्मू कश्मीर प्रहरीका पूर्वमहानिर्देशक शेष पल वैदले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, ‘हाल त्यहाँ ब्ल्याकआउट छ ।’
त्यस्तै, भारतको पञ्जाव प्रान्तको पठानकोट सहरमा पनि विस्फोट सुनिएको प्रहरी स्रोतलाई उल्लेख गर्दै हिन्दुस्तान टाइम्सले जनाएको छ ।