फोर आइज न्युज
शनिबार, अशोज २५, २०८२
  • होमपेज
  • लोकतान्त्रिक ईन्जिनियर समुहले गर्‍यो लुम्बिनी प्रदेशबाट बिजयी सुरुवातको अभियान

लोकतान्त्रिक ईन्जिनियर समुहले गर्‍यो लुम्बिनी प्रदेशबाट बिजयी सुरुवातको अभियान

लोकतान्त्रिक ईन्जिनियर समुहले गर्‍यो लुम्बिनी प्रदेशबाट बिजयी सुरुवातको अभियान

नेपाल इन्जिनियर्स एसोसिएसनको यही फागुन २७ गते हुन लागेको निर्वाचनका लागि लोकतान्त्रिक ईन्जिनियर समुह तिव्र तयारीमा जुटेको छ ।

निर्वाचनकोे निर्धारित मिति आउँन ७ दिन बाँकी रहँदै गर्दा यतिबेला चुनावी मैदानमा होमिएका फरक,फरक समुह विभिन्न प्रदेशमा गएर इन्जिनियरहरु समक्ष मत माग्ने काम जारी राखेका छन् ।

यसैक्रममा ईन्जिनियर दिलिप कुमार झा नेतृत्वको लोकतान्त्रिक ईन्जिनियर समुह पनि लुम्बिनी प्रदेशमा पुगेको हो ।

आफुहरु लुम्बिनी प्रदेशमा पुग्दै गर्दा त्यहाँबाट सोचे भन्दा धेरै मत आउँने नेइएमा लोकतान्त्रिक इन्जिनियर समुहबाट कोषाध्यक्ष पदमा उम्मेद्वारी दिनुभएका ई. संजय कुमार महतोले एनडिसी खबरलाई जानकारी दिए ।

उनले भने हामी प्रत्येक ईन्जिनियरहरुको घर, घरमा पुगेर उहाँहरुको राय बुझ्दै आफ्नो समुहलाई मत दिन आग्रह गरिरहेका छौं, त्यसमा उहाँहरुले मत दिएर लोकतान्त्रिक समुहलाई जिताउँने प्रतिबद्धता व्यक्त गर्नुभएको छ’

साथै लुम्बिनी प्रदेशमा लोकतान्त्रिक समुहले बिजयी सुरुवात गरेको समेत महतोले बताएका छन् । लुम्बिनी प्रदेशमा आयोजित चियापान तथा भेटघाट कार्यक्रममा करिब २ सय जनाभन्दा बढी ईन्जिनियररुको उपस्थिती रहेको उनले बताएका छन् ।

चुनावमा आफ्नो समुहलाई विजयी गराउँनका लागि लोकतान्त्रिक इन्जिनियर समुहबाट अध्यक्ष पदका प्रत्याशी ई.दिलिपकुमार झा, उपाध्यक्ष ई. ऋिषी कोइराला, उप-महासचिव सुधिर गरागाई, सह–कोषाध्य संजय कुमार महतो तथा सदस्यहरु लुम्बिनी प्रदेश पुगेका छन् ।

उनिहरुले ईन्जिनियरको हकहितको लागि निरन्तर आवाज उठाइरहने प्रतिबद्धता जनाउँदै मत दिन आग्रह गरिरहेका छन् ।

ई. झा नेतृत्वको लोकतान्त्रिक समुहमा ई. ऋषि कोइराला, ई. कृष्णसिंह बस्नेत, ई. सुधिर गुरागाईं, आ. रमिता श्रेष्ठ, लगायतका दिग्गज व्यक्तिहरुको संलग्नता रहेको छ ।
साथै लोकतान्त्रिक इन्जिनियर्स समूहलाई सबै विधागत प्रतिनिधित्व हुनेगरी व्यावसायिक प्यानलको रुपमा अघी सारिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि?

सबै
शनिबारदेखि परिरहेको अविरल वर्षाले जिल्लाको विभिन्न स्थानमा क्षति पुर्याएको छ। भारी वर्षाको कारण नदीले ठाउँ–ठाउँमा धार परिवर्तन गर्दा मेलम्चीमा नदी नियन्त्रण तथा क्षति न्यूनीकरणका लागि गरिएका प्रयास असफल भएका छन्।  बाढीले मेलम्ची, हेलम्बु, पाँचपोखरीलगायतका गाउँ–गाउँका सडक अवरुद्ध भएका छन्। अहिले हेलम्बुको खेतका फाँटबाट नदी बगिरहेको छ भने ठाउँ–ठाउँमा सडकैसडक खोला बगिरहेको छ।  यसले गर्दा यातायातका साधन बाटोमै अलपत्र परेका छन्। नजिकिएको तिजका कारण माइत हिँडेका चेली र अन्य सर्वसाधारणका कारण भरिभराउ रहेका यातायातका साधन बीच बाटोमै रोकिँदा यात्रुलाई सकस भइरहेको छ। मेलम्चीको सिमखेत, हेलम्बुको विभिन्न स्थान, पाँचपाखेरीको राम्चे, भोताङ र गुन्सालगायतका बाटो अहिले अवरुद्ध भएका छन्।  मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङ सहित पाँचपोखरी थाङ्पाल, हेलम्बु, इन्द्रावती गाउँपालिकाका अध्यक्ष क्रमशःटासी लामा, निमा ग्याल्जेन शेर्पा र झम्क नेपालले संयुक्त रुपमा पहिरो, खहरे खोला, नदी तटीय तथा जोखिमयुक्त स्थानमा नबस्न र सावधानी अपनाउन आग्रह गरेका छन्।  गत वर्ष आएको बाढीका कारण हेलम्बु, मेलम्ची, इन्द्रावतीका केही भेग र पाँचपोखरी थाङ्पाल गाउँपालिकाकाको नदीतटीय क्षेत्रमा करोडौँको क्षति गरेको थियो। यसकारण पनि धेरै मानिस विगत दोहोरिएला भन्ने पिरलोमा देखिन्छन्।