फोर आइज न्युज
बिहिबार, साउन १६, २०८२
  • होमपेज
  • बिएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिन केयू सक्रिय

बिएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिन केयू सक्रिय

बिएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिन केयू सक्रिय

झापास्थित बिएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिन काठमाडौं विश्वविद्यालय (केयू) सक्रिय रहेको खुलासा भएको छ  । उच्च स्रोतका अनुसार केयूले विस्तारित कार्यक्रमका नाममा बिएण्डसीलाई सम्बन्धन दिने अन्तिम तयारी गरेको छ । केयूले आफ्नो तर्फबाट सम्बन्धनको अन्तिम तयारी गरी मेडिकल काउन्सिललाई प्रारम्भिक अनुगमनका लागि केही दिन अघि पत्राचार गरेको थियो । सो पत्रका आधारमा काउन्सिलले प्रारम्भिक अनुगमन गरी प्रतिवेदन तयार पारेको छ ।
काउन्सिल स्रोतका अनुसार सम्बन्धनका लागि सम्पूर्ण मापदण्ड पुरा गरेको प्रतिवेदन काउन्सिलको पूर्ण बैठकमा पेश भएको छ  । कलेजको अनुगमनमा काउन्सिलका उपाध्यक्ष डा. एई अन्सारी, सदस्य डा. मनोहर प्रधान र विराटनगरबाट विज्ञका रुपमा डा. पार्थ गुरागाईं गएका थिए ।
उच्च स्रोतका अनुसार शिक्षा मन्त्री धनिराम पौडेलले प्रतिवेदन पास गरी सम्बन्धनको बाटो खोलिदिन काउन्सिलका पदाधिकारीलाई दबाब दिएका छन् ।
तर काउन्सिलको हिजो सोमबार बसेको पूर्ण बैठकले भने प्रतिवेदन पास गर्न सकेन । डा. केसी र सरकारबिच गत आइतबार चिकित्सा शिक्षा विधेयक पारित नभई नयाँ सम्बन्धन, विस्तारित कार्यक्रम र थप कार्यक्रम नदिने सहमति भए अनुसार काउन्सिलको सोमबारको बैठकले निर्णय गर्न नसकेको बुझिएको छ ।
केयू उपकुलपति डा. रामकण्ठ मकाजुले तत्कालिन प्रधानमन्त्री शुसिल कोइरालाको लिखित निर्देशन विपरित विराट र देवदह मेडिकल कलेजलाई सम्बन्धन दिएका थिए । उच्च स्रोतका अनुसार अहिले बिएण्डसीलाई सम्बन्धन दिने शर्तमा डा. मकाजु पुनः उपकुलपति बन्ने सहमति भएको छ ।
तत्कालिन प्रधानमन्त्री डा. बाबुराम भट्टराईले डा. मकाजुलाई विराट र देवदहलाई सम्बन्धन दिने शर्तमा उपकुलपति नियुक्त गरेका थिए । केयूका तत्कालिन उपकुलपति डा. सुरेशराज शर्माले क्षमता नभएको भन्दै सिनेट बैठकबाट नयाँ सम्बन्धन नदिने निर्णय गराएका थिए । बिएण्डसीका सञ्चालक माओवादी निकट छन् । स्वास्थ्य खबरपत्रिका

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि?

सबै
युक्रेनी हमलामा २ सय रुसी सेना मारिएको दाबी ✍️: टिभी अन्नपूर्ण 🕒 प्रकाशित: भदौ १२, २०७९  12 Shares facebook sharing buttontwitter sharing buttonmessenger sharing buttonsharethis sharing button मस्को । रुसले कब्जा गरेको क्षेत्र लुहान्स्कमा रहेको आधार शिविरमा भएको युक्रेनी मिसाइल हमलामा २ सय रुसी प्याराट्रुप्स मारिएको स्थानीय नेताले दाबी गरेका छन् । पूर्वी युक्रको कादिभ्का सहरमा रहेको मुख्यालयमा भएको रुसी हमलामा उनीहरू मारिएका लुहान्स्का गभर्नर सेर्ही गैडाइले जानकारी दिए ।  विस्फोटबारे सेयर गरिएको एउटा भिडियोमा रुसी सेनाले आधारको रूपमा प्रयोग गरेको होटलको भग्नावशेष देख्न सकिन्छ ।  उनले फेसबुकमा लेखेका छन्, ‘अस्थायी रूपमा कब्जा गरिएको कादिभका, लुहान्स्क क्षेत्रमा, युक्रेनी सैनिकहरूले रुसीहरूको आधारलाई ध्वस्त पारे । ’ आक्रमण करिब २०० रुसी प्याराट्रुप्स मारिएका उनले बताए ।  युक्रेनमाथि रुसले हमला गरेको ६ महिना पूरा भएको छ । हमलामा दुबै देशका सयौँ सैनिकको मृत्यु भएको छ ।