कोभिड १९ को तीव्र सङ्क्रमणका कारण स्थगित भएका प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सीटीईभीटीका) सम्पुर्ण परीक्षाहरू फागुन ६ गते देखि पुनः सञ्चालन हुने भएका छन् । आज सीटीईभीटीको परीक्षा नियन्त्रण कार्यालयले एक सूचना जारी गर्दै स्थगित सबै परीक्षाहरू फागुन ६ गतेदेखि पुनः सञ्चालन हुने जनाएको हो ।
गत माघ ११ गतेको निर्णयअनुसार स्थगन भएका सम्पूर्ण परीक्षाहरू कोभिड १९ संकट व्यवस्थापन केन्द्र र नेपाल सरकारले तोकेको स्वास्थ्य सम्बन्धी मापदण्ड पूर्ण रूपमा पालना गरी संचालन हुने सीटीईभीटी परीक्षा नियन्त्रण कार्यालयका उपनियन्त्रक डिलबहादुर घिमिरेले बताए ।