फोर आइज न्युज
बिहिबार, चैत्र २०, २०८१
  • होमपेज
  • नौबिसे–मलेखु सडक खण्ड आजदेखि राति चार घण्टा बन्द हुने(सुचनासहित)

नौबिसे–मलेखु सडक खण्ड आजदेखि राति चार घण्टा बन्द हुने(सुचनासहित)

नौबिसे–मलेखु सडक खण्ड आजदेखि राति चार घण्टा बन्द हुने(सुचनासहित)

पृथ्वी राजमार्गअन्तर्गत धादिङको नौबिसे–मलेखु सडक खण्ड आजदेखि १७ दिनसम्म राति ११ बजेदेखि बिहान ३ बजेसम्म बन्द हुने भएको छ ।

सिम्लेदेखि मलेखु सडक खण्ड चौडा बनाउन पहरो कटान गर्नुपर्ने भएका कारण राति चार घण्टा यो खण्डमा गाडी आउजाउ बन्द गर्न लागिएको हो ।

आजदेखि २० गतेसम्म खयरघारी र पोखरेखोला नजिक गाडी आउजाउ रोकेर काम गर्न लागिएको धादिङका प्रमुख जिल्ला अधिकारी बद्रिनाथ गैरेले जानकारी दिए । यो समयमा एम्बुलेन्स र सुरक्षाकर्मीको गाडीबाहेक अन्य गाडी चलाउन पाइने छैन ।

नागढुङ्गा–मुग्लिन सडक योजना पूर्वी खण्डले सूचना निकालेर यो खण्डमा दिउँसोको समयमा मात्र यात्रा गर्न अनुरोध गरेको छ । काठमाडौंबाट बाहिरने गाडीलाई धादिङको थाक्रे गाउँपालिका-१ को एक्लेफाँटमा र काठमाडौं भित्रिने गाडीलाई गजुरी गाउँपालिका(५ घाटबेसी पुलमा रोकिने सूचनामा उल्लेख छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका