यी तरिका अप्नाउनुहोस
स्याउको बोटमा तालिम (Training)
कुनै बोटलाई निश्चित स्वरुप दिन काँटछाँट गरिने कार्यलाई तालिम भनिन्छ । पतझड फलफूल खासगरी स्याउमा तालिमको महत्वपूर्ण स्थान रहन्छ । यसले स्याउको बोटको आकार प्रकार मिलाउन, सोही अनुरुप बोटलाई व्यवस्थित गर्न र गुणस्तरीय फल उत्पादन गर्न शुरुका चार पाँच वर्षसम्म बिरुवालाई तालिम गर्न आवश्यक हुन्छ । स्याउको बोटलाई तालिम निम्न उद्देश्य प्राप्तिको लागि गरिन्छ ।
– तालिम गर्नाले मुख्य हाँगाहरु (Scafold Branch) बलिया हुन्छन् र धेरै फलहरुलाई धान्न सक्दछ ।
– बगैचा व्यवस्थापन जस्तै सिंचाई, गोडमेल, विषादिको प्रयोग, मलखाद दिन, फल टिप्ने सजिलो हुन्छ ।
– बिरुवामा चाँडै फल फलाउनको साथै कृषकको चाहना अनुसारको परिमाण र दिशामा फल उत्पादन गर्न सकिन्छ ।
– बोटको सबै भागमा हावाको संचार र प्रकाशको उपलब्धता हुन्छ ।
– बगैंचामा हरेक वर्ष गुणस्तरीय फल उत्पादन गर्न सकिन्छ । नेपालमा स्याउमा तालिम दिने प्रचलित तरिका दुई प्रकारका छन् ।
सुधारिएको नेता प्रणाली (Modified Leader System)
खुल्ला केन्द्र प्रणाली (Open Center System)
दुवै तरिकामा मुख्य काण्डमा जमिनबाट ६० से.मी. भन्दा तलमा आएका सम्पुर्ण हाँगा हटाउनु पर्दछ । सुधारिएको नेता प्रणालीमा जमिनबाट ६० से.मी. माथी ८ देखि १० वटा मुख्य हाँगाहरु (Scafold branches) राखिन्छन् भने खुल्ला केन्द्र प्रणालीमा ३ देखि ४ वटा मात्र मुख्य हाँगा राखिन्छ ।
पहिलो वर्ष गृष्म ऋतुमा मुना हटाउन
दुबै प्रणालीमा ठूला मुख्य हाँगाहरुको व्यवस्थापनको लागि विशेष गरेर गृष्म ऋतु (बैशाख–जेष्ठ) को समयमा मुना हटाउने (Summer Pinching) गरिन्छ । दुबै तरिकाको लागि आवश्यक पर्ने हाँगाहरु जमिनवाट ३० देखि ६० से.मी माथिबाट मात्र राख्नु पर्दछ । सुधारिएको नेता प्रणालीको लागि राखिएको टुप्पाको वा तेश्रो हाँगा अन्यको तुलनामा बढी वृद्घि हुने भएकोले उक्त हाँगाको वृद्घि रोक्न कलिलो टुप्पावाट ३–५ से.मी. जति हातैले हटाउनु पर्दछ ।
पहिलो वर्ष सुषुप्त अवस्थामा काँटछाँटः
पहिलो वर्षको बिरुवालाई हिउँदमा सुषुप्त अवस्थामा काँटछाँट (Dormant Prunning) गरिन्छ । जमिनबाट बिरुवाको ६० से.मि. माथिको भाग काट्नु पर्दछ । १० देखि २० से.मी फरकमा २ देखि ३ वटा नयाँ पालुवाहरुलाई मुख्य हाँगाको रुपमा कायम राखि अन्यलाई हटाउनु पर्दछ । सुधारिएको नेता प्रणालीमा टुप्पा वा तेश्रो हाँगालाई केही नगरी तलबाटको पहिलो र दोश्रो हाँगाहरुलाई फेदवाट ४५ से.मी. लामो राखेर छाँट्नु पर्दछ । खुल्ला केन्द्र प्रणालीे भने सबै हाँगाहरुलाई ४५ से.मी. लामो राखेर छाँट्नु पर्दछ । ती हाँगाहरुमा आएको सहायक हाँगाहरु (Lateral Branch) लाई भने एउटा मात्र मुना राखेर बाँकीलाई छाँट्नु पर्दछ ।
दोश्रो वर्ष सुषुप्त अवस्थामा काँटछाँट:
दोश्रो वर्ष सुषुप्त अवस्थामा ३÷४ वटा हाँगा (खुल्ला केन्द्र प्रणालीमा) र ८÷१० वटा हाँगा (सुधारिएको नेता प्रणालीमा) १५ देखि २० से.मी. को दुरीमा रहने गरी राख्ने र बाँकी हाँगाहरुलाई काटेर हटाउनु पर्दछ । बोटमा कायम रहेका हाँगाहरुलाई ३० देखि ६० से.मी. सम्म रहने गरी बाँकी टुप्पाको भाग हटाउनु पर्दछ
तेश्रो वर्ष सुषुप्त अवस्थामा काँटछाँटः
हाँगाहरुलाई मुख्य हाँगाबाट करिब ३०–६० से.मी. सम्म रहने गरी बाँकी भाग काट्नु पर्दछ । बोटको आकार बिग्रिने गरी आएका अनावश्यक हाँगाहरुलाई पनि हटाउनु पर्दछ । तेश्रो वर्षको वृद्घि सँगै केही फल्ने मुनाहरु (Fruiting Spurs) पनि आउन सक्दछन् ।
चौथो वर्ष सुषुप्त अवस्थामा काँटछाँटः
सहायक हाँगाहरुमा दायाँ बायाँवाट आएको उप–सहायक हाँगाहरु बाहेक अन्य हाँगाहरुलाई हटाउनु पर्दछ । छानिएका हाँगारुलाई करिब ३० से.मी. रहने गरी काट्नु पर्दछ । ती उप–सहायक हाँगाहरुमा फल्ने मुनाहरु ९ँचगष्तष्लन क्उगचक० देखा पर्दछन् । यस प्रकार पाँचौ वर्षदेखि स्याउका बोटहरु एउटा फल्ने बगैचाको रुपमा देखा पर्दछन् ।
काँटछाँट गर्ने तरिकाहरु
– काँटछाँट गर्दा पहिला मरेका, रोग लागेका, कुठाउँमा परेका वा झ्याम्मिएका हाँगाहरु काट्नु पर्दछ । त्यसपछि बोटको स्वरुप सुधार्ने काम गर्नु पर्दछ ।
– खास गरेर सानो कटाईबाट शुरु गरी ठूलो हाँगाहरु काट्ने काम पछि गर्नु पर्छ ।
– साना हाँगाहरुको कटाई गर्न सिकेचर र ठूला हाँगाहरु अर्थात् २ ईञ्च भन्दा मोटो हाँगा काट्न हाते करौंती प्रयोग गरिन्छ ।
– सँधै स्वस्थ छेउको आँख्लाको माथि कटाई गर्नु पर्छ । हाँगा निकाल्ने आँख्लाको करिब एक चौथाई ईञ्च (०.६५ से.मी.) माथि कटाई गर्नु पर्छ । यदि आँख्लाको धेरै माथि करिब ४–५ से.मी. माथि कटाई गरियो भने पूरा हाँगानै सुकेर जान सक्छ । आँख्लाको ज्यादै नजिक कटाई ग¥यो भने आँख्ला नै मारिन सक्छ ।
– बोट बाहिर तर्पm फर्केको आँख्लाको ठीक माथि पारेर कटाई गर्नु पर्छ । यसले गर्दा आँख्ला फक्रेर डाँठबाट बाहिर तर्पm बढ्छ र अरु हाँगातिर झ्याम्मिन जाने सम्भावना कम हुन्छ । बाहिर फर्केको आँख्ला माथि काट्दा बोटलाई खुल्ला पारी घाम, प्रकाश, हावा राम्ररी खेल्न पाउँछ । काँटछाँट गर्दा बोटको बीचको भाग खुल्ला राख्नु पर्दछ ।
– काँटछाँट वर्षैपिच्छे गर्नु पर्दछ यदि दुई तीन वर्षसम्म काँटछाँट गरिएन भने बगैचा एकदमै बाक्लो र घना भई अनुत्पादक हुन्छ ।
– वर्षौ काँटछाँट गर्दा धेरै हाँगाहरु काट्नु पर्दछ जसले गर्दा धेरै पालुवा आई हाँगाहरु मात्र प्रशस्त निस्कन्छन् ।
– आवश्यकता भन्दा बढी हाँगाहरु काट्नु पर्दा स्याउको बोटमा कार्बनको मात्रा आवश्यकता भन्दा कम र नाईट्रोजनको मात्रा बढी हुन गई फल फल्न पनि छाड्न सक्दछ ।
– यस्तो अवस्था आउन नदिन हरेक वर्ष काँटछाँट गर्दा कुल हाँगाबिँगाको २५ प्रतिशतमा नबढाई छाँट्नु पर्दछ । यसले बोटमा कार्बन र नाईट्रोजनको अनुपात मिल्न गई फल उत्पादनमा कुनै फरक आउँदैन ।
– काँटछाँट शुरु गर्दा माथि वा टुप्पाबाट तल तिर क्रमशः काट्दै आउनु पर्दछ ।
– आकासे वा चोर हाँगाहरु काट्दा ठुटा नछाडी काट्नु पर्दछ किन भने यी छाडिएका ठुटाहरुबाट चोर वा पानी हाँगाहरु (Water Sprouts) निस्कन्छन् ।
– चोर वा पानी हाँगाहरु देखिएमा शुरुमा नै पालुवा आएको स्थानवाटै लाछेर (Summer Pruning) हटाउनु पर्दछ ।
– हाँगाहरु काट्दा कुनै भाग नै खाली हुने गरेर काट्नु हुँदैन । यसो गर्दा ठूला साना हाँगाहरुमा छायाँ नभई सोझै घाम पर्दछ ।
– सोभैm घाम परेका बोक्राहरु कालो वा हरियो हुनु पर्नेमा घामले गर्दा रातो ९क्गल क्अबमि० हुन गई केही महिना पछि बोक्राहरु चर्केर फुट्न थाल्दछन् ।
– शुरुको काँटछाँट आवश्यकता भन्दा बढी भयो भने पूmल फुल्ने र फल लाग्ने (Fruit Set) कुरामा नराम्रो असर पर्दछ ।
– काँटछाँट गर्दा बोटको कुनै भाग खाली जस्तो देखिएमा त्यतातिर हाँगाहरु आउने गरेर काँटछाँट गर्नु पर्दछ ।
– समग्रमा काँटछाँट यस्तो प्रकारले गर्नु पर्दछ जसले बोटमा भएका पातहरुले चर्को घामवाट हाँगाहरुलाई बचाउन सकोस् ।
– धेरै कलिलो र स्वस्थ्य बोटहरुमा हल्का काँटछाँट गर्ने प्रयास हुनु पर्दछ भने हाँगाबिँगाहरु कम भएको बोटमा धेरै नयां हाँगाबिँगाहरु निकाल्नको लागि अलि धेरै काँटछाँट (Heavy Pruning) गर्नु पर्दछ ।
– काँटछाँट गर्दा बोटका हाँगाबिंगामा लागेको घाउमा रोगकीराको आक्रमणबाट बचाउन हाँगाबिँगाहरु काट्न साथ पहिलेनै तयार पारेको बोर्डोपेष्ट वा चौबाटिया पेष्ट लगाउनु पर्दछ ।
स्रोतः राष्ट्रिय कृषि प्रविधि सुचना केन्द्र, नार्क
राष्ट्रिय फलफुल विकास केन्द्र, कीर्तिपुर