विश्व वातावरण दिवसका सन्दर्भमा मानव अधिकार तथा शान्ति समाज काठमाडौँ शाखाले “मेरो फोहोर मेरो जिम्मेवारी” नारा सहित विशेष कार्यक्रम सम्पन्न गरेकाे छ।
शान्ति समाजले आईतबार नयाँ बस्ती युवा क्लबको प्राङ्गणमा कार्यक्रम आयाेजना गरेकाे हाे ।
स्थानीयस्तरका विभिन्न १६ स्कुलका विद्यार्थी तथा प्रकृति प्रेमी अभियन्तासहित ५०० भन्दा बढीको कार्यक्रममा सहभागिता रहेको थियाे ।
कार्यक्रममा प्रमुख अतिथिका रूपमा गाेकर्णेश्वर नगरपालिकाका मेयर दीपक रिसालले शान्ति समाजले वातावरण बचाउमा पुराएको योगदान प्रशंसनीय रहेको बताउनु हुँदै मेरो फोहोर मेरो जिम्मेवारी अभियानलाई नगरको आदर्शको रूपमा स्थापित गराउने बताउनु भयो।
शान्ति समाज काठमाडौँ शाखा सभापति भगवान् पुडासैनीको सभापतित्वमा सम्पन्न कार्यक्रममा गाेकर्णेश्वर नगरपालिका वडा न ५ का अध्यक्ष नारायण सुवेदी, सामाजिक अभियन्ता तथा शान्ति समाजका सल्लाहकार उत्तम पुडासैनी, शान्ति समाजका महासचिव राम कृष्ण बराल, राजनीतिकर्मी श्री राम चालिसे, समेतले धर्ती बचाउन सके मात्र मानव जीवनको अस्तित्व कायम रहने विषयमा सबैको ध्यानाकर्षण गराउनु भएको थियो।