फोर आइज न्युज
शुक्रबार, कार्तिक १, २०८२
  • होमपेज
  • सप्तकोसीमा पानीको बहाव बढ्यो, ब्यारेजमा बल्यो रातो बत्ती

सप्तकोसीमा पानीको बहाव बढ्यो, ब्यारेजमा बल्यो रातो बत्ती

भारतले ब्यारेजका सबै ढाेका नखाेल्दा बस्ती डुबानमा

सप्तकोसीमा पानीको बहाव बढ्यो, ब्यारेजमा बल्यो रातो बत्ती

लगातारको वर्षाका कारण सप्तकोसीमा पानीको बहाव बढेको छ । पानीको बहाव बढेपछि कोसी ब्यारेजमा खतराको संकेत स्वरुप रातो बत्ती बालिएको छ । सप्तकोसीमा पानीको बहाव एकलाख ५० हजार क्युसेक नाघेपछि खतरा मानिन्छ । सप्तकोसीका ५६ ढोकामध्ये अहिले २१ वटा मात्र ढोका खोलिएको छ ।

सप्तकोसीमा बुधबार पानीको बहाव एकलाख ५८ हजार १२५ क्युसेक पुगेको सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए । भारतको नियन्त्रणमा रहेको कोसी ब्यारेजका सबै ढोका नखोलेका कारण कोसी गाउँपालिका र बराहक्षेत्र नगरपालिकाको खेतीयोग्य जमिन र मानव बस्ती डुबानमा परेको छ ।

कोसी ब्यारेजका सबै ढोका नखोलेका कारण सप्तकोसीले श्रीलंका टापुको जमिन कटान गर्न थालेको स्थानीयले बताएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि?

सबै
शनिबारदेखि परिरहेको अविरल वर्षाले जिल्लाको विभिन्न स्थानमा क्षति पुर्याएको छ। भारी वर्षाको कारण नदीले ठाउँ–ठाउँमा धार परिवर्तन गर्दा मेलम्चीमा नदी नियन्त्रण तथा क्षति न्यूनीकरणका लागि गरिएका प्रयास असफल भएका छन्।  बाढीले मेलम्ची, हेलम्बु, पाँचपोखरीलगायतका गाउँ–गाउँका सडक अवरुद्ध भएका छन्। अहिले हेलम्बुको खेतका फाँटबाट नदी बगिरहेको छ भने ठाउँ–ठाउँमा सडकैसडक खोला बगिरहेको छ।  यसले गर्दा यातायातका साधन बाटोमै अलपत्र परेका छन्। नजिकिएको तिजका कारण माइत हिँडेका चेली र अन्य सर्वसाधारणका कारण भरिभराउ रहेका यातायातका साधन बीच बाटोमै रोकिँदा यात्रुलाई सकस भइरहेको छ। मेलम्चीको सिमखेत, हेलम्बुको विभिन्न स्थान, पाँचपाखेरीको राम्चे, भोताङ र गुन्सालगायतका बाटो अहिले अवरुद्ध भएका छन्।  मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङ सहित पाँचपोखरी थाङ्पाल, हेलम्बु, इन्द्रावती गाउँपालिकाका अध्यक्ष क्रमशःटासी लामा, निमा ग्याल्जेन शेर्पा र झम्क नेपालले संयुक्त रुपमा पहिरो, खहरे खोला, नदी तटीय तथा जोखिमयुक्त स्थानमा नबस्न र सावधानी अपनाउन आग्रह गरेका छन्।  गत वर्ष आएको बाढीका कारण हेलम्बु, मेलम्ची, इन्द्रावतीका केही भेग र पाँचपोखरी थाङ्पाल गाउँपालिकाकाको नदीतटीय क्षेत्रमा करोडौँको क्षति गरेको थियो। यसकारण पनि धेरै मानिस विगत दोहोरिएला भन्ने पिरलोमा देखिन्छन्।