फोर आइज न्युज
बिहिबार, चैत्र २०, २०८१
  • होमपेज
  • साईमोन थापाको अधक्ष्यतामा महोत्तरी कला साहित्य संगीत प्रतिष्ठान नेपाल गठन

साईमोन थापाको अधक्ष्यतामा महोत्तरी कला साहित्य संगीत प्रतिष्ठान नेपाल गठन

साईमोन थापाको अधक्ष्यतामा महोत्तरी कला साहित्य संगीत प्रतिष्ठान नेपाल गठन

काठमाडौँ / महोत्तरी कला साहित्य संगीत प्रतिष्ठान नेपाल गठन भएको छ । आज राजधानीमा आयोजित एक बिसेष समारोहमा पत्रकार सम्मेलन गरि साईमोन थापाको अधक्ष्यतामा उक्त समिति गठन भएको हो । प्रमुख अतिथि नेकपाका केन्द्रिय सदश्य टेक बहादुर बलम्पाकी रहेको उक्त भेलामा बिसेष अतिथिहरुमा गायक पूर्ण परियार, गायिका राधिका हमाल, संचारकर्मी सुर्य चन्द, संचारकर्मी भरत बम्जन, गायक रोज मोक्तान, कलाकार बीमला केसी, मोडल नयन डिसी, गायक रमेश श्रेष्ठ, गायक मानस राज, गायक कर्णराज गिरि, गायक चिरन्जिबी भण्डारी, डान्सर बिनु शाक्य, गायक सन्जिब बस्नेत , समाजबादी पार्टी नेपालका केन्द्रिय सदस्य अरुण आले लगायतका अन्य बिशिष्ट व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।

उक्त भेलाले साइमोन थापाको अधक्ष्यतामा ९ सदस्ययी कार्यसमिति गठन गरेको छ । जसमा उपाधक्ष्यमा अस्मिन श्रेष्ठ, महासचिबमा धावा लामा, सचिब लक्ष्मन बस्नेत कोषाधक्ष्य आभाष श्रेष्ठ त्यस्तै सदस्यहरुमा सालिनी मगर, ललन मण्डल, रन्जिता कुमारी श्रेष्ठ र स्रिस्टि भट्टराई रहेका छन् ।

महोत्तरी कला साहित्य संगीत प्रतिष्ठान नेपालले महोत्तरी जिल्ला भित्र रहेका सम्पूर्ण कलाकारहरुलाई समेट्दै राष्ट्रिय स्तरमा एउटा छुट्टै पहिचान स्थापित गर्ने, कलाकारहरुको हकहितमा लड्ने, जिल्लामा भएका सम्पूर्ण कलाकारहरुलाई एकजुट गराउने र विभिन्न कार्यक्रमहरु आयोजना गर्दै सम्पूर्ण कलाकार, कलाप्रेमीहरुलाई राष्ट्रिय हकहितमा अघि बढ्न अभिप्रेरित गर्ने उदेश्यले यस समिति गठन गरिएको उक्त सस्थाका नब निर्बाचित महासचिब धावा लामाले बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका