फोर आइज न्युज
शुक्रबार, चैत्र २८, २०८१
  • होमपेज
  • मनाङ मर्स्याङदी सुदूरपश्चिम खप्तड गोल्डकप च्याम्पियन

मनाङ मर्स्याङदी सुदूरपश्चिम खप्तड गोल्डकप च्याम्पियन

मनाङ मर्स्याङदी सुदूरपश्चिम खप्तड गोल्डकप च्याम्पियन

सभामुख ओनसरी घर्तीले संविधानको समयाबद्ध कार्यान्वयनले मुलुकलाई समृद्धिको मार्गमा छिटो अग्रसर गराउने बताउनुभएको छ ।
थारु विद्यार्थी समाजले आयोजना गरेको थारु राष्ट्रिय माघी महोत्सवको आज टँुडिखेलमा उद्घाटन गर्दै उहाँले राज्यका निर्णयक तहमा उपस्थिति कमजोर रहेका जातजाति र समुदायको हक अधिकारको सुनिश्चित गर्न संविधानको पूर्ण कार्यान्वयन आवश्यक रहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “बहुभाषी, बहुधार्मिक, बहुसांस्कृतिक र बहुधार्मिक विविधता भएको मुलुकका हिसाबले नेपाली विश्वमै नमुना रहेको छ, सम्पूर्ण नेपालले राष्ट्रिय पर्वका रुपमा माघे सङ्क्रान्ति मनाउनुले पनि यो कुरालाई पुष्टि गरेको छ ।”
सभामुख घर्तीले देशमा न्याय, सुशासन र समृद्धिको वातावरण बनाउन यो सांस्कृतिक पर्वले सबैमा योगदान पु¥याओस् भनी शुभकामना पनि व्यक्त गर्नुभयो ।
नयाँ शक्ति नेपालका संयोजक डा बाबुराम भट्टराईले सबैभन्दा पुरानो आदिवासी र उत्पीडनमा रहेको जातिका रुपमा रहेका थारु समुदाय रहेको बताउनुभयो ।
उहाँले भन्नुभयो– “एउटा जाति, भाषा, संस्कार र संस्कृतिलाई मात्र राष्ट्रियताको मान्यता दिने युगको अन्त्य भइसकेको छ, थारु जातिको बसोबास र थातथलो नटुक्र्याउने गरी प्रदेशको सीमाङ्कन हुनुपर्दछ, सङ्घीयता उत्पीडनमा परेका लागि हो भन्ने बुझ्न जरुरी छ ।”
नेकपा (एमाले)की नेत्री एवम् पूर्वसभासद् शान्ता चौधरीले आदिवासीलाई आश्वासन दिएर सत्तामा पुग्ने भ¥याङ बनाउने प्रवृत्ति अन्त्य हुन आवश्यक छ भन्नुभयो ।
आयोजक संस्थाका अध्यक्ष चन्द्रप्रसाद चौधरीले थारु समुदाय शोषित पीडित अवस्थामा रहेर पनि अधिकार स्थापित गर्ने आन्दोलनमा एकताबद्ध हुन आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो ।
नेपालको तराई–मधेसका प्रायः सबै जिल्लामा छरिएर रहेका थारु समुदायका खासगरी पश्चिम नेपालका बाँके, बर्दिया, कैलाली र कञ्चनपुरमा बाक्लो बसोबास छ । समारोहमा थारु समुदायको हकहित र अधिकारका क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याउने व्यक्तित्वलाई सम्मान गरिएको थियो ।
महोत्सवका क्रममा थारु समुदायको वेषभूषा, रहनसहन झल्कने झाँकी र नृत्य प्रस्तुत गरिनुका साथै मौलिक खानपानका कक्षसमेत राखिएको थियो । थारु समुदायको सबैभन्दा ठूलो सांस्कृतिक पर्वका रुपमा माघीलाई लिने गर्दछन् । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका